बागलुङ, १५ असोज – प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिर बागलुङमा घटस्थापनाको दिन शनिवार १ लाख १२ हजार ५ सय ६३ रुपैया संकलन भएको छ ।
दर्शनार्थिहरुले मन्दिरमा चढाएको भेटी, सहयोग, परेवा तथा पशुुपंक्षिको मुढ बिक्रिबाट उक्त रकम संकलन भएको हो ।
संकलित बिवरण अनुसार भेटी ५४ हजार ८ सय, बोका बुढ १४ वटा बिक्रिबाट ९ हजार २ सय ६० रुपैयां, कुखुरा मुढ २३ वटा बिक्रिबाट १ हजार ३५ रुपैयां रहेको छ ।
परेवा बिक्री १ सय १२ जोडी बिक्रिबाट ४४ हजार ८ सय, सहयोग १६ जनाबाट २ हजार ६ सय ८८ रुपैयां जम्मा भएको अध्यक्ष राजु खड्काले वताए ।
यस अघि असोज महिनाको १ गते देखि १४ गतेसम्म जम्मा रु ६४ हजार ३ सय ३५ संकलन भएको थियो । यो रकमसंगै १५ गतेसम्म जम्मा रु १ लाख ७६ हजार ९ सय १८ रुपैया जम्मा भएको छ ।
दशैंको पहिलो दिन बागलुङ कालिकामा सवा लाख संकलन
Previous Articleचीनले ब्रह्मपुत्रको पानी रोक्यो, भारत र बंगलादेशमा पानीको संकट
Next Article २०७३ आश्विन १६ आइतबारको राशिफल