नेपालीहरुको महान् पर्व वडा दशै तथा तिहार नजिकिदै गर्दा विभिन्न कामको शिलशिलामा शहर पसेकाहरु विस्तारै गाउँ घरमा फर्कदै छन् । शिक्षा, रोजगार, व्यापारका लागि बजारमा केन्द्रित हुने ग्रामिण क्षेत्रका जनताहरु दशै मनाउन गाउँतिर हिड्न थालेपछि शहर बजारमा चहलपहल कम हुँदै गएको छ । चार्डपर्वको यस्तो मौकामा चौका हान्ने प्रवृत्ति नेपाली समाजमा व्याप्त छ । घरको झ्याल–ढोका राम्रोसँग लगाउने, महत्वपूर्ण सामग्रीहरू सुरक्षित ढंगले राख्ने, घरबाहिर निस्कनुअघि टिभी, कम्प्युटरजस्ता विद्युतीय सामग्री र ग्याँस बन्द गर्ने, घरबाहिर जाँदा छिमेकी, आफन्तलाई जानकारी दिने र सम्भव भएसम्म नगद, गरगहनाजस्ता मूल्यावन् सामग्री घरमा आफुसंगै राख्ने होभने चार्डपर्वका बेला हुने चोरी डकैतीको संभावना रोक्न सकिन्छ । बजारमा हुने सुनसानको मौका छोपेर आपराधिक क्रियाकलाप बढी हुने भएकोले नियन्त्रणमा सुरक्षा सर्तकता अपनाउन जरुरी छ । सुरक्षा व्यवस्थालाई थप सबल र प्रभावकारी बनाउनका लागि मुख्य बजार र सडकमा प्रहरी तैनाथी बढाउनु पर्छ । यस्तै, चाडपर्वमा भीडभाडको मौका छोपेर आपराधिक गतिविधि हुन नदिनका लागि सिविल ड्रेसमा प्रहरी परिचालन गर्नुपर्छ । भीडभाडमा हुने अस्वाभिक गतिविधि माथि नियमित निगरानी राख्ने र शंका लाग्ने वित्तिकै खबर गर्नको लागि प्रहरीले आग्रह गरेको हुँदा संभावित घटनालाई रोक्ने प्रयासका लागि नागरिकले पनि महत्वपूर्ण भूमिका खेल्नु पर्छ ।
दशैंमा चोरी, डकैती, लुटपाट, झैझगडा गर्ने र जुवातास खेल्ने गर्छन् । यस्ता सम्भावित क्षेत्रको पहिचान गरेर सुरक्षा सर्तकता पनि बढाउन जरुरी छ । चार्डपर्वमा लाखौंको जुवातास खेल्ने, मदिरा सेवन गरेर झगडाका घटनाहरु हुने गर्छन् । जुवातासाबाट कसैले सर्वस्व गुमाएका समाचार पनि हाम्रो समाजमा उदाहरण छन् । मदिरा सेवनले निम्त्याउने झैझगडाबाट अप्रिय घटना हुने भएको हुँदा प्रहरी निकै नै सक्रिय हुन जरुरी छ । अर्काेतर्फ धेरै भीडभाड हुने वित्तिय संस्था, सपिङ सेन्टर र गरगहनाका कारोबार धेरै हुने ठाउँमा प्रहरीको सर्च अभियान पनि बढाउनु पर्छ । चाडपर्वको अवसरमा सामाजिक सद्भाव विथोल्ने घटना धेरै नै हुने भएकोले यसमा संलग्नलाई कडा कारवाही गर्ने प्रहरी पछि हट्नु हुँदैन । चार्डपर्वमा विशेषगरी भारतसंग जोडिएका नेपाली सिमामा उच्च सुरक्षा सर्तकता अपनाउनु पर्छ । चार्डपर्वको मौका छोपेर हातहतियार, विष्फोटक पदार्थ भित्रिने र सामान तस्करी हुने हुँदा प्रहरीले विशेष ध्यान दिनुपर्छ । चार्डपर्वमा हुने आपराधिक घटनाहरुलाई कमी गर्नको लागि प्रहरी प्रशासनले मात्रै चाहेर संभव हुँदैन । त्यसको लागि नागरिक समाजले समेत प्रभावकारी भूमिका खेल्नु पर्छ । आपराधिक क्रियाकलापले समाजमा बिग्रह ल्याउने गर्छ । चार्डपर्वमा हुने आपराधिक घटना बढी हुने हुँदा जनतालाई पूर्ण रुपमा सुरक्षाको प्रत्याभूती दिलाउनको लागि प्रहरी प्रशासनले प्रभावकारी भूमिका खेल्न आवश्यक छ ।
Previous Articleकर्णाली निकटमा रारा घुम्नलाई पर्यटन प्याकेज कार्यक्रम
Next Article वृद्वभत्ता बुझ्न सास्ती