बागलुङ, १६ असोज – प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा शनिवार घटस्थापनाको दिनदेखि हजारौं भक्तजनको भीड लागेको छ । देशभरका सिमित शक्ति पिठ मध्ये बागलुङ कालिका पश्चिमाञ्चलमा प्रसिद्ध पिठ हो ।
धार्मिक, सास्कृतिक र ऐतिहासिक महत्व बोकेको एउटा प्रसिद्ध शक्तिपिठ भएकोले बडा दशै र चैतेदशैमा हजारौं भक्तजनको भीड लाग्ने गर्छ । सोह्र श्राद्धका कारण सुनसान भएको कालिका मन्दिरमा शनिवार बिहा ४ बजेदेखि भक्तजनको भीड लागेको थियो ।
कालिका भगवती गुठीले कालिका मन्दिरलाइ रंगरोगन गरेर आर्कषण्क बनाएको थियो । गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काका अनुसार अघिल्लो बर्षको बडादशैमा ६ लाख नरिवल चढेको तथ्यांकको आधारमा कम्तिमा ५ लाख भक्तजन आएको तथ्यांक थियो ।
यो बर्ष त्यो संख्यामा भक्तजन आउने विश्वास लिइएको छ । कालिकाको पूजा गर्न धौलागिरी सहित गण्डकी, चितवन, नवलपरासी लगायत तराइका जिल्लाबाट पनि भक्तजन आउने गर्छन् ।
मुक्तिनाथ दर्शन गर्ने पर्यटकहरु पनि कालिका भगवती मन्दिर आउन थालेका छन् । पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणी मुकुन्द सेनकी राजकुमारी विश्रवादेवी सँग विसं १५९१ मा विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालीकालाइ पनि साथैमा ल्याएकोले कालीगण्डकी नदी किनारमा रहेको जंगलमा विधिपूर्वक स्थापना गरिएको पाइन्छ ।
राजकुमारी कालीका देवीको भक्त भएकोले उनले कालिकाको प्रत्यक्ष दर्शन पनि पाउने गरेको जनश्रुति रहेको छ । कालिकालाइ माझकी काली, देवी माइस्थान लगायतका नामले चिनिदैं हालको बागलुङ कालीकाको नाममा रुपान्तरण भएको हो ।
दशैमा हजारौं भक्तजनहरुले पूजा गर्ने, पञ्चवली दिने र नाचगान गर्ने चलन छ । हाल कालिका मन्दिरलाइ आर्कषण बनाउनका लागि चाँदीको छाना छाइएको छ ।
Previous Articleमैत्रीपूर्ण फुटबलमा खेलकुद विकास समिति विजयी
Next Article सहज यात्राको व्यवस्था