Author: Amrit Baskune

काठमाडौं,१६ असोज – भारत—पाकिस्तानबीच चुलिँदै गएको विवादमा नेपालले तटस्थता तोड्दै भारतको पक्षमा उभिएको छ। पाकिस्तानलाई एक्ल्याउने भारत सरकारको अभियानबारे आइतबार नेपालले धारणा सार्वजनिक गरेको हो। परराष्ट्र मन्त्रालयले २२ दिन अगाडि कास्मिरमा भएको आक्रमणमा भारतीय सैनिक मारिएको घटनाको पनि निन्दा गरेको छ। सो घटनामा १८ भारतीय सेनाको मृत्यु भएको थियो। अघिल्लो साता भारतीय सेनाको आक्रमणबाट दुई पाकिस्तानी सेना मारिएका थिए। सो विषयमा विज्ञप्तिमा केही पनि उल्लेख छैन। परम्परागत दुस्मन भारतले पाकिस्तानमाथि आतंकवादलाई संरक्षण दिएको आरोप लगाउँदै आएको छ। परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्ति भारतको सोही धाराणा प्रेरित भएर आएको छ। ‘क्षेत्रीय स्तरमा शान्ति र स्थिरता प्राप्त गर्नका लागि सार्कका सदस्य…

Read More

बागलुङ, १६ असोज – धौलागिरि अञ्चलमै पहिलो आदर्श सञ्चार सहकारी संस्था लि. बागलुङको दशौ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिक पत्रिका सञ्चालन गर्दै आएको संस्थाले धौलागिरि टेलिभिजन सञ्चालनमा सहकार्य गर्दै आएको छ । साधारणसभामा बोल्दै डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख बिष्णुप्रसाद शर्माले सहकारीलाई राज्य सञ्चालनको अंग भनेर मात्र नभई शैक्षिक पाठ्यक्रममा पनि सहकारी बिषयलाई समावेश गराउनुपर्ने बताए । उनले सञ्चार क्षेत्रले समाज परिवर्तन महत्वपूर्ण भूमिका खेल्ने भएकाले आदर्श सञ्चारले सामाजिक रुपान्तरणको अभियानलाई समेत निरन्तरता दिनुपर्ने बताएका थिए । कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका संस्थापक अध्यक्ष मनकुमारी केसी, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, समाजसेवी एवं लेखक देवबहादुर…

Read More

तीते करेली कृष्णराज शर्मा ‘व्यक्ति, बस्तु र परिस्थितिस यि तीन कुरालाई जस्ताको तस्तै स्वीकार गर । त्यसपछि मात्र निर्णय गर !’ यो वाक्याँश मैले बागलुङमा छ दिन सम्म चलेको योग शिविरमा भागलिंदा सुनेको हुँ । ‘आर्ट अफ लिविङ’का योग प्रशिक्षक काव्य लम्सालले भने– यी तीन कुरालाई जस्ताको तस्तै स्वीकार गर्न नसक्नु मनलाई झन् दुःख दिनु हो । उनले भनेको यो भनाई मैले जसरी बुझें, मनन् योग्य लागेर यहाँ प्रसँग जोडेको हुँ । यहाँ व्यक्ति र बस्तुलाई पर राखेर परिस्थिलाई मात्र जोड दिइएको छ । कतिपय शास्त्र ज्ञानीहरूले घटना परिघटना बाट श्रृजित परिस्थितिलाई जस्ताको तस्तै भन्नु हुन्न भन्छन् । स्वीकृत परिस्थितिलाई हु–बहु सम्प्रेषण गर्दैनन् । किनकि यो सुनेर…

Read More

दशैंको मुखमा बस व्यवसायीले विभिन्न माग राख्दै कतै बन्द त कतै चक्काजामका कार्यक्रम गरेका छन् । सबैभन्दा बढी यात्रुको चाप हुने समय चार्डपर्वमा यातायात व्यवसायीले नियमविपरितका माग राख्दै सहज यात्रालाई असहज बनाउने खेल खेलिरहेका छन् । यात्रु भारकै कारण हरेक दिन दुर्घटनाका घटना भईरहेका छन् । तर, संभव हुँदाहुँदै पनि व्यवसायीले क्षमताभन्दा यात्रु चढाउन पाउनु पर्ने माग गर्दै सार्वजनिक यातायातलाई प्रभावित बनाउने काम गरेका छन् । यातायात व्यवसायीको मौका चौका हान्ने प्रवृत्तिका कारण यात्रुले असहज यात्रा गर्न बाध्य भएका छन्भने गंभीर प्रकारका दुर्घटना समेत निम्तिएका छन् । जसको परिणाम निर्दाेष नागरिकले अनाहकमा ज्यान गुमाउन परिरहेको छ । अहिले काठमाडौंबाट बाहिरिनका लागि झण्डै ६ देखि ७ लाख…

Read More

बागलुङ, १६ असोज – प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा शनिवार घटस्थापनाको दिनदेखि हजारौं भक्तजनको भीड लागेको छ । देशभरका सिमित शक्ति पिठ मध्ये बागलुङ कालिका पश्चिमाञ्चलमा प्रसिद्ध पिठ हो । धार्मिक, सास्कृतिक र ऐतिहासिक महत्व बोकेको एउटा प्रसिद्ध शक्तिपिठ भएकोले बडा दशै र चैतेदशैमा हजारौं भक्तजनको भीड लाग्ने गर्छ । सोह्र श्राद्धका कारण सुनसान भएको कालिका मन्दिरमा शनिवार बिहा ४ बजेदेखि भक्तजनको भीड लागेको थियो । कालिका भगवती गुठीले कालिका मन्दिरलाइ रंगरोगन गरेर आर्कषण्क बनाएको थियो । गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काका अनुसार अघिल्लो बर्षको बडादशैमा ६ लाख नरिवल चढेको तथ्यांकको आधारमा कम्तिमा ५ लाख भक्तजन आएको तथ्यांक थियो । यो बर्ष त्यो संख्यामा भक्तजन…

Read More

बागलुङ, १६ असोज – विजया दशमी तथा शुभ दिपवलीको पावन अवसरमा जिल्ला खेलकुद विकास समितिले शनिबार आयोजना गरेको निजामति कर्मचारी बागलुङ र जिल्ला खेलकुद विकास समिति विचको मैत्रीपूर्ण फुटबलमा जिल्ला खेलकुद विकास समिति बागलुङ विजयी भएको छ । उक्त खेलमा जिल्ला खेलकुद विकास समिति ५–४ गोलअन्तरले नेपाल निजामती कर्मचारी संगठन बागलुङलाई पराजित गरेको हो । निकै रोमाञ्चक बनेको खेलमा दिपक थापाको गोलबाट सुरुवाती अग्रता निजामती कर्मचारीले लिए पनि अग्रतालाई जोगाउन नसक्दा खेलमा हार व्यर्होनुपरेको थियो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय सकिन केहि समय बाँकी छदा ४–४ गोलको बराबरी रहेको अवस्थामा जिल्ला खेलकुद विकास समितिका मनिष रायमाझीले हेड गोल…

Read More

ज्यो. सूर्य पौडेल २०७३ आश्विन १६ आइतबार, द्वितिया २ अक्टोबर २०१६ तपाईको आज मेष– आफन्तजनको सहयोगले काम बन्ने । वृष– घर परिवारमा नवीन रौनकता छाउने । मिथुन– मनमा अशान्तिको कालो बादल मडारिने । कर्कट– स्वजनसँगै मनमुटाव हुने । सिंह– आरोग्यतामा थप वृद्धि हुने । कन्या– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने । तुला– पारिवारिक साथ र सहयोग प्राप्त हुने । वृश्चिक– सामाजिक स्थानमा खलबल आउने । धनु– शुभ समाचार सुन्न पाइने । मकर– सोचेजतिका कार्यमा विध्नबाधा खडा हुने । कुम्भ– व्यापार व्यवसायमा नोक्सानी । मीन– अनावश्यक वादविवादमा परिने ।

Read More

बागलुङ, १५ असोज – प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिर बागलुङमा घटस्थापनाको दिन शनिवार १ लाख १२ हजार ५ सय ६३ रुपैया संकलन भएको छ । दर्शनार्थिहरुले मन्दिरमा चढाएको भेटी, सहयोग, परेवा तथा पशुुपंक्षिको मुढ बिक्रिबाट उक्त रकम संकलन भएको हो । संकलित बिवरण अनुसार भेटी ५४ हजार ८ सय, बोका बुढ १४ वटा बिक्रिबाट ९ हजार २ सय ६० रुपैयां, कुखुरा मुढ २३ वटा बिक्रिबाट १ हजार ३५ रुपैयां रहेको छ । परेवा बिक्री १ सय १२ जोडी बिक्रिबाट ४४ हजार ८ सय, सहयोग १६ जनाबाट २ हजार ६ सय ८८ रुपैयां जम्मा भएको अध्यक्ष राजु खड्काले वताए । यस…

Read More

एजेन्सी,१५ असोज – भारत र पाकिस्तानबीच विवाद चर्कदै गर्दा चीनले जलविद्युत परियोजनाका निम्ति ब्रह्मपुत्रको एक सहायक नदीको पानी रोकेको छ ।चीनले बाँध बनाएर ब्रह्मपुत्रको पानी रोकेर जलविद्युतसँगै सिंचाईमा समेत प्रयोग गर्ने बताएको छ । चीनको यो निर्णयले भारत र बंगलादेशमा पानीको हाहाकार हुने देखिएको छ । चीनबाट बग्ने ब्रह्मपुत्र नदी भारतको अरुणाञ्चल प्रदेश र असम हुँदै बंगलादेशसम्म पुग्छ । यो जलविद्युत परियोजना चीनको सबैभन्दा महंगो परियोजना हो । चीनले बाँध बनाएर ब्रह्मपुत्रको पानी रोकेर जलविद्युतसँगै सिँचाईमा समेत प्रयोग गर्ने बताएको छ । चीनको यो निर्णयले भारत र बंगलादेशमा पानीको हाहाकार हुने देखिएको हाे । चीनले यो नदी रोकेमा बंगलादेश र भारतका लाखौं…

Read More