Author: Amrit Baskune

ज्यो. सूर्य पौडेल २०७३ आश्विन १० सोमबार, इन्दिरा एकादशी २६ सेप्टेम्बर २०१६ तपाईको आज मेष– मन चैते हुरी सरी अस्थिर रहने । वृष– आर्थिक लाभसँगै कार्यसिद्धिको योग । मिथुन– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने । कर्कट– नयाँ कार्यक्षेत्रको लगानीले शुभ फल दिने । सिंह– आफन्तबाटै घातप्रतिघात हुने । कन्या– शुभ समाचारको आगमनले मन प्रफुलित हुने । तुला– स्वास्थ्यस्थिति प्रायः अनुकूल नै रहने । वृश्चिक– व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने । धनु– विवादबाट टाढै रहनु श्रेयस्कर । मकर– पारिवारिक साथ सहयोग प्राप्त । कुम्भ– यत्रतत्र यश कीर्ति फैलने । मीन– मनमा अशान्तिको कालो बादल मडारिने ।

Read More

राजेशचन्द्र राजभण्डारी नेपालीमा एउटा उखान छ ‘खाउ भने दिनभरिको सिकार, नखाउ भने कान्छा बाउको अनुहार’ भनेजस्तो भएको छ बागलुङको नगर सरसफाइ अभियान यतिबेला । बागलुङ नगरपालिकालाई सुन्दर र सरसफाइयुक्त नगर बनाउने कल्पनाका साथ प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले शुरू गर्नुभएको सरसफाइ अभियान यतिबेला अलमलमा परेको छ । बागलुङ जिल्लामा सरूवा भएर आउनु भए लगत्तै शुरू गरिएको सरसफाइ अभियान हप्तामा पुगे पनि बागलुङ नगरबासीमा कुनै उत्साह छ न त कुनै चासो समेत छैन । मुख्य गरेर प्रमुख सरोकारवाला निकाय बागलुङ नगरपालिकाले आजका दिनसम्म आई पुग्दा खासै गम्भीर भएको देखिदैन । स्थानीय निकाय जनप्रतिनिधि बिहिन भएको अबस्थामा नगरपालिका कर्मचारी कै भरमा चल्नु स्वभाबिक हो । अहिले सबैभन्दा…

Read More

सरकारले उर्जा संकट अन्त्य गर्ने घोषणा गरेको लामो समय बितेपनि बोलीअनुसारको काम भने हुन सकेको छैन । उर्जा मन्त्रालयले भारतसंग विद्युत नकिन्ने होभने उर्जा संकट कम गर्न नसक्ने बताएको छ । नेपालमा ठूला विद्युत आयोजनाहरु पनि निर्माणको क्रममा छन् । तर, निर्माण कम्पनीको ढिलासुस्ती, आयोजना स्थलमा हुने मुअब्जा जस्ता अवरोधले समयमै आयोजना निर्माण हुन सकेका छैनन् । नेपाल सरकारले विद्युत आयोजना समयमै निर्माण गर्न ध्यान नदिँदा वर्षेनि विद्युतको लागि भारतको भर पर्नुपर्ने कहालीलाग्दो अवस्था छ । निर्माणाधिन विद्युत आयोजना मात्रै होइन भएका विद्युत आयोजनाहरुको पनि मर्मत सम्भार नगर्दा वर्षेनि विद्युतको समस्या नेपाली जनताले भोग्दै आएका छन् । जलस्रोतमा ब्राजिलपछि दोस्रो धनी देश नेपाल लोडसेडिङको मारबाट गुज्रिनु…

Read More

बागलुङ, १० असोज – धौलागिरी बहुमुखी क्याम्पसको समाजशाष्त्र मानवशाष्त्र विभागले मुस्ताङको पहिचान र म्याग्दी राम्चेको नागिगाउँ नामक पुस्तक प्रकाशित गरेको छ । सामाजशाष्त्रिय अध्ययन अनुसन्धान मार्फत तयार पारिएको यो पुस्तकमा दुवै जिल्लाको भौगोलिक अवस्था, समाजको बनौट, कला संस्कृति र सामाजिक रहनसहन तथा त्यसबाट सिक्नुपर्ने शिक्षाको बारेमा प्रष्ट पारिएको छ । विभागले स्नातक तहको तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीको अध्ययन भ्रमण मार्फत ल्याएको प्राथमिक तथ्यांक र यस अघिका प्रकाशित कृतिको तथ्यांक समेत राखेर पुस्तक आकार दिइएको विभागीय प्रमुख विश्वबन्धु अधिकारीले बताए । ‘सामाजिक जनजीवन, कृषि, ग्रामीण पर्यटन, त्यहाँ संचालित होमस्टे र त्यसले समाजमा ल्याएको आर्थिक सुधार बारेमा पनि प्रष्ट पार्ने प्रयास गरिएको…

Read More

बागलुङ, १० असोज – एघारौ अन्तराष्ट्रिय बहिरा दिवश आइतवार विभिन्न कार्यक्रम गरी मनाइएको छ । बागलुङ बहिरा संघ तथा धौलागिरी बहिरा आवासीय माविको संयुक्त आयोजनामा दिवश मनाइएको हो । दिवशको अवसरमा बहिराहरुले सवारी साधनको लाइसेन्स तथा अन्य सेवा सुविधामा अन्य मानिस सरह सेवा दिन माग गरेका थिए । साथै अपांग परिचयपत्र नियमित दिनुपर्ने, परिचयपत्रको आधारमा राज्यका विभिन्न निकायमा सेवा सुविधा पाउनुपर्ने धारणा पनि राखे । कार्यक्रममा निमित्त महिला विकास अधिकृत सरस्वती देवी रेग्मीले अपांगता भएकाहरुलाइ सबैले अवसर दिएमा सामान्य नागरिक जस्तै उनीहरुले सफलता पाउन सक्ने धारणा राखिन् । उनले जिल्लाका सबै सरकारी कार्यालयले पनि समान अवसर सिर्जना गर्नुपर्ने बताइन् ।…

Read More

म्याग्दी, १० असोज – जिल्ला सदरमुकाम बेनीस्थित हिलसाईड/शिक्षामार्गमा रहेको माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले अन्तर विद्यालय स्तरीय ‘माउण्ट कप’ कराँते प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयले सञ्चालन गरेको दशैँ–तिहार विशेष कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय अन्तर मावि कराँते प्रतियोगिताको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल राजु के.सी. ले जानकारी दिए । उक्त प्रतियोगितामा बेनीबजारस्थित विभिन्न ५ वटा विद्यालयका कराँते विद्यार्थीहरुको सहभागिता रहेको थियो । विभिन्न तौल समूहमा गरी जम्मा १८० जना खेलाडीले भाग लिएको माउण्ट एभरेष्ट कराँते डोजोले जनाएको छ । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय हुने खेलाडीहरुलाई प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो । प्रतियोगितामा क्षेत्रीय रेफ्रीहरु चन्द्र बुढा, चन्द्रा घले, विना घर्ती मगर, निर्मल पून, सुमन बानियाँ, सागर चोखाल…

Read More

कुश्मा, १० असोज-पर्वतको खौलालाँकुरी घर भई हाल व्यापार व्यवसायका सिलसिलामा स्याङ्जामा बस्दै आएका एक व्यक्तिले आफू जन्मेको ठाउँको विकासका लागि विभिन्न सामाजिक क्षेत्रमा करिब रु २० लाख सहयोग गरेका हुन । खौला लाँकुरी–६ का रुद्रबहादुर सुनारले गाउँको विकासका लागि रु २० लाख सहयोग प्रदान गरेका छन। स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकामा सुनचाँदी व्यवसाय सञ्चालन गर्दै आएका सुनारले गाउँमा खौलालाँकुरी–६ मा कुल मन्दिर व्यवस्थापनका लागि रु १८ लाख सहयोग गरेका छन भने स्थानीय खौलालाँकुरी माविमा रु एक लाख पाँच हजार बराबरको अक्षयकोष स्थापना गरेका छन। त्यस्तै खौला भुमेकोत मन्दिरमा समेत रु ५१ हजार सहयोग प्रदान गरेका छन। सुनारले विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये अधिकांश दलित समुदायका बालबालिका…

Read More

काठमाडौं, १० असोज – आइतबार अपरान्ह भएको जीप दुर्घटनामा वेपत्ता भएका पूर्वगृहमन्त्री तथा पूर्व मुख्यसचिव माधव प्रसाद घिमिरेसहित उनका दुई भाईको अवस्था अझैं अज्ञात रहेका छ । प्रहरीले वेपत्ताहरुको खोजीकार्य जारी रहेको तर अहिलेसम्म फेला पार्न नसकिएको बताएको छ । पृथ्वी राजमार्गको दाह्रेचोक गाविस–३ घोप्टेभिरबाट त्रिशूली नदीमा ९ च १५३१ जीप खस्दा घिमिरेसहित भाईहरु प्रकाश र मोहन वेपत्ता भएका हुन । दुर्घटनामा घिमिरेकी आमा ८० वर्षीया चैतन्यकुमारी, सुरक्षागार्ड सशस्त्र प्रहरी नायब निरीक्षक रामचन्द्र कार्की र आफन्त नारायण काफ्लेको मृत्यु भएको थियो । जीप पूर्ण रुपमा नदीमा डुबेको र नदीको बहाब पनि ठूलो भएका कारण खोजी कार्यमा कठिनाइ भएको चितवनका एसपी…

Read More

काठमाडौं, १० असोज-सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा/संघीय गठबन्धनसँगको परामर्शमा संविधान संशोधन प्रस्ताव अघि बढाउन लागेपछि सत्तारूढ कांग्रेसभित्रै विवाद चर्किएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले पार्टीमा सामान्य परामर्शसमेत नगरी सभापति शेरबहादुर देउवाले मुलुकलाई अहित हुने गरी संविधान संशोधनमा सहमति जनाएको भन्दै कडा आपत्ति जनाएका छन । पौडेल पक्षले आइतबार आफू पक्षधरको बैठक नै राखी संविधान संशोधनबारे पहिला पार्टीको आधिकारिक धारणा बनाउनुपर्ने अडान लिएको छ । पौडेल पक्षले संविधान संशोधन प्रस्तावमा पार्टीको आधिकारिक धारणा के हो भन्दै सभापति देउवासँग प्रश्नसमेत गरेको छ । पौडेल पक्षधर नेताहरूले आइतबार अनामनगरस्थित पौडेलको सम्पर्क कार्यालयमा बैठक गरी संविधान संशोधनको विषयमा असहमति जनाएका हुन् ।…

Read More