Author: Amrit Baskune

प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते छिमेकी देश भारतको भ्रमणमा जाँदैछन् । भ्रमणका एजेण्डा के–के हुने भन्ने अहिलेसम्म खेलेका छैनन् । प्रचण्डको भ्रमणलाई लिएर राजनीतिक वृत्तमा टिकाटिप्पणी समेत हुन थालेको छ । प्रचण्डको आसन्न भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री प्रकाशशरण महत आज भारत जाँदै छन् । भ्रमणका विषयमा कतिपय महत्पूर्ण एजेण्डाका विष्यमा दुवै पक्षले कसरी लिने भन्ने विषयमा उनले भारतका उच्च अधिकारीसँग छलफल गर्नेछन् । यसअघि प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रुपमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भारत भ्रमणमा गएका थिए । सोही क्रममा प्रधानमन्त्री दाहलको भ्रमण मिति तय गरिएको थियो । नेपालमा सरकार परिवर्तन हुँदा भारतको भ्रमण गरी विभिन्न विषयमा सम्झौता गर्ने प्रचलन विगतदेखि नै चल्दै आएको छ । र,…

Read More

बागलुङ, २६ भदौ – ने.क.पा. (माओवादी केन्द्र) बागलुङ नगरको सम्मेलन आयोजक समितिको संयोजकमा निर्मलकुमार श्रेष्ठ चयन भएका छन् । शनिवार भएको नगर पार्टीको एकता भेलाबाट श्रेष्ठको संयाजकत्वमा १ सय २१ सदस्यीय सम्मेलन आयोजक समिति निर्माण भएको हो । भेलालाई सम्बोधन गर्दै केन्द्रका पोलिटब्युरो सदस्य चन्द्रबहादुर बुढा ‘सागर’ले एकताले नयाँ उत्साह पैदा गरेको बताए । एकतालाई रुपान्तरण हुँदै बिजयसम्म पु¥याउन पार्टी कटिबद्ध रहेको उनको भनाई छ । ‘हामी संगठन सुदृढीकरणतर्फ अग्रसर छौं, प्रमुख शक्तिको रुपमा पार्टीलाई अगाडि लानुपर्ने चूनौती हाम्रासामु छ’ सदस्य बुढाले भने । उनले जनजिविकाका मुद्दालाई केन्द्रमा राखेर देश र जनताको मुक्ती र हितमा जुट्न नेता, कार्यकर्तालाई निर्देशन समेत…

Read More

बागलुङ, २६ भदौ – खिल छैठौंं जिल्ला समिति बागलुङको २२ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार उद्घाटन गरिएको छैठौंको अधिवेशनले पुनः सागर कुवँरको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा दिलिप बुढाथोकी, सचिवमा शिललाल चालिसे, सह–सचिवमा गीता सापकोटा, कोषाध्यक्षमा राजेन्द्र कुवँर चयन भएका छन् । अधिवेशन सम्पन्न भएपछि छैठौंका केन्द्रिय कोषाध्यक्ष भिमलाल पाख्रेलले नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको नामावली घोषणा गर्दै बधाई ज्ञापन गरेका थिए । घोषणासभामा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द्र ढुँगाना, छैठांैका पुर्व जिल्ला उपाध्यक्ष हिराबहादुर पुन, शिक्षक ठगराज शर्मा र रेडियो विहानीका स्टेशन म्यानेजर प्रकाश छन्त्यालले बधाई ज्ञापन गरेका थिए । नवनिर्वाचित अध्यक्ष कुवँरले प्रतिवद्धता…

Read More

ज्यो. सूर्य पौडेल २०७३ भाद्र २६ आइतबार, दशमी ११ सेप्टेम्बर २०१६ तपाईको आज मेष– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने । वृष– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखापर्ने । मिथुन– थालेका कार्यले सफलताको मार्ग पक्रिने । कर्कट– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने । सिंह– प्रायः कार्यमा विध्नबाधा खडा हुने । कन्या– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने । तुला– आरोग्यतामा थप वृद्धि हुने । वृश्चिक– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने । धनु– स्वास्थ्यस्थिति अनुकूलन नै रहने । मकर– नसोचेको ठाउँमा धननाश हुने । कुम्भ– प्रियजनसँग रमाइलो भेटघाट हुने । मीन– सोचेजतिका कार्यमा विध्नबाधा खडा हुने ।

Read More

बागलुङ, २६ भदौ – धौलागिरी अञ्चल यातायात बस व्यवसायी समितिले आगामी असोज ७ गते देखि बागलुङदेखि भारतको राजधानी दिल्लीसम्म सिधा बस सेवा संचालन गर्ने भएको छ । समितिले पत्रकार सम्मेलन गरेर बस सेवा संचालनका लागि अन्तिम तयारी भएको जानकारी दिएको हो । भारतीय पर्यटकलाइ नेपाल भित्राउने तथा भारतमा काम गर्ने नेपालीहरुको सेवालाइ ध्यान दिएर बस सेवा शुरु गर्न लागिएको समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । मोर्डन इरा टुर्स एण्ड ट्राभल्स प्रालिको सहकार्यमा समितिले संचालन गर्ने बसले धौलागिरीका बासिन्दा सहित पोखरा, नारायणगढको बाटो संचालन हुने बताइएको छ । यो सेवाले धौलागिरीको पर्यटनको क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने समेत सरोकारवालाहरुले बताएका छन् । पत्रकार सम्मेलनमा पृथ्वी राजमार्ग…

Read More

बागलुङ, २६ भदौ – मातृभूमि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको आठौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाले आगामी वर्षको लागि कार्ययोजना निर्माण गरेको छ । शेयर सदस्य, पूँजी र लगानी वृद्धिलाई प्राथमिकतामा राखेर अघि बढ्ने सहकारीका अध्यक्ष गुणराज पौड्यालले बताए । साधारणसभाका अवसरमा सहकारीले प्रगति, आर्थिक, लेखा प्रतिवेदनहरु सार्वजनिक गरेको छ । सहकारीले यो वर्ष ८ करोड ५७ लाख १८ हजार ७ सय रुपैयाँको कारोबार गरेको जनाएको छ । यसै वर्ष २० लाख ६ हजार शेयर पूँजी वृद्धि भएको सहकारीका कोषाध्यक्ष केदारनाथ पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तै, निक्षेप संकलन १८ करोड २१ लाख ६१ हजार ५ सय ५ रुपैयाँ रहेको छ ।…

Read More

बागलुङ, २६ भदौ – नेपाल सरकारले अघिल्लो बर्षदेखि लागू गरेको भवन निर्माण संहिता पालना नहुँदा सदरमुकाम लगायतका क्षेत्रमा घर बन्ने क्रम अगाडि बढ्न सकेको छैन । गत असार १७ गते बसेको नगरपालिकाको मापदण्ड समायोजन समितिको बैठकले गरेको निर्णय समेत कार्यान्वयन हुन नसकेको हो । उक्त बैठकले शहरी विकास योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड लागू गर्ने तथा केही अप्ठ्यारा हरु फुकाउने निर्णय गरेको थियो । बैठकले गत मंसिरमा भएको विशेष नगर परिषदले पारित गरेका मापदण्डको १३ दशमलब १३ र नगरपालिका मापदण्ड १० दशमबल १३ को बुँधा क अनुसार ४ मीटरको बाटो खोल्न अनुमति दिने तर १ दशमलब ५ मीटर सेटव्याक अनिवार्य कायम…

Read More

योगेश भट्टाराई नेपालमा संघीयताको नयाँ अभ्यास गर्दै अघि बढ्ने कोसिस भइरहेको छ । संघीयताको मुद्दा राजनीतिक दलहरूबीच र पार्टीभित्र आन्तरिक रूपमा पनि लामो बहस भएको विषय होइन । ०६२/६३ को जनक्रान्ति, त्यसपछि मधेस र मुलुकका विभिन्न स्थानमा उठेको सामाजिक आन्दोलनका कारणले संघीयतामा जानुपर्छ भन्ने मनोविज्ञान तयार भएको हो । नेपालमा संघीयताको कस्तो मोडेल फिट हुन्छ भन्ने विषयमा हामीले आफ्नै विशिष्टताको खोजी गर्ने हो । यद्यपि, अफ्रिकालगायत अन्र्तर्राष्ट्रिय मुलुकमा रहेको अनुभवबाट सिक्न भने सकिन्छ । पहिलो संविधानसभामा संघीयतामा गएका धेरै मुलुकबारे छलफल भएको थियो । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुभौगोलिक, बहुधार्मिक विशेषतायुक्त मुलुक हो । यहाँ भौगोलिक हिसाबले हिमाल, पहाड र…

Read More

यम विरही काठमाडौं, २६ भदौ-कमसल धितोमा ऋण प्रवाह गरी झन्डै एक अर्ब रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित मुद्दा चलाइएका नेपाल बैंक लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशकसहितका पदाधिकारीको मुद्दा १० वर्षदेखि सर्वोच्च अदालतमा थन्किएको छ । विशेष अदालतबाट भ्रष्टाचार ठहर भएपछि २०६३ साल असोज ११ मा मुद्दाका प्रतिवादीले सर्वोच्चमा पुनरावेदन गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऋण प्रवाहमा भ्रष्टाचार भएको भन्दै बैंक पदाधिकारी र ऋणीसहित ८५ व्यक्तिविरुद्ध मुद्दा दायर गरेको थियो । यो मुद्दामा २०६३ यता पटकपटक सुनुवाइ भए पनि अझै टुंगो लागेको छैन । योसहित ७६ थान भ्रष्टाचारका मुद्दा एक दशकदेखि सर्वोच्चमा थन्किएका छन् । दस वर्षयता दर्ता भएका भ्रष्टाचारका मुद्दामात्र…

Read More