काठमाडौं, १७ असोज- सर्वसाधरण दशैं मान्न गाउँ गइरहँदा मन्त्री विभिन्न दलका केन्द्रीय नेता तथा सांसद भने विदेश जाने तयारीमा छन् । केहि नेता तथा मन्त्री भने केहि दिनदेखि विदेशमै छन् ।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव अमेरिकामा छन् भने सत्तारुढ राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा सोमबार सिंगापुर जाँदै छन् । राणा र यादव दुबैले यो दशैं विदेशमै मनाउने भएका छन् ।
कांग्रेस नेता खुमबहादुर खड्का, तमलोपा अध्यक्ष महन्थ ठाकुर पर्यटनमन्त्री जीवनबहादुर शाही, वाणिज्यमन्त्री रोमी गौचन भूमिसुधारमन्त्री विक्रम पाण्डेलगायतले पनि दशैं विदेशमै मनाउने बताइएको छ ।
Previous Articleकस्तो होला यसवर्ष दसैंको मौसम ?
Next Article बार्सिलोना हार्यो, रियल मड्रिड फेरि बराबरीमा रोकियो