बागलुङ, ५ असोज/दशै नजिकीएपछि उपभोक्ता मंचको नेतृत्वमा ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचलाई तीव्रता दिएको छ । यातायातका साधनमा यात्रु नठगिउन भनेर नियमित चेक थालिएको मंचका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए । यातायात व्यवस्था कार्यालय धौलागिरी, उपभोक्ता मञ्च बागलुङ र ट्राफिक कार्यालय बागलुङको सयुंक्त यो अभियानमा लागेका छन् । बस, जीप तथा भ्यानको भाडादरलाइ तोकिएको रेट लिन पाउने, ट्रक लगायतले ल्याउने खाद्यबस्तुको मूल्य सूचि र गुणस्तरलाइ समेत ध्यान दिएर चेक गरिएको छ । सार्वजनिक सवारी दुर्घटना कम गर्ने अभियान पनि यो चेकमा लिइएको प्रहरीको भनाई छ । मनपरि भाडा असुल्ने, यात्रीलाइ अनावश्यक दुःख दिने, ट्राफिक नियम बिपरित सवारी चलाउनेलाई आवस्यक कारवाही समेत गरिनेछ । चेक जाँचका क्रममा सवारीले ट्राफिक नियम पालना नगरेको भेटिए जरिवाना पनि गर्ने प्रावधान छ । अहिले सम्म ६७ वटा सवारी साधनलाई कारबाही गरिसकिएको बताइएको छ । उक्त कारवाहीबाट मंगलवार सम्ममा ३४ हजार रुपैयाँ राजश्व संकलन भइसकेको छ ।
Previous Article५ असोज २०७३, राशीफल, तपाईको आज
Next Article एमाले सिमलको भुवाले उडाउने शक्ति होइन- ओली