म्याग्दीको बेनी नगरपालिका–१० का युवाले आफ्नी धर्मपत्नीको जन्मदिनको अवसरमा बिमा पोलिसि उपहार दिएर जन्मदिन मनाउनुभएको छ ।
बेनी नगरपालिका–१० पात्लेखेतका धनबहादुर रोकाले आफ्नी पत्नी अमृता जिसीलाई उहाँको जन्मदिनको अवसरमा बिमा पोलिसि उपहार दिनुभएको हो । उहाँले जन्मदिन मनाउने तौर तरिका फरक हुने बताउँदै दिर्घ जिवनको कामना सहित बिमा पोलिसि उपहार दिएको बताउनुभयो । २० वर्ष अवधिको बिमा पोलिसि हस्तान्तरण पछि रोकाले आगमी दिनका लागि पनि केही जोगाउँदै अगाडी बढ्न सहज हुने धारणा राख्नुभयो ।
रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको बेनी शाखामा भएको कार्यक्रममा बेनी शाखा प्रबन्धक इन्द्र जिसीले जन्मदिनको शुभकामना दिँदै जन्मदिनमै पोलिसि हस्तान्तरण गर्न पाउदा खुशी लागेको बताउनुभयो । समयको सानो बचतले भविष्यमा राम्रो प्रतिफल दिन सक्ने भएकोले पनि यस्तो कार्य दिर्घ समयका लागि राम्रो हुने उहाँको भनाई छ ।