बागलुङ, २६ भदौ – खिल छैठौंं जिल्ला समिति बागलुङको २२ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
शनिबार उद्घाटन गरिएको छैठौंको अधिवेशनले पुनः सागर कुवँरको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा दिलिप बुढाथोकी, सचिवमा शिललाल चालिसे, सह–सचिवमा गीता सापकोटा, कोषाध्यक्षमा राजेन्द्र कुवँर चयन भएका छन् ।
अधिवेशन सम्पन्न भएपछि छैठौंका केन्द्रिय कोषाध्यक्ष भिमलाल पाख्रेलले नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको नामावली घोषणा गर्दै बधाई ज्ञापन गरेका थिए ।
घोषणासभामा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द्र ढुँगाना, छैठांैका पुर्व जिल्ला उपाध्यक्ष हिराबहादुर पुन, शिक्षक ठगराज शर्मा र रेडियो विहानीका स्टेशन म्यानेजर प्रकाश छन्त्यालले बधाई ज्ञापन गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष कुवँरले प्रतिवद्धता मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन छैठौंका पूर्वजिल्ला उपाध्यक्ष मनु सिंजालीले गरेका थिए ।
Previous Article२६ भदौ २०७३, राशीफल, तपाईको आज
Next Article केन्द्रको नगर संयोजकमा श्रेष्ठ