नेकपा एमालेका गण्डकी प्रदेश कमिटीका सदस्य हरिकृष्ण श्रेष्ठले देशका भ्रष्ट नेताहरु कसैलाइ पनि छाड्न नहुने धारणा राख्नु भएको छ । अन्नपुर्ण गाउँपालिका ८ राम्चेको वडा अधिवेशनमा बोल्दै उहाँले राज्यका बिरुद्ध गद्दारी गरेर भ्रष्टाचार गर्ने जो कोही पनि कार्वाहीको दायरामा आउन पर्ने धारणा राख्नु भएको हो । उहाँले उचित छानविन हुनु पर्ने र कार्वाही पनि हुनु पर्ने उहाँको भनाइ थियो ।
अधिवेशनले खिमबहादुर पुर्जाको अध्यक्षतामा नयाँ वडा कमिटी गठन गरेको छ। कमिटीको उपाध्यक्षमा पदम पुन सचिवमा चित्र बहादुर गर्बुजा उपसचिवमा सेउमायाँ पुर्जा र एलिना रसाइली रहनु भएको छ ।
उद्घाटन सत्र कार्यक्रम तुलबहादुर पुनको अध्यक्षता तथा खिमबहादुर पुर्जाको स्वागतमा भएको थियो भने कार्यक्रमको सञ्चालन टेकप्रसाद पुनले गर्नु भएको थियो ।