मंगला गाउपालिका १ कुहुँको वडा अधिवेशनबाट रणबहादुर खत्रीको अध्यक्षतामा नयाँ वडा कमिटी गठन भएको छ । कमिटिको उपाध्यक्षमा पार्वती राम्जाली सचिव सुसन किसान उपसचिवमा नरबहादुर खत्री र राजकुमार पुन चयन हुनभएको छ ।
त्यस्तै बेनी नगरपालिका ४ को वडा अधिवेशनबाट तुलप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ वडा कमिटी गठन भएको बेनी नगर कमिटीका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो । कमिटीको उपाध्यक्षमा कोपिलाल पौडेल सचिव खेमलाल पौडेल उपसचिवमा थमबहादुर खत्री र सिता घले रहनु भएको छ ।