माघमा जिल्ला अधिवेशन सकेको नेकपा एमाले म्याग्दीले फागुनमा पालिका अधिवेशन सकेको थियो। जिल्ला र पालिका अधिवेशन सकिएपछि चैत महिनामा वडा अधिवेशन सक्ने लक्ष सहित शुरु भएको वडा अधिवेशन आज पनि जारी रहेको छ ।
यसै शिलशिलामा बेनी नगरपालिका ६ को वडा अधिवेशनबाट महेन्द्र बानियाँको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन भएको छ। कमिटीको उपाध्यक्षमा तेजबहादुर बानियाँ सचिवमा टेकबहादुर बिक उपसचिव शोभा महत र याम शाही चयन हुनुभएको नेकपा एमाले बेनी नगरकमिटीका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयाे ।
धवलागिरी गाउँपालिका ७ ताकमको अधिवेशनबाट खुम बहादुर थापाको अध्यक्षतामा वडा कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा तेजिन्द्र थापा, सचिव टेक बहादुर केसी, उपचसिवमा रुकमिणी पौडेल र भुवानी पौडेल रहेको १५ सदस्यिय वडा कमिटीको सर्वसम्मत निर्वाचित भएको नेकपा एमाले धवलागिरी गाउँकमिटीका अध्यक्ष प्रगति कार्कीले जानकारी दिनुभयो ।
रघुगंगा गाउँपालिका ३ पिप्लेको दोश्रो अधिवेशनबाट निलकण्ठ सुबेदीकोको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा टिका सेन, सचिवमा राम्जि शर्मा, उपसचिव जित ब. खत्री र यशोधा सुबेदी चयन हुनुभएको एमाले रघुगंगा गाउँ कमिटीका अध्यक्ष झलक शर्माले जानकारी दिनुभयो ।
मंगला गाउँपालिका ४ को अधिवेशनले खड्गबहादुर रोकाको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा नरबहादुर चोचाङ्गे सचिव प्रेमबहादुर पुन उपसचिव भुवानी रोका थापा र पवित्रा थापा पुन चयन हुनुभएको मंगला गाउँकमिटीका उपाध्यक्ष चिरञ्जिवि शर्माले जानकारी दिनुभयो ।
त्यस्तै मंगला गाउपालिका वडा न ३ को वडा अधिवेशनबाट अध्यक्ष कुल बहादुर थापा, उपाध्यक्षमा चन्द्रदत्त साप्काेटा, सचिवमा वीर बहादुर घर्ति, उपसचिवमा अनिता राेका र सन बहादुर राेका चयन हुनुभएको नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य सृजना केसीले जानकारी दिनुभयो ।
नेकपा(एमाले)मालिका गाउँपालिका वडा नं.३ को दोश्रो वडा अधिवेशन रुम डाडागाउ सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा नर बहादुर पुन, उपाध्यक्षमा बल बहादुर बुढाथोकि, सचिबमा शेर बहादुर बुढा चयन हुनुभएको नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य खरमायाँ बिटालुे जानकारी दिनुभयो ।
नेकपा(एमाले)मालिका गापा वडा नं.१ को दोश्रो वडा अधिवेशन निस्कोट्मा सम्पन्न भयो । अधिवेशनले अध्यक्षमा याम पुन, उपाध्यक्षमा राम बहादुर पुन, सचिबमा झकमान पुन, उपसचिबमा हरि बहादुर पुन र लालकुमारी घर्ती रहेको १७ सदस्यीय कमिटी सर्वसम्मतिले निर्वाचित गरेको छ ।