Author: Amrit Baskune

म्याग्दी – जिल्लाको सदरमुकाम बेनीमा दैनिकजसो सडक दुर्घटना बढ्न थालेको छ । ब्यस्त सडकमा तीव्रगतिमा गुड्ने दुईपाङ्ग्रे सवारीसाधनको ठक्करबाट चारदिनमा पाँचजना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालयबाट प्राप्त जानकारी अनुसार साउन २० गते पश्चिम म्याग्दीको ओखरबोट गाविस–१ फुलबारी स्थायी घरभई दरवाङमा बस्ने ५१ बर्षिय मोतिराज गौतम र पर्वत मुडिकुवा– ६ घर भई क्याम्पसचोकमा बस्ने ६ बर्षिया स्वर्तनी भुषाल, साउन २२ गते अर्मन–८ की २६ बर्षिया मनदेवी घर्ती, बेनपा–७ का ४ बर्षिय विन्सन श्रेष्ठ र साउन २४ गते साँझ बेनपा–८ स्थायी घरभई हाल बेनपा–८६ इन्द्रेणी टोल बस्ने ४ बर्षका आयूष थापा घाईते भएका छन् । ठक्करबाट तीन बालबालिका घाईते भएका छन् । थापालाई ठक्कर दिएर…

Read More

केही समय पहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो औपचारिक विज्ञप्तिमा त्रिभुवन विश्वविद्यालयका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको मानसिक उपचार गराउन सरकारका नाममा आदेश दियो । अख्तियारको यो आदेशपछि समाजमा एक किसिमको तरंग नै पैदा भयो। आफ्ना अधिकार र कार्यक्षेत्रको कानुनी सीमा मिचेर काम गर्दै आएको अख्तियारले समाजका एकजना सम्मानित व्यक्तिमाथि यस किसिमको आरोप लगाउँदै आदेश दिनु आफैमा गलत मात्रै थिएन, राज्यको संवैधानिक निकायका प्रमुखको मर्यादा विपरीत कार्य पनि थियो । यसलाई सवैधानिक निकायमा आएको विचलन पनि भन्न सकिन्छ । भ्रष्टाचार नियन्त्रणको उद्देश्यले स्थापित अख्तियार संस्था र त्यसका प्रमुख लोकमान सिंह कार्कीले पछिल्ला दिनहरुमा विभिन्न खालका दूराचारमा लागेका समाचार यत्रतत्र प्रकाशित भइरहेका छन्। एउटा…

Read More

बागलुङ – मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता गर्ने र नगरक्षेत्र बाहिर मात्र संचालनगर्न पाउने सरकारी प्रवाधान विपरित बागलुङमा अझैपनि दर्जनौं ईटाभट्टी संचालनमा छन् । घरेलु तथा साना उद्य्रोग विकास समितिमा दर्ता गर्नुपर्ने प्रावधान भएपनि अहिले सम्म कुनैपनि इटा उद्य्रोग दर्ता नभएको हो । समितिको मुख्य शाखा कार्यालयमा गत आर्थिक बर्ष १ सय ९१ उद्योग संचालनमा आएकोमा एउटै पनि इटा उद्योग दर्ता नभएको निर्देशक विश्वप्रेम ढकालले बताए । अघिल्लो बर्ष ७७ उद्योगले नविकरण गरेका छन् । सबै दर्ता र नविकरण समेत गरी बागलुङमा कुल ६सय ७६ वटा व्यवसाय संचालनमा छन् । दुइ बर्ष अघिदेखि बिना दर्ता संचालित इटा उद्योग खारेज गर्ने भनिएपनि अहिले सम्म सरकारी निकायले…

Read More

नागरिकको सेवामा तल्लिन हुनुपर्ने ब्यक्ति राजनैतिक स्वार्थमा हिड्दा थुप्रै समस्या सिर्जना भएका छन । यसले केही राजनैतिक ब्यक्तिलाई हित गरे पनि समग्र राष्ट्रलाई भने नोक्सान नै भएको आंकलन गर्न कठिन मान्नुपर्ने अवस्था छैन् । यसलाई दृष्टिगत गरेर नै होला निजामती प्रशासनको उच्च नेतृत्वले राष्ट्रसेवक कर्मचारीलाई आफुले सेवा वा राजनीति के गर्ने हो एउटा रोज्न अवसर दिन गरी नयाँ कानुन बनाउन लागेको छ । अव राजनीतिक दलको गतिविधिमा लाग्न वा सदस्य बन्न रोक लगाउने सम्बन्धी कानुन बनाउन लागेको छ । सेवा वा राजनीति मध्ये एक रोज्नुपर्ने कुरा धेरै पहिले देखि नै उठ्न थालेपनि यसलाई कानुन बनाएर नै कार्यान्वयनमा लैजाने कुरामा भने राजनैतिक नेतृत्व तयार भएको…

Read More

कृष्णप्रसाद शर्मा हरेक बर्षक केही मान्छेहरू सगरमाथा चढ्छन् तर एउटै मान्छे पटक पटक सगरमाथा चढेको भने कम हुन्छन् । त्यसै जीवनभर राजनीतिमा लागे पनि एक पटक सत्तामा भनौ वा कार्यकारीपदमा पुगे पनि पटक पटक भने कमै पुग्छन् । सबै राजनीतिकर्मीलाई बेलायतका डेभिड क्यामरुन र अमेरिकाका बराक ओबामालाई जस्तो दुई कार्यकाल चलाउने मौका आउँदैन । नेपालमा पनि केहीलाई पटक पटक सरकार प्रमुख देखियो तर पनि उनिहरूले जनताको जीवनमा खासै परिवर्तन ल्याएनन् । काँग्रेसबाट पटक पटक सरकारमा गए पनि खासै उल्लेखनिय काम हुन सकेन । माओबादीले १० बर्षसम्म गरेको जनयुद्धबाट प्राप्त कतिपय नयाँ कुराहरूलाई अरू संसदिय प्रणालीमा लामो समय बिताएका राजनैतिक दलहरूले समेत स्वीकार गरेर अगाडी बढ्नु…

Read More

राम बहादुर वि.क. पृष्ठभूमि नेपालको सन्दर्भमा २०३५ सालदेखि पञ्चायती वन र पञ्चायत संरक्षित वनका रुपमा शुरुगरी सामुदायिक वनको अवधारणा आएकोमा यसले २०४६ को वन विकास गुरुयोजना मार्फत लचिलो नीतिगत निकास सहित वन उपभोक्ता समूह स्तरमा सहभागिता सुनिश्चित गर्दै हालको सामुदायिक वनको प्रारुप दिएको छ । नेपालको वन विकासमा कोसेढुङ्गा सावित भएको वन विकास गुरु योजना २०४६ र वन ऐन २०४९ ले पहिलो प्राथमिकता दिएको यो कार्यक्रम अन्तर्गत नेपालको सरकारी वनको करिव ६० प्रतिशत वन क्षेत्र स्थानीय समुदायलाई सामुदायिक वनको रुपमा हस्तान्तरण गर्न सकिने संभाव्यतालाई उल्लेख गरेको छ । वन ऐन २०४९ तथा वन नियमावली २०५१ ले सामुदायिक वनलाई संस्थागत र कानूनी आधारको…

Read More

वीर्य शीघ्र स्लखन हुनु अस्वभाविक होइन । त्यसैले यस्तो स्थितिमा अनावश्यक रूपमा खासै चिन्ता गर्नु आवश्यक छैन । धेरै चिन्ता गर्दा समस्या बढ्न सक्छ । शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भने तपाईंले समाधानको उपाय खोज्नुपर्ने हुन्छ । यो समस्या कम गर्न आफैंले गर्न सकिने केही उपायः १. यौनसम्पर्क रोक्न–सुरु गर्नेः यौन सम्पर्कका क्रममा स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर केहीबेर यौन क्रिडा रोक्ने र यौन उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने । २. आसन परिवर्तनः लोग्ने मान्छे माथितिर र महिला तलको सट्टा महिला माथितिर बसेर सक्रिय भै यौनसम्पर्क गर्दा पनि शीघ्रस्खलनलाई कम गर्न मदत पुग्छ । ३. लिङ्ग अँठ्याउनेः स्खलन होलाजस्तो…

Read More

गोविन्द बहादुर नेपाली पृष्ठभूमि नेपाल वहुजातीय, वहुभाषिक, वहुसाँस्कृतिक, वहुधार्मिक र भौगोलिक विविधताले युक्त मुलुक हो । यहाँ उद्गमका हिसावले आर्य, मंगोल, आष्ट्रिक र द्राविड गरी चार नश्ल समुहका मानिसहरु मुलुकका विभिन्न भुभागमा वसोवास गर्दछन् भने करिव १०१ जातजाति तथा भारोपेली, भोट वर्मेली, आष्ट्रिक र द्राविड गरी चार भाषा परिवारका झण्डै १०० वटा भाषा र वोलीहरुको पहिचान गरिएको छ । धार्मिक हिसावले यहाँ हिन्दु, वौद्ध, इस्लाम, किराँत, जैन, शिख लगायत १ं० वटा धर्म प्रचलनमा छन् । भू–वनोटका हिसावले नेपाल हिमाल, पहाड र तराईमा विभक्त छ भने नदी प्रणालीका हिसावले कोशी, गण्डकी र कर्णाली गरी प्रमुख तीन नदीका अतिरिक्त अनेकन स्वतन्त्र जलाधार क्षेत्रमा विभक्त छ ।…

Read More

बागलुङ/आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले जिल्ला स्थित सहकारी संघ संस्थाहरुको पाश्र्वचित्र (प्रोफाईल) नामक पुस्तक एक कार्यक्रमकबीच बिमोचन गरेको छ । सहकारी क्षेत्रमा रहेका कमी कमजोरीलाई सुधार गर्न तथ्याङकको आवश्यकता पर्ने भएकाले जिल्लाका सहकारीको यथार्थ अवस्था सार्वजनिक गरेको संस्थाले जनाएको छ । डिभिजन सहकारी कार्यालय, जिल्ला सहकारी संघ, दुग्ध सहकारी संघ, वचत तथा ऋण सहकारी संघ र राष्ट्रिय सहकारी बैंकसंगको समन्वयमा प्रकाशित पुस्तकमा जिल्लाका सबै सहकारीहरुको वित्तिय तथा सेवा क्षेत्रका बारेमा उल्लेख गरिएको छ । जिल्लामा दर्ता भएका ४ सय ६० सहकारी संघ संस्थामध्य २४ वटा खारेज भएको र करिब ३० वटा खारेजीको प्रक्रियामा रहेका छन् । उक्त पाश्वचित्र पुस्तक बिमोचन गर्दै राष्ट्रिय सहकारी…

Read More

काठमाडौं- नेपाली आकाशमा मानवरहित स्वचालित विमान (ड्रोन) को अनधिकृत प्रवेशसँगै सुरक्षा र गोपनीयतामा गम्भीर चुनौती थपिएको छ। प्रहरीले वैशाखयता नियन्त्रणमा लिएका १० मध्ये पाँच विदेशी नागरिकले नेपालका विभिन्न स्थानमा ड्रोनबाट लिएका दृश्य शंकास्पद पाइएका छन्। तिनमा निषेधित र अति गोप्य क्षेत्र तथा क्रियाकलापका तस्बिर र दृश्य रहेको प्रहरीले जनायो। प्रहरी प्रवक्ता डिआइजी माधव जोशीले ड्रोनको प्रयोगले आकाश मात्र नभई राष्ट्रिय सुरक्षामा समेत चुनौती थपिएको बताए। ‘राज्यले केही स्थान र क्रियाकलाप गोप्य राखेको हुन्छ,’ उनले भने, ‘यसरी लिएका तस्बिर र दृश्य गलत नियतबाट प्रयोग हुन सक्ने सम्भावना रहन्छ।’ गृह मन्त्रालयले गत कात्तिकमा ‘अनम्यान एरियल उडान’ सम्बन्धी कार्यविधि २०७२ बनाएपछि प्रहरीले १०…

Read More