वीर्य शीघ्र स्लखन हुनु अस्वभाविक होइन । त्यसैले यस्तो स्थितिमा अनावश्यक रूपमा खासै चिन्ता गर्नु आवश्यक छैन । धेरै चिन्ता गर्दा समस्या बढ्न सक्छ । शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भने तपाईंले समाधानको उपाय खोज्नुपर्ने हुन्छ । यो समस्या कम गर्न आफैंले गर्न सकिने केही उपायः
१. यौनसम्पर्क रोक्न–सुरु गर्नेः यौन सम्पर्कका क्रममा स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर केहीबेर यौन क्रिडा रोक्ने र यौन उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने ।
२. आसन परिवर्तनः लोग्ने मान्छे माथितिर र महिला तलको सट्टा महिला माथितिर बसेर सक्रिय भै यौनसम्पर्क गर्दा पनि शीघ्रस्खलनलाई कम गर्न मदत पुग्छ ।
३. लिङ्ग अँठ्याउनेः स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अँठयाउने र वीर्य स्खलन हुन नदिने । केहीबेरमा यौन उत्तेजना केही कम भएपछि पुनः यौनक्रिडा सुरु गर्ने ।
४. कन्डम प्रयोग गर्नेः कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मदत पुगेको छ । यस्तो बेला चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पु¥याउँछ ।
५. मांसपेशी प्रयोग गर्नेः पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सक्दा पनि फाइदा हुन्छ ।
६. औषधीको प्रयोगः अचेल छालाको संवेदनशीलता कम गर्ने मल्हम तथा स्प्रेहरू पनि बजारमा उपलब्ध छन् । द्यभलशयअबष्लभ तथा ीष्मयअबष्लभ जस्ता औषधी भएका यस्ता उत्पादन लिङ्गमा प्रयोग गर्दा शीघ्र स्खलन कम गर्न मद्दत पुग्छ ।
७. वीर्य स्खलन नियन्त्रणको अभ्यासः दीर्घकालीन उपचारका लागि हस्तमैथुनमा जस्तै उत्तेजित लिङ्गलाई चलाउने र वीर्य स्खलन होलाजस्तो भए पछि रोक्ने र उत्तेजना केही कम भएपछि पुनः हस्तमैथुन सुरु गर्ने र वीर्य स्खलन होलाजस्तो भएपछि रोक्ने र यो प्रक्रिया दोहार्रुयाउने । वीर्य स्खलनलाई राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि आफ्नो श्रीमती (यौन साथी) सँग यौनसम्पर्करहित यौन क्रियाकलापमा संलग्न हुने तर यौन सम्पर्क अर्थात् लिङ्ग योनिमा पसाउने कार्य नगर्ने । वीर्य स्खलन होलाजस्तो भए पछि यो क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने अनि विस्तारै–विस्तारै यौन क्रियाकलापलाई अघि बढाउने । यो प्रक्रियामा निकै समय र पर्याप्त धैर्यता आवश्यक हुने भए पनि वीर्य स्खलन नियन्त्रणमा यो अभ्यास लाभदायक सावित हुनसक्छ ।
एजेन्सीको सहयोगमा ।
Previous Articleसद्भाव, सुगमता र समृद्धि मुख्य शर्त
Next Article बागलुङमा सामुदायिक वन