युवाहरुको ब्यक्तित्व र नेतृत्व बिकास मा क्रियाशिल म्याग्दी जेसीज ले प्रजातन्त्र दिवसको अवसर पारी शुभकामना तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।
नेपालमा प्रजातन्त्र दिवस २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा हरेक फागुन ७ गते मनाइन्छ ।
त्यही कारण हामी यो दिनलाई ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मान्ने गर्छौ । राणाहरूको वंशीय तन्त्र होइन कि ‘प्रजा’ हरुकै ‘तन्त्र’ मा शासन चल्छ भन्ने उद्घोषसहित आजकै दिन मुलुकमा ‘प्रजातन्त्र’ छाएको थियो ।
म्याग्दी जेसीजका शाखा अध्यक्ष बिनोद घर्ती को अध्यक्षता, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्रीको प्रमुख आथित्यता , नेपाल जेसीज राष्ट्रिय अध्यक्षिय सल्लाहकार विरेन्द्र श्रेष्ठ , म्याग्दी जेसीजका पुर्व अध्यक्ष एवं म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ ,पुर्व अध्यक्ष बिनय श्रेष्ठ , खम थापा मगर, निवर्तमान अध्यक्ष दिनेश बानिया लगायत म्याग्दी जेसीजका पधाधिकारीहरु र सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको संयोजनका साथै कार्यक्रम संचालन म्याग्दी जेसीजका सुमन जि सीले गरेका थिए।
Previous Articleदरबाङ प्रथम तरुण कप भलिबल प्रतियोगिता सुरू
Next Article कृषि तथा पर्यटन क्षेत्रमा जलवायुको असर