राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च(मानव अधिकार एलायन्स नेपाल)को २६ औं स्थापना दिवसको अवसरमा आइतबार बेनीमा बृक्षारोपण गरिएको छ ।
मानवअधिकार एलायन्सको आयोजनामा बराहपाखो सामुदायिक वन क्षेत्रमा बृक्षारोपण गरिएको हो । नेकपा एमालेका केन्द्रीय सदस्य भूपेन्द्र थापा, जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, सचिव थमसरा पुन लगायतको उपस्थितिमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको मानवअधिकार एलायन्सको केन्द्रीय सदस्य दिलमायाँ बिटालुले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री तथा मानवअधिकार एलायन्सका पदाधिकारीहरुको बृक्षारोपण कार्यक्रममा सहभागीता रहेको थियो ।
मानवअधिकार एलायन्सको केन्द्रीय सदस्य बिटालुले स्थापनाको अवसरमा फरक सन्देश दिने खालको कार्यक्रम गर्ने उद्देश्यले बृक्षारोपण कार्यक्रम तय भएको बताउनुभयो । उहाँले भन्नुभयो–फलफुलका बिरुवाहरु रोपिएको हुँदा सबैका लागि सहज र सजिलो हुने खालको बिरुवा रोपिएको हो ।

