नेकपा एमाले बेनी नगर कमिटीका अध्यक्ष बेलबहादुर कटुवालले आउने निर्वाचनहरुमा एमालेलाइ पहिलो शक्तिका रुपमा ल्याउनु नै अबको लक्ष्य र ध्येय हुनु पर्ने बताउनु भएको छ । बेनी नगरपालिका २ को वडा अधिवेशनमा बोल्दै उहाँले गएका निर्वाचनहरु हेर्दा पनि लोकप्रिय मतका आधारमा एमाले पहिलो शक्ति हो र त्यसलाइ बरकरार राख्नु नै अब एमाले जनको कर्तव्य हो । केही अंकले तलमाथि होला तर जनताको मन र मतमा सँधै एमाले नै पहिलो हुनु पर्छ र हो पनि । त्यसैले अहिले निर्वाचित हुने टिमले पार्टीलाइ पहिलो बनाउन प्रयास गर्न पर्ने उहाँको तर्को थियो । बेनी नगरपालिका २ को दोश्रो वडा अधिवेशनले दुर्गा सापकोटाको अध्यक्षतामा…
Author: Amrit Baskune
नेकपा एमालेका गण्डकी प्रदेश कमिटीका सदस्य हरिकृष्ण श्रेष्ठले देशका भ्रष्ट नेताहरु कसैलाइ पनि छाड्न नहुने धारणा राख्नु भएको छ । अन्नपुर्ण गाउँपालिका ८ राम्चेको वडा अधिवेशनमा बोल्दै उहाँले राज्यका बिरुद्ध गद्दारी गरेर भ्रष्टाचार गर्ने जो कोही पनि कार्वाहीको दायरामा आउन पर्ने धारणा राख्नु भएको हो । उहाँले उचित छानविन हुनु पर्ने र कार्वाही पनि हुनु पर्ने उहाँको भनाइ थियो । अधिवेशनले खिमबहादुर पुर्जाको अध्यक्षतामा नयाँ वडा कमिटी गठन गरेको छ। कमिटीको उपाध्यक्षमा पदम पुन सचिवमा चित्र बहादुर गर्बुजा उपसचिवमा सेउमायाँ पुर्जा र एलिना रसाइली रहनु भएको छ । उद्घाटन सत्र कार्यक्रम तुलबहादुर पुनको अध्यक्षता तथा खिमबहादुर पुर्जाको स्वागतमा भएको थियो…
जिल्ला तथा पालिका अधिवेशन सकेर वडा अधिवेशनमा केन्द्रीत भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी म्याग्दीले नयाँ वर्षको अवसरमा शुक्रबार बिहान शुभकामना आदानप्रदान आयोजना गरेको छ । नयाँ वर्ष २०८१ सालको अवसर पारेर जिल्लास्थित सबै सरोकारवाला निकायको उपस्थितिमा शुभकामना आदानप्रदानसहित चियापान गर्ने कार्यक्रम आयोजना गरेको एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनभयो । ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नारासहित जिल्ला अधिवेशन र ६ वटै स्थानीय तहको अधिवेशन सकेको एमालेले चैत महिनामा ४५ वटै वडाको अधिवशेन थालेको छ । यही सन्दर्भमा नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान आयोजना गरिएको…
म यौटा पुस्तिका सादा हजारौँ पृष्ठ छन् ममा । तिमीजस्तै हजारौँको छाप छन् पृष्ठ पृष्ठमा ।। बादलको टुक्रा (अनुष्टुप्) यौटा बादलको टुक्रा आकाशमञ्चमा थियो । सूर्यको तेजले छुट्टै छुट्टै आकार देखियो ।। किसान हेर्छ आकाश पूरा जीवन देख्दछ । छ पूर्ण अन्नको घैँटो भित्रभित्रै रमाउँछ ।। भोको पेट कुनै व्यक्ति भन्छ हेरेर बादल । देवताहरूले खाने ठूलो थुप्रो छ चामल ।। भक्तले भक्तिमा डुब्दै पायो बादलमा हरि । चतुर्भुज भयो स्पष्ट कस्तो निर्मलको छवि ।। थियो हृदयमा नक्सा प्यारो यो मातृभूमिको । दियो बादलले नक्सा प्यारो यो मातृभूमिको ।। प्रेमीले प्रेयसी देख्छ, त्यै दुरुस्त मुहारको । आमा बा पुत्रले देख्छ…
मंगला गाउपालिका १ कुहुँको वडा अधिवेशनबाट रणबहादुर खत्रीको अध्यक्षतामा नयाँ वडा कमिटी गठन भएको छ । कमिटिको उपाध्यक्षमा पार्वती राम्जाली सचिव सुसन किसान उपसचिवमा नरबहादुर खत्री र राजकुमार पुन चयन हुनभएको छ । त्यस्तै बेनी नगरपालिका ४ को वडा अधिवेशनबाट तुलप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ वडा कमिटी गठन भएको बेनी नगर कमिटीका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो । कमिटीको उपाध्यक्षमा कोपिलाल पौडेल सचिव खेमलाल पौडेल उपसचिवमा थमबहादुर खत्री र सिता घले रहनु भएको छ ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले म्याग्दी जिल्लाको ग्रामिण भेकमा सुरक्षा चुनौती रहेकोले ध्यान दिन जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराएको छ । अनेरास्ववियुका जिल्ला अध्यक्ष मिलन खत्रीको अगुवाइमा जिल्ला प्रशासन कार्यालय पुगेको अखिल टोलीले प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललाई ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्रमा पछिल्लो समय भौतिक विकास सँगै मानव समाजले विभिन्न खालका चुनौती भोगी रहेकोले त्यसलाई ध्यान दिन आग्रह गरीएको छ । त्यस्तै सुरक्षा योजनाहरु विगतको समाजको अवस्थाा अनुसारकै रहेकोले आधुनिकता सँगै सुरक्षा व्यवस्था पनि त्यही अनुरुप ब्यवस्थापन गर्न आग्रह गरीएको छ । गत चैत ९ गते पर्वतको जलजला–२ मा बृद्धा दम्पत्तिको…
माघमा जिल्ला अधिवेशन सकेको नेकपा एमाले म्याग्दीले फागुनमा पालिका अधिवेशन सकेको थियो। जिल्ला र पालिका अधिवेशन सकिएपछि चैत महिनामा वडा अधिवेशन सक्ने लक्ष सहित शुरु भएको वडा अधिवेशन आज पनि जारी रहेको छ । यसै शिलशिलामा बेनी नगरपालिका ६ को वडा अधिवेशनबाट महेन्द्र बानियाँको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन भएको छ। कमिटीको उपाध्यक्षमा तेजबहादुर बानियाँ सचिवमा टेकबहादुर बिक उपसचिव शोभा महत र याम शाही चयन हुनुभएको नेकपा एमाले बेनी नगरकमिटीका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयाे । धवलागिरी गाउँपालिका ७ ताकमको अधिवेशनबाट खुम बहादुर थापाको अध्यक्षतामा वडा कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा तेजिन्द्र थापा, सचिव टेक बहादुर केसी,…
म्याग्दीको बेनी नगरपालिका–१० का युवाले आफ्नी धर्मपत्नीको जन्मदिनको अवसरमा बिमा पोलिसि उपहार दिएर जन्मदिन मनाउनुभएको छ । बेनी नगरपालिका–१० पात्लेखेतका धनबहादुर रोकाले आफ्नी पत्नी अमृता जिसीलाई उहाँको जन्मदिनको अवसरमा बिमा पोलिसि उपहार दिनुभएको हो । उहाँले जन्मदिन मनाउने तौर तरिका फरक हुने बताउँदै दिर्घ जिवनको कामना सहित बिमा पोलिसि उपहार दिएको बताउनुभयो । २० वर्ष अवधिको बिमा पोलिसि हस्तान्तरण पछि रोकाले आगमी दिनका लागि पनि केही जोगाउँदै अगाडी बढ्न सहज हुने धारणा राख्नुभयो । रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको बेनी शाखामा भएको कार्यक्रममा बेनी शाखा प्रबन्धक इन्द्र जिसीले जन्मदिनको शुभकामना दिँदै जन्मदिनमै पोलिसि हस्तान्तरण गर्न पाउदा खुशी लागेको बताउनुभयो । समयको…
अन्नपूर्ण गाउँपालिका वडा नं . ४ को अधिवेशनबाट अध्यक्षमा केशनारायण वुदुजा उपाध्यक्ष जीवन रामजाली सचिब भीमप्रसाद पुन उपसचिव दीपेश पूर्जा र गौमायां विक चयन हुनुभएको छ । नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सदस्य हरिकृष्ण श्रेष्ठको उपस्थितिमा भएको अधिवेशनमा नेकपा एमाले बाट गाउँपालिकाका निर्वाचित अध्यक्ष भारतकुमार पुन लगायतकाे सहभागिता रहेको गाउँ कमिटीका अध्यक्ष धनकुमार पुर्जाले जानकारी दिनुभयाे ।
निलगिरी यातायात प्रालिको आयोजनामा म्याग्दीको सदरमुकाम बेनी कालिपुलस्थित कभर्ड हलमा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिमा सम्पन्न भएको छ। नयाँ बर्ष २०८१ सालको पावन अवसरमा आयोजित प्रतियोगिताको समूह ‘सि’बाट अभिशेक नेपाली, सफल कँडेल प्रथम, लोकेश पुन, बिक्रम सुबेदी द्धितिय र जीवन कार्की, तारा पुन, टिका पूर्जा र दल पुनको जोडी तृतिय भएका छन् । प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश ३० हजार, २० हजार, ५ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।त्यस्तै समूह ‘डि’मा ललिन्द्र थापामगर, पूर्ण पूर्जा मगरको जोडी प्रथम, मदन लामा र सागर मगराती द्धितिय र प्रविण शाही, विजय किसान, सोम घले र अमन घले तृतिय भएका छन…