पाठक पत्र
कुँडुले माविमा मिति २०७३ साल असोज ११गते भएको सामाजिक परिक्षण विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम बारे ढोरपाटन दैनिकमा आएको समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ । कार्यक्रममा आएका केही जिज्ञाशामा मात्र समाचार केन्द्रीत भएको पाइएकोले सत्य तथ्य अर्कै भएको जानकारी गराउन चाहन्छु । वास्तवमा २०६७ सालमा दश जोड २ ल्याउनका लागि तत्कालिन प्रअको आवस्यक योग्यता नपुगेकोले मैले नियुक्ती पाएको हो । त्यसबेला देखिनै केही अभिभावकहरु मेरो विपक्षमा लागेर विभिन्न आरोप प्रत्यारोप लगाउन लाग्नु भएको छ । मेरो कार्यकालमा अंग्रेजी माध्यममा पढाइ थालिएको, १ सय ५० बढी विद्यार्थी भित्राइएको छ । संस्थागत विद्यालयमा विद्यार्थी घट्ने र यहाँ बढ्न थालेपछि अभिभावकहरु बीच दुइ खेमा शुरु भएको हो । संस्थागत विद्यालयका अभिभावकहरुनै सामुदायिक विद्यालयलाइ आरोप प्रत्यारोप गर्न उद्दत छन् । २०६८ सालमा गठित व्यवस्थापन समितिले र शिक्षक अभिभावक संघबीच पनि ठूलो द्वन्द्व शुरु भएको हो । २०६९ साल सम्म सामाजिक परिक्षण भएपनि त्यसपछि हुन नसकेकै कारण विद्यालयको लेखा परिक्षण नभएको हो । परिक्षण गर्ने भन्ने जिम्मा लिएका अध्यक्षले आफ्ना अनुकुलका मानिस जम्मा गरेर कार्यक्रम गरेर प्रतिवेदन समेत बुझाएनन् । ७÷८हजार रुपैयाँ हिसाव मिलेन भन्दै समिति र प्रअको विरोध गरियो । २०७० जेठमा समितिको म्याद सकिन लाग्दा प्रअ हटाउने भन्ने चर्चा चलाइयो । अध्यक्ष स्वयं विदेश पलायन हुनुभयो । २०७० मा गठित समितिका अध्यक्षले १५ दिनमा आयव्याय विवरण सार्वजनिक गर्ने प्रतिवद्धता जनाउनु भएपनि प्रगती भएन । सबै बील भरपाइ अध्यक्षबाट प्रमाणित गराइ हिसाव प्रस्तुत गर्ने चलनमा प्रअको अपारदर्शीता कसरीभयो ? त्यसकारण केही अभिभावकले नियोजित रुपमा उठाएका बिषयमा कुनै सत्यता छैन । आर्थिक पारदर्शीता र व्यवस्थापकीय सुधारका लागि मैले सधै प्रअको भूमिका इमान्दारीताका साथ पालना गरेको छु । विद्यालयका अन्य गतिविधिमा सत्यतथ्य बाहिर ल्याएर आमजनतालाइ सूचित गरिदिन संचारमाध्यमलाइ अनुरोध गर्न चाहन्छु ।
प्रअ ः गोविन्दप्रसाद पराजुली (कुँडुले मावि, कुँडुले