सुनदेवी रसाइली
महिलाहरुको पाठेघरको मुखको क्यान्सर विरुद्धको भ्याक्सीन एचपिभि खोप अभियानमा हिमालपारीको जिल्ला मुस्ताङमा चार सय ८० जना किशोरीहरुलाई खोप लगाइने भएको छ ।नेपाल सरकारको कार्यक्रम अनुरुप विद्यालय जाने कक्षा छ देखि १० सम्म अध्ययनरत छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन लागिएको हो । यस वर्षको खोप अभियान अन्तरगत मुस्ताङ जिल्लामा फागुनको १८ देखि २४ गते सम्म सञ्चालन हुने छ । नेपालका अन्य जिल्लाहरुमा माघ २२ गते देखि फागुन ६ गते सम्म सञ्चालन भएतापनि हिमाली जिल्ला मुस्ताङमा भने फागुन १८ देखि २४ गते सम्म सञ्चालन हुनेछ ।
प्रदेश स्वास्थ्य कार्यालय मुस्ताङका कार्यालय प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत विद्या तामाङका अनुसार जिल्लामा कुल लक्षित संख्या पाँच सय ७८ जना भएतापनि जाडो समयमा भएको घुम्ती बिद्यालयहरुमा रहँदा खोप लगाइ सकेको हुनाले जिल्लामा चार सय ८० जनाले मात्रै खोप लगाउने छन् । जोमसोममा भएको अन्तरक्रियामा कार्यालय प्रमुख तामाङले थासाङ गाउँपालिकामा रहेका पाँच विद्यालय तथा एक स्वास्थ्य चौकीमा रहेको खोप केन्द्रबाट एक सय ४९ जनाले खोप लगाउने छन् । त्यस्तै घरपझोङ गाउँपालिकामाचार विद्यालय र दुई वटा अन्य स्थानमा रहेको खोप केन्द्रमा विद्यालय जाने दुई सय र नजाने एक गरी दुई सय दुई जनाले खोप लगाउने छन् ।
बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा विद्यालयमा तीन र विद्यालय भन्दा बाहिर रहेका चार खोप केन्द्रमा गरी ५९ जना किशोरीहरुले खोप लगाउने छन् । लोघेकर दामोदर कुण्ड गाउँपालिकामा विद्यालयमा तीन र अन्यत्र रहेको एक खोपकेन्द्र गरी ३२ जनाले खोप लगाउने र लोमन्थाङ गाउँपालिकामा ३८ जना किशोरीले तीन वटा खोपकेन्द्रमा खोप लगाउने छन् ।
मुस्ताङमा एचपिभि खोप अभियानमा ४८० जनालाई खोप लगाइदै
Previous Articleकोटिहोमको प्रचारमा फाउण्डेसनको टोली जिल्ला दौडाहामा
Next Article सुर्केमेलामा सेभेन ए साइड फुटबल