उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । १६ देखि २७ महिनासम्म गाउँपालिकाभित्र रहेका बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भए पछि सो गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो । गाउँपालिका भित्रका ८ वटा वडाहरूमा रहेका १५ महिना मुनिका ९९ जना बालबालिकाहरूले नियमित खोप लगाइ रहेको तथा १६ देखि ५९ महिना भित्रका चार सय ३७ जना बालबालिकाले पूर्णखोप पाएको सुनिश्चित भएको हो । चालु वर्षमा हालसम्म सबैले पूर्ण खोप पाएको र अगामी दिनमा पनि दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चित दिगोपना गाउँपालिकाको रूपमा घोषणा गरिएको हो । गाउँपालिकामा १५ महिनाभन्दा मुनिका बालबालिकाहरूले नियमित खोप लगाइरहेको र १६ देखि…