बागलुङ, ६ असोज – जिल्लाको पश्चिम देबिस्थान गाविसमा मंगलबार राती परेको बर्षासंगै जुग्जा खोलामा आएको बाढीले एक घर बगाएको छ । बाढीले देबिस्थान गाविस–२ का मुक्त सिंहको घर बगाएको हो ।
बाढीले घरमा रहेका अन्नबाली तथा लक्ताकपडा बगाएको इलाका प्रहरी कार्यालय झिँवाखोलाले जनाएको छ । ईप्रका झिँवाखोलाका अनुसार, जुग्जा खोलामा आएको बाढीले वडा नं. ७ जुग्जाखोलामा रहेको पक्की पुल र मोटर बाटोमा समेत क्षति पु¥याएको छ ।
बाढीले सोही ठाउँको विद्युत प्रशारणमा पनि अबरोध पु¥याएको छ । स्थानिय तम बहादुर कुवँरले दिएको जानकारी अनुसार, बाढीले वडा नम्बर ७ कै आसे परियारको घर बगाएको र बाहोरागाउँ छापखानी–३ मा गर्भी मगरको घरमा क्षति पु¥याएको छ । केही समय पहिले बाढीले देविस्थानमा १९ घर परिवार बिस्थापित भएका थिए ।
Previous Articleप्रचण्डले भारतमा गएर २००७ साल फर्काए – अध्यक्ष केसी
Next Article धौलागिरीमा धेरै अपराध पर्वतमा