Author: Amrit Baskune

अमृत बास्कुने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) म्याग्दीको २१ औं जिल्ला सम्मेलनको पूर्व सन्ध्यामा अस्पताल क्षेत्रमा सरसफाइ गरिएको छ । अनेरास्ववियुको अगुवाइमा नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी लगायतको टोलीले अस्पताल कम्पाउण्ड भित्र सरसफाइ गरेको हो । सरसफाइबाट निस्केको फोहोरलाई व्यवस्थापन गरिएको नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा बिद्यार्थी इन्चार्ज सुवास विश्वकर्माले जानकारी दिनुभयो । अनेरास्ववियुको जिल्ला अधिवेशन फागुन १६ र १७ गते बेनीमा हुने भएकाले उद्घाटन भन्दा पहिला सकारात्मक सन्देश प्रवाह गर्नका लागि आफूहरुले सरसफाइ गरिएको अध्यक्ष मिलन खत्रीको भनाई छ । अधिवेशनको सबै तयारी पुरा भएको र शुक्रबार उद्घाटन हुने उहाँले जानकारी दिनुभयो ।

Read More

सुर्केमेला युवा क्लबको आयोजनामा बेनी नगरपालिका–४ सुर्केमेलामा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ । महिला तथा पुरुष सेभेन ए साइड फुटबल प्रतियोगिताका साथै विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरएको सुर्केमेला युवा क्लबका अध्यक्ष युवराज रोकाले जानकारी दिनुभयो । खेल प्रतिभाको प्रष्फुटन र संस्कृतिको जगेर्ना तथा संरक्षणका लागि आयोजना गरिएको उक्त कार्यक्रममा सेभेन ए साइड फुटबलमा जिल्ला भित्र तथा बाहिरका गरी २४ टिमको सहभागिता रहेको छ । विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको बेनी नगरपालिका–४ का वडा अध्यक्ष अण बहादुर खडकाले उदटन गर्नुभएको थियो । उहाँले विगतमा भएका प्रयासहरु केही असफल भएका भए पनि अगामी दिनमा त्यस्तो हुन नहुने…

Read More

सुनदेवी रसाइली महिलाहरुको पाठेघरको मुखको क्यान्सर विरुद्धको भ्याक्सीन एचपिभि खोप अभियानमा हिमालपारीको जिल्ला मुस्ताङमा चार सय ८० जना किशोरीहरुलाई खोप लगाइने भएको छ ।नेपाल सरकारको कार्यक्रम अनुरुप विद्यालय जाने कक्षा छ देखि १० सम्म अध्ययनरत छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन लागिएको हो । यस वर्षको खोप अभियान अन्तरगत मुस्ताङ जिल्लामा फागुनको १८ देखि २४ गते सम्म सञ्चालन हुने छ । नेपालका अन्य जिल्लाहरुमा माघ २२ गते देखि फागुन ६ गते सम्म सञ्चालन भएतापनि हिमाली जिल्ला मुस्ताङमा भने फागुन १८ देखि २४ गते सम्म सञ्चालन हुनेछ । प्रदेश स्वास्थ्य…

Read More

सुनदेवी रसाइली एक युगमा एक पटक भन्ने नाराका साथ आगामी चैत १७ देखि जेठ २६ गते सम्म पोखरामा हुने ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ २०८२ को प्रचारप्रसारका लागि मानव सेवा फाउण्डेसनको टोली गण्डकी प्रदेशको जिल्ला दौडाहमा हिडेको छ । टोलीले हिमालपारीको जिल्ला मुस्ताङमा पुगेर पत्रकार तथा अन्य सरोकारवालाहरु सँग समन्वय र अन्तरक्रिया गरेर फर्केको छ । पोखरामा हुने कोटिहोममा राधिका दाशी, चैतन्य कृष्ण, देवी प्रतिभा, चन्द्रकला सखी, अनुराधा पाण्डे दिनवन्धु पोखरेल लगायतका कथाबाचकहरुले प्रवचन दिने कार्याक्रम रहेका छ । इतिहासमै पहिलो पटक भएको र न भूतकालमा यस्तो महायज्ञ भयो न त भविष्यमा हाम्रो जीवन कालमा…

Read More

नेकपा एमालेले थालेको अहिलेको अभियान जनताको कुरा बुझ्न र पार्टी सदस्यहरुको यथार्थ अवस्था लिएर अगाडी बढ्नका लागि रहेको नेकपा एमालेका केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले बताउनुभएको छ । नेकपा एमाले बेनी नगरपालिका–४ नम्बर वडा कमिटीको पूर्ण बैठकमा बोल्दै जिल्ला इन्चार्ज समेत रहेका थापाले पार्टी सदस्यता नविकरण, बिस्तार र यथार्थ अवस्था जानकारीका लागि यो अभियान थालिएको बताउनुभयो । जरा केन्द्रीत अभियान भन्दा मात्रै पनि यसले सबै तह र तप्काको अवस्था बुझेर अगाडी बढ्छ भन्ने हो । नेपाली जनताको अवस्थाको यथार्थ चित्र गर्न र काम गर्नका लागि एमालेले मौका पाउनु पर्ने उहाँको तर्क थियो । सुरुङ मार्गबाट काठमाडौंमा गाडी भित्रदै छ भने अब…

Read More

सुनदेवी रसाइली हिमालपारीको जिल्ला मुस्ताङको जोमसोममा रहेको जनहित माध्यमिक विद्यालयको जनहित पूर्व विद्यार्थी परिवारको तेश्रो वार्षिक साधारणसभामा बिद्यालयलाइ योगदान दिने माध्यमिक विद्यालयका पहिलो प्रधानाध्यापक बसन्त शेरचन र माध्यमिक तहको पहिलो एसएलसी उत्तिर्ण गरी सोही विद्यालयमा शिक्षक तथा व्यवस्थापन समितिका अध्यक्ष समेत हुनुभएका  जयन्द्रलाल थकालीलाई सम्मान गरिएको छ । सोही विद्यालयमा अध्ययन गरी पुनः त्यही विद्यालयमै अध्यापन अनि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष गरी तीन फरक भूमिकाबाट विद्यालयमा दिएको योगदानको कदर गर्दै सम्मानि गरिएको हो । जनहित पूर्व विद्यार्थी परिवारका आजीवन सदस्य रहनु भएका थकालिलाई काठमाडौंमा शनिबार सम्पन्न साधारणसभामा सम्मान गरिएको पूर्व विद्यार्थी परिवारले जनाएको छ । जनहित माध्यमिक विद्यालयमा अध्ययन गरी…

Read More

कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनको आरोपमा बेनी नगरपालिका–४ कलङ्कुरका ४० वर्षिय लोकेस भन्ने लोकबहादुर पुनलाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पर्ने पुन बेनी नगरपालिका–७ संगम चोकमा रहेको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रवन्धक हुनुहुन्छ । कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष राजेश शाक्यले आफ्नो सहकारीका प्रवन्धकलाई प्रहरीले गिरफ्तार गरेको बताउनुभयो । बेनी नगरपालिका–४ कलङ्कुरका ४० वर्षिय पुनलाई म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिडेको बचत रकम अपचलन गरेको आरोपमा गिरफ्तार गरेको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक(इन्सपेक्टर) सागर पौडेलका अनुसार प्रहरीले बिहीबार गिरफ्तार गरी जिल्ला अदालत म्याग्दीबाट म्याद थप गरेर…

Read More

म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा १२ गौरवका आयोजना कार्यान्वयन गरेको छ । सडक, पर्यटन, कृषि र शैक्षिक संस्थाका पूर्वाधार निर्माण सम्बन्धी रु. नौ करोड ४७ लाख बजेट विनियोजन भएका दुई वटा सम्पन्न, चार वटा निर्माणाधिन र तीन वटा ठेक्का प्रक्रियामा रहेका नगरपालिकाले जनाएको छ । थप तीन वटा योजनाको ठेक्का आव्हानको तयारीमा छन् । बेनी नगरपालिकाका इन्जिनियर सुदिप गौतमले रु. २५ लाख बजेट विनियोजन भएको बेनी–लभ्लिहिल–ज्यामरुकोट सडक स्तरोन्नति र रु. ३० लाख ५० हजार बजेटको कालीपुल कृषि भवनको ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले काम सम्पन्न गरिसकेका बताउनुभयो । बेनी–लभ्लिहिल–ज्यामरुककोट सडकको रु. २० लाख १७ हजार सात सय…

Read More

सुनदेवी रसाइली हिमालपारीको जिल्ला मुस्ताङको जोमसोममा भएको एक कार्यक्रममा जलवायु परिवर्तनको असरले गर्दा कृषि तथा पर्यटनको क्षेत्रमा पनि निकै प्रभाव पारेको बताइएको छ । सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको आयोजनामा आयोजित स्थलगत रेडियो बहस कार्यक्रममा सहभागीहरुले उक्त धारणा राख्नु भएको हो । मुस्ताङमा आयोजित जलवायु परिवर्तनको प्रभाव र अनुकुलनका लागि भइरहेका प्रयास विषयक बहस कार्यक्रममा सहभागीहरुले हिमालका हिउँ पग्लीएर सकिन लागेको प्रति चिन्ता व्यक्त गरेका थिए । रेडियो नेपालका बरिष्ठ संगित संयोजक भानुभक्त खड्काको नेतृत्वमा मुस्ताङ पुगेको टोलीले समन्वय गरेको बहस कार्यक्रममा जिल्लाका सुरक्षा समिति, जनप्रतिनिधि तथा पर्यटन व्यवसायी एवम् कृषकहरुको समेत सहभागिता रहेको थियो । जिल्ला समन्वय समिति मुस्ताङकी…

Read More

युवाहरुको ब्यक्तित्व र नेतृत्व बिकास मा क्रियाशिल म्याग्दी जेसीज ले प्रजातन्त्र दिवसको अवसर पारी शुभकामना तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा प्रजातन्त्र दिवस २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा हरेक फागुन ७ गते मनाइन्छ । त्यही कारण हामी यो दिनलाई ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मान्ने गर्छौ । राणाहरूको वंशीय तन्त्र होइन कि ‘प्रजा’ हरुकै ‘तन्त्र’ मा शासन चल्छ भन्ने उद्घोषसहित आजकै दिन मुलुकमा ‘प्रजातन्त्र’ छाएको थियो । म्याग्दी जेसीजका शाखा अध्यक्ष बिनोद घर्ती को अध्यक्षता, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्रीको प्रमुख आथित्यता , नेपाल जेसीज राष्ट्रिय अध्यक्षिय सल्लाहकार विरेन्द्र…

Read More