सुनदेवी रसाइली
हिमालपारीको जिल्ला मुस्ताङको जोमसोममा भएको एक कार्यक्रममा जलवायु परिवर्तनको असरले गर्दा कृषि तथा पर्यटनको क्षेत्रमा पनि निकै प्रभाव पारेको बताइएको छ ।
सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको आयोजनामा आयोजित स्थलगत रेडियो बहस कार्यक्रममा सहभागीहरुले उक्त धारणा राख्नु भएको हो । मुस्ताङमा आयोजित जलवायु परिवर्तनको प्रभाव र अनुकुलनका लागि भइरहेका प्रयास विषयक बहस कार्यक्रममा सहभागीहरुले हिमालका हिउँ पग्लीएर सकिन लागेको प्रति चिन्ता व्यक्त गरेका थिए । रेडियो नेपालका बरिष्ठ संगित संयोजक भानुभक्त खड्काको नेतृत्वमा मुस्ताङ पुगेको टोलीले समन्वय गरेको बहस कार्यक्रममा जिल्लाका सुरक्षा समिति, जनप्रतिनिधि तथा पर्यटन व्यवसायी एवम् कृषकहरुको समेत सहभागिता रहेको थियो ।
जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख मायाँ गुरुङले जलवायु परिवर्तनको कारणले गर्दा पछिल्लो दुई वर्ष नै हिउँदमा हिउँ नपरेको बताउनुभयो । उहाँले भन्नुभयो गत वर्ष पनि खासै परेन र यो वर्ष पनि खासै हिउँ नै परेन भन्दा हुन्छ । यस्तो अवस्था आयो भने सिंचाइ अभावले गर्दा उत्पादन कम हुन्छ । सिंचाइको व्यवस्था भए त उत्पादन केही होला यदि सिंचाइ दिन सकिएन भने हिएँ पनि नपर्ने र सिंचाइ पनि नहुँदा उत्पादन शुन्य प्रया हुन्छ ।
कृषक एवम् घरपझोङ गाउँपालिकाका कार्यपालिका सदस्य भीषण थकालीले आधुनिक प्रविधि प्रयोग गरेर उत्पादन बढाउने प्रयास गरिएको भए पनि त्यसमा रोग किराको प्रकोपले सताएको दुखेसो पोख्नु भएको थियो । ठूला देशका औद्योगिकरणले गर्दा हामी जस्तो सानो मुलुकलाई असर परेको हुनाले उनीहरुका बिरुद्ध अन्तराष्टिय अदालतमा नै मुद्दा हालेर भए पनि हाम्रो विविधता जोगाउनका लागि प्रयास गर्नु पर्ने थकालीको भनार्य थियो ।
पर्यटन व्यवासायी योगेश शेरचनले पर्यटन क्षेत्रमा जलवायु परिवर्तनले ठूलो असर पारेको बताउनुभयो । उहाँले भन्नुभयो अहिलेको अवस्था हेर्दा बसै भन्दा बढी क्षती पुगेको र असर गरेको नै पर्यटन व्यवसायमा हो । नांगा डाँडा हेर्न पर्यटक किन आउने? हिमालको हिउँ पग्लेर सकिनै लाग्यो उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
पर्यटन गतिविधिहरु पनि सुस्त हुँदा मुख्य रुपमा पर्यटन व्यवसायमै निर्भर मुस्ताङमा धेरै समस्या सृजना हुने जिल्ला समन्वय समितिका उपप्रमुख आइतेलाल थकालीको भनाई थियो । अहिले जलवायु परिवर्तनले गर्दा पर्यटन व्यवसाय सुस्त हुनुका साथै स्याउ उत्पादन पनि कम हुँदा कृषक मारमा परेका उहाँको धारणा थियो ।
उन्नत जातको स्याउको खेती सँगै रोगकिरा पनि बढ्ने गरेको छ ।
पछिल्ला वर्षहरुमा खासै हिउँ परेको छैन भने हिमालमा भएको हिउँ पग्लीएर उराठलाग्दो कालो पहाडमा परिणात भएको दृष्य हेर्न किन आउन पर्यटक । हिमाल पनि उराठ भएको कारणले गर्दा पर्यटकको आगमन घट्दो क्रममा रहेको सहभागीहरुको धारणा थियो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जलवायुको असरले गर्दा विपद्का घटनाहरु ब्ढेको बताउनुभयो । कालिगण्डकी नदिमा थुप्रीएको नदिजन्य पदार्थको कारणले गर्दा जिल्ला भित्रका बस्तीहरु जोखिममा परेको बताउनुभयो । उहाँले भन्नुभयो सर्वोच्च अदालतको आदेश तथा अन्नपुर्ण क्षेत्र संरक्षण आयोजनाको नीतिका कारणले गर्दा नदिजन्य पदार्थ उत्खनन् गर्न नपाउँदा जोखिम बढेको छ ।
व्यवसायी सुकुन रसाइलीले पहिला स्याउ लामो समय रहने भए पनि अहिले चाँडै बिग्रने समस्या भएको बताउनुभयो । पहिला कोल्टस्टोर बिना नै तीन चार महिना सम्म पनि राख्न सकिने स्याउ अहिले तापक्रममा आएको अस्वभाविक परिवर्तनले केही महिना पनि सुरक्षित राख्न नसकिएको बताउनुभयो ।
स्याउ जोन परियोजना कार्यान्वयन इकाइ मुस्ताङका प्रमुख भरतराज गौतमले स्याउको उत्पादन बढाउन प्रयास गरीएको बताउनुभयो । उहाँले मुस्ताङमा नयाँ र आधुनिक प्रजातिका स्याउका बिरुवा ल्याएर स्याउ उत्पादन बढाउने प्रयास गरेको बताउनुभयो ।
कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङले चालु आर्थिक वर्षमा मुस्ताङ जिल्लाबाट ९१ करोड रुपियाँ मुल्यको स्याउ बाहिरीएको तथ्याङ्क आफूहरु सँग रहेको बताउनुभयो । उहाँले भन्नु भयो सामान्य तबरले आफ्नै तरिकाले लैजाने बाहेक विक्री भएको तथ्याङ्क हेर्दा ९१ करोड हो ।
कृषि तथा पर्यटन क्षेत्रमा जलवायुको असर
Previous Articleजेसिज को शुभकामना तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न
Next Article बेनी नगरपालिकामा गौरवका योजना कार्यान्वयन