नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले म्याग्दी जिल्लाको ग्रामिण भेकमा सुरक्षा चुनौती रहेकोले ध्यान दिन जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराएको छ ।
अनेरास्ववियुका जिल्ला अध्यक्ष मिलन खत्रीको अगुवाइमा जिल्ला प्रशासन कार्यालय पुगेको अखिल टोलीले प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललाई ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्रमा पछिल्लो समय भौतिक विकास सँगै मानव समाजले विभिन्न खालका चुनौती भोगी रहेकोले त्यसलाई ध्यान दिन आग्रह गरीएको छ । त्यस्तै सुरक्षा योजनाहरु विगतको समाजको अवस्थाा अनुसारकै रहेकोले आधुनिकता सँगै सुरक्षा व्यवस्था पनि त्यही अनुरुप ब्यवस्थापन गर्न आग्रह गरीएको छ । गत चैत ९ गते पर्वतको जलजला–२ मा बृद्धा दम्पत्तिको हत्याको घटनाले पनि सुरक्षा योजना बनाउन पर्ने देखाएकोले त्यस तर्फ ध्यान दिन अखिलले आग्रह गरेको छ ।
अनेरास्ववियुका केन्द्रीय सचिव तथा प्रबक्ता प्रकाश पौडेलको उपस्थितिमा प्रशासन पुगेको टोलीले प्रजिअ ढकाल सँग अन्य विषयमा पनि छलफल गरेको अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।