पोखरा, १७ असोज-काठमाण्डौबाट बुर्तिबाङ जादै गरेको वस पोखराको याम्दीपुल नजिक दुर्घटना हुदा दुइ जनाको मृत्यु भएको छ ।दुर्घटनामा परि गुल्मी नेटा गाबिस दुईका ४५ वर्षिय मनुमया अर्याल र उनका नाती दुइ वर्ष ६ महिनाका अजित अर्यालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यात्रुबाहक वसमा सवार अन्य २३ जना घाइते भएका छन । घाइतेको अहिले पोखराको मनिपालमा उपचार भइरहेको छ ।
को को घाइते भए ?
दुर्घटनामा परि गुल्मी नेटा दुइका सरस्वती अर्याल, जीवन अर्याल र नारायण अर्याल अन्य स्थानका स्मृति बुढा मगर, घलेन्द्र बुढा मगर, चन्द्रकला थापा, मिना बिक, भिम माया घर्ति मगर, लेख बहादुर कामी, बाल कुमारी घर्ती मगर , तेजेन्द्र सुनार, सृष्टी पुन, आसा पुन ,देबी घर्ती मगर ,शिला घर्ती मगर , बिश्वास घर्ती मगर घाइते भएका छन ।
काठमाण्डौबाट बाग्लुङको बुर्तिबाङको लागी हिडेको ढोरपाटन यातायात ब्यवशायी समितीद्धारा सञ्चालित ग १ ख ६१६९ नम्बरकोबस पोखराको याम्दी पुल नजिक आज बिहान ५ ः ३० वजे दुर्घटना भएको हो । संगैको बसलाई ओभरटेक गर्ने क्रममा बस दुर्घटना भएको थियो ।
अपडेट : वागलुङ आईरहेको बस दुर्घटना- दुइ जनाको मृत्यु, २३ जना घाइतेको नाम सहित
Previous Articleवागलुङ आईरहेको बस याम्दीमा दुर्घटना, एकको मृत्यु
Next Article आर्थिक पारदर्शिता गरिएको छ