दशैंको मुखमा बस व्यवसायीले विभिन्न माग राख्दै कतै बन्द त कतै चक्काजामका कार्यक्रम गरेका छन् । सबैभन्दा बढी यात्रुको चाप हुने समय चार्डपर्वमा यातायात व्यवसायीले नियमविपरितका माग राख्दै सहज यात्रालाई असहज बनाउने खेल खेलिरहेका छन् । यात्रु भारकै कारण हरेक दिन दुर्घटनाका घटना भईरहेका छन् । तर, संभव हुँदाहुँदै पनि व्यवसायीले क्षमताभन्दा यात्रु चढाउन पाउनु पर्ने माग गर्दै सार्वजनिक यातायातलाई प्रभावित बनाउने काम गरेका छन् । यातायात व्यवसायीको मौका चौका हान्ने प्रवृत्तिका कारण यात्रुले असहज यात्रा गर्न बाध्य भएका छन्भने गंभीर प्रकारका दुर्घटना समेत निम्तिएका छन् । जसको परिणाम निर्दाेष नागरिकले अनाहकमा ज्यान गुमाउन परिरहेको छ ।
अहिले काठमाडौंबाट बाहिरिनका लागि झण्डै ६ देखि ७ लाख यात्रुले सवारी चढ्दा सीट नपाउने स्थिति बनेको छ । यातायात व्यवसायी समितिसंगै सवारी साधनको संख्या बढ्दै गएपनि यात्रुहरुले चार्डपर्वमा भने सहज रुपमा सवारी पाउन सकेका छैनन् । यातायातका साधनहरु पर्याप्त भएपनि चार्डपर्वमा आफुखुशी भाडा लिन पाउने हुँदा टिकट काउण्टरहरुले टिकट सकिएको बताएका छन् । दशैका लागि खुल्ला गरिएको टिकट बुकिङको अवधि नसकिदै टिकट सकिएका छन् । टिकटमा यात्रु बोक्दा अतिरिक्त भाडा असुल्न नपाउने भएपछि यातायात व्यवसायीहरुले यस्तो जुक्ति अपनाउने गर्दै आएका छन् । सरकारी निकायले बढी भाडा लिनेलाई कार्वाही गर्ने बताएपनि त्यो अहिलेसम्म व्यवहारमा आउन सकेको छैन । यातायात व्यवसायीले पैसा मात्रै कमाउने सोच राख्दा नेपालको सार्वजनिक यातायात सरकारको नियन्त्रण बाहिर गएको छ । चार्डपर्वका बेला व्यवसायीले मानवीयता पनि प्रकट गर्न जरुरी छ । सार्वजनिक यातायातले मनपरी गर्न थालेपछि सरकारले सहज यात्राको लागि पहलकदमी शुरु गर्न जरुरी छ ।
अर्काेतर्फ सार्वजनिक सवारीले सहज रुपमा सबै यात्रु बोक्न नसक्ने देखिएपछि सरकारले सरकारी सवारी साधन पनि चलाउने तयारी गरेको हो । ६ देखि ७ लाख यात्रुले दशैंमा घर जाने टिकट नपाएपछि यातायात व्यवस्था विभागले निजी विद्यालयका सवारी चलाउने सोच बनाएको छ । विद्यालयका गाडीलाई यात्रु ओसार्न दिँदा झण्डै ३ देखि ४ लाख यत्राुले सहजै काठमाडौं छोड्न सक्ने देखिएको छ । यातायात व्यवसायीले दशैंमा अधिकतम् दैनिक ५ देखि ६ हजार गाडीले काठममाडौंबाट यात्रु ओसार्न सक्ने बताएका छन् । सवारी साधन पर्याप्त भएपनि यातायात व्यवसायीको मनपरीका कारण विशेष गरेर यात्रुहरुले चार्डपर्वका अवसरमा दुःख पाउने गरेका छन् । सरकारले सार्वजनिक यातायातलाई देशभर चल्न पाउने व्यवस्था गरेपनि सिन्डीकेट रोकिन सकेको छैन । सिन्डीकेट हटाउने होभने पनि यात्रुले सहज रुपमा सवारी पाउन सक्छन् । यसतर्फ सरकारको ध्यान जान जरुरी छ । चार्डपर्वले आफन्तबीच मिलन गराउने पनि काम गर्छ । चार्डपर्वका बेला जो जहाँ भएपनि घर फर्कनको लागि यातायातलाई सहज बनाउने जिम्मेवारी सरकारको हो । अलपत्र परेकालाई यात्रुलाई गन्तव्य पु¥याउन सरकारले समयमै पहल गर्नुपर्छ । त्यत्तिकै दायित्व यातायात व्यवसायीको पनि छ ।