Author: Amrit Baskune

बागलुङ, ६ असोज – जिल्लाको पश्चिम देबिस्थान गाविसमा मंगलबार राती परेको बर्षासंगै जुग्जा खोलामा आएको बाढीले एक घर बगाएको छ । बाढीले देबिस्थान गाविस–२ का मुक्त सिंहको घर बगाएको हो । बाढीले घरमा रहेका अन्नबाली तथा लक्ताकपडा बगाएको इलाका प्रहरी कार्यालय झिँवाखोलाले जनाएको छ । ईप्रका झिँवाखोलाका अनुसार, जुग्जा खोलामा आएको बाढीले वडा नं. ७ जुग्जाखोलामा रहेको पक्की पुल र मोटर बाटोमा समेत क्षति पु¥याएको छ । बाढीले सोही ठाउँको विद्युत प्रशारणमा पनि अबरोध पु¥याएको छ । स्थानिय तम बहादुर कुवँरले दिएको जानकारी अनुसार, बाढीले वडा नम्बर ७ कै आसे परियारको घर बगाएको र बाहोरागाउँ छापखानी–३ मा गर्भी मगरको घरमा क्षति पु¥याएको छ । केही समय…

Read More

बागलुङ,५ असोज-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा गएर २००७ साल फर्काएर आएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आरोप लगाएका छन् । २००७ सालमा नेपालको मन्त्रीपरिषदमा भारतीय उच्च अधिकारी बस्ने परम्परा रहेकोमा प्रचण्डले यसपटक भारतीय राजदूतावासलाई सरकारकै हैसियत दिएर ‘राष्ट्रघात’ गरेको आरोप लगाए । ‘प्रचण्डले जे गर्दिन भनेका थिए, त्यही गरेर आए,’ केसीले  भने ‘नेपालको परराष्ट्र नीतिलाई भारतको पोल्टोमा हालेर भुटानीकरण गरे ।’ नेपालको संविधान भारतलाई मान्य हुनेगरी संशोधन गर्ने कुरा, नेपालको समकक्षी भारतीय दूतावासलाई बनाउने कुरा र संयुक्त राष्ट्रसंघमा भारत उमेदवार हुने र अहिले नै भोट दिने भने बचन दिने कुरा अत्यन्त आपत्तिपूर्ण भएको उनको विश्लेषण छ । ‘भुटान भारतको छायाँ…

Read More

गुमानसिँह भण्डारी गल्कोट, ५ असोज-जिल्लाको गल्कोट उपत्यकामा रहेको काँडेबास गाविसबाट बसाई सर्नेको संख्या ह्वात्तै बढेको छ । राम्रो शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका आधारभुत आवश्यकता परिपूर्ति गर्नका लागि गाउँलेहरु अन्यत्र बसाई सर्दै गएका हुन् । सुख सुविधाको लागि युवाहरु शहरबजार जान थालेपछि अहिले गाउं नै शुन्य बनेको काडेबास-५ ज्यामिरेवासी बताउछन । गाउंबाट बसाई सरेर शहर जान थालेपछि अहिले काँडेबासको वडा नम्बर ४ सिस्नेरी खाली भएको छ । त्यस्तै वडा नम्बर ५ र ६ मा २०७० सालसम्म १ सय ३० घरधुरी रहेकोमा अहिले ७०, ८० घरधुरी मात्र बस्ने गरेको स्थानिय जीवलाल गौतमले बताए । बार्षिक रुपमा २०, २२ घरपरिवार बसाई सराई गरि जान थालेपछि…

Read More

एजेन्सी, ५ असोज-अमेरिकाले आक्रमणको घोर विरोध गरेपछि पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ र पाकिस्तानी सेना प्रमुखबिच छलफल भएको छ । सूत्रका अनुसार पाकिस्तानले इस्लामाबाद एयरपोर्टबाट थुप्रै उडान रद्द गरेको छ । यसका साथै आफ्ना सेनाहरुलाई पूर्ण रुपमा तयार रहनको लागि पाकिस्तानले आदेश दिएको छ । भारतीय सेनाले जुनसुकै बेला आक्रमण गर्न सक्छ भन्दै पाकिस्तानी सेना जवाफको लागि तयार भइरहेको जानकारीमा उल्लेख छ ।  यस्तै इस्लामावादबाट देशको उत्तरी भागमा जाने सबै फ्लाइट रद्द गरिनुका साथै एयरफोर्सलाई स्ट्याण्डबाईमा राखिएको छ । त्यहाँका केही सडक पनि खाली गरिएको छ जसका कारण आपत्कालीन अवस्थामा यी सडकमा वायुसेनाको जेट अवतरन गर्ने वा उडान भर्न सक्छन् । अर्कोतर्फ…

Read More

बागलुङ,५ असोज-जिल्लाको भकुण्डेमा आर्थिक अभावले रोकिएको भ्यू टावर निर्माणको कामलाई पुनः तिव्रता दिइएको छ । भकुण्डे गाविस वडा नम्बर १ मुलाबारीको डाँडोमा निर्माण थालिएको भ्यू टावरका लागि आवश्यक रकम उपलब्ध हुन नसकेपछि बिचमा रोकिएको थियो ।धौलागिरीको नै एकमात्र होम स्टे भकुन्डेमा पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले आर्थिक वर्ष २०६७/६८ बाट भ्यू टावर निर्माण सुरु भएको थियो । यस वर्ष पर्यटन मन्त्रालयको १५ लाख रुपैयाँ उपलब्ध गराएपछि निर्माण कार्यलाई अगाडि बढाइएको निर्माण समितिका अध्यक्ष देवेन्द्र थापाले जानकारी दिए । हालसम्म भ्यू टावर निर्माणका लागि पर्यटन मन्त्रालयको ६ लाख, जिल्ला विकास समितिको ९ लाख, गाविसको एक लाख र बिभिन्न क्षेत्रबाट प्राप्त रकम गरी २० लाख रुपैयाँ…

Read More

म्याड्रिड,५ असोज-जब गत जनवरीमा जिनेदिन जिदान रियल म्याड्रिडका प्रशिक्षक नियुक्त भए, ‘स्पेनिस जाइन्ट’ क्लब अस्तव्यस्त थियो । राफा बेनिटेजको नेतृत्वमा लस ब्लांकोस चिरप्रतिद्वन्द्वी एथ्लेटिको म्याड्रिड र बार्सिलोनाभन्दा निकै पछि परिसकेको थियो । पछिल्ला ८ खेलमध्ये चारमा अंक गुमाएको थियो भने अझै उनीहरु बार्सासँग आफ्नै घरेलु मैदानमा ४–० को लज्जास्पद पराजय बेहोरेकोले स्तब्ध थिए ।अहिले ९ भन्दा महिनाभन्दा कम समयमा रियल युरोपियन च्याम्पियन मात्र बनेको छैन, ला लिगाको लगातार सबैभन्दा धेरै जीत निकाल्ने किर्तिमान तोड्ने ताकमा छ । आइतबार एस्पानियोलबिरुद्ध निकालेको २–० को जीत जिदानको टोलीको लगातार १६ औं जीत थियो । गत सिजन लगातार १२ खेलमा जित निकाल्दै रियल बार्सिलोनाभन्दा मात्र…

Read More

काठमाडौँ, ५ असोज-नेकपा एमालेको आजदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा उपमहासचिव घनश्याम भुसालले फरक दस्तावेज प्रस्तुत गर्दै छलफलमा पठाउन अध्यक्ष केपी ओलीसमक्ष आग्रह गरेका छन् । पार्टीभित्र माधव नेपाल गुटका नेता मानिने उपमहासचिव भुसालले अध्यक्ष ओलीको ३२ पृष्ठ लामो राजनीतिक दस्तावेजमाथि फरक मत राखेका हुन् । भुसालको फरक मत २६ पृष्ठ लामो छ । भुसालले आफ्नो दस्ताबेजमा ओलीको राजनीतिक विश्लेषणमाथि खासै फरक मत नजनाए पनि संगठन सञ्चालन पद्धतिमा भने व्यापक असहमति राखेका छन् । उनले एमाले पार्टी गुटबन्दीले कमजोर बनेको बताएका छन् । राष्ट्रिय, अन्तर्राष्ट्रिय सन्दर्भ र तत्कालिन राजनीतिक विषयमा ओलीसँग भुसालले विमति राखेका छैनन् । तर कतिपय सन्दर्भहरुलाई हेर्ने…

Read More

सृष्टि पौडेल काठमाडौँ, ५ असोज-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतमा गएर एमालेविरुद्ध नकारात्मक प्रचार गरेको भन्दै प्रधानमन्त्रीको चर्को आलोचना गरेका छन्। बुधबार सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकको सुरुमा बोल्दै ओलीले भने, ‘एमाले सिमलको भुवाले फुर्र उडाउने शक्ति होइन, सङ्घर्षको इतिहास बोकेको शक्ति हो । हाम्रा विरुद्धका सबै भ्रम चिर्ने अभियान लिएर जनस्तरमा जानुपर्छ ।’ ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले देशभित्रका पार्टी र अर्को छिमेकीको विरोधमा भारतमा गएर टिका टिप्पणी गरिएको भन्दै चर्को आलोचना गरे । उनले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा कुटनीतिक मर्यादा र हैसियत कमजोर भएकाले त्यसमा आफूहरुको गम्भीर असहमति रहेको उल्लेख गरे । ओलीले भने, ‘देशभित्र कुन पार्टी र नेता…

Read More

बागलुङ, ५ असोज/दशै नजिकीएपछि उपभोक्ता मंचको नेतृत्वमा ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचलाई तीव्रता दिएको छ । यातायातका साधनमा यात्रु नठगिउन भनेर नियमित चेक थालिएको मंचका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए । यातायात व्यवस्था कार्यालय धौलागिरी, उपभोक्ता मञ्च बागलुङ र ट्राफिक कार्यालय बागलुङको सयुंक्त यो अभियानमा लागेका छन् । बस, जीप तथा भ्यानको भाडादरलाइ तोकिएको रेट लिन पाउने, ट्रक लगायतले ल्याउने खाद्यबस्तुको मूल्य सूचि र गुणस्तरलाइ समेत ध्यान दिएर चेक गरिएको छ । सार्वजनिक सवारी दुर्घटना कम गर्ने अभियान पनि यो चेकमा लिइएको प्रहरीको भनाई छ । मनपरि भाडा असुल्ने, यात्रीलाइ अनावश्यक दुःख दिने, ट्राफिक नियम बिपरित सवारी चलाउनेलाई आवस्यक कारवाही समेत गरिनेछ । चेक जाँचका क्रममा सवारीले…

Read More

ज्यो. सूर्य पौडेल २०७३ असोज ५,पञ्चमी २१ सेप्टेम्बर २०१६ तपाईको आज मेष– असन्तोषरुपी अनल ज्वालामा चित्त व्याकुल । वृष– पारिवारिक साथ सहयोग तथा प्रेरणा प्राप्त । मिथुन– अनावश्यक ठाउँमा धननाश हुने । कर्कट– इष्टमित्र साथीभाइसँग रमाइलो भेटघाट । सिंह– थालेका कार्य बीचैमा अल्मलिने । कन्या– व्यापार व्यवसायमा नोक्सानी । तुला– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने । वृश्चिक– थालेका कार्य अपेक्षाकृत ढंगले अघि बढ्ने । धनु– यत्रतत्र सर्वत्र नाम चम्किने । मकर– मनमा अशान्तिले डेरा जमाउने । कुम्भ– चैते हुरी सरी मन अस्थिर हुने । मीन– मनमा प्रसन्नताको बहार छाउने ।

Read More