सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
२०८२ कार्तिक ६ गते बिहीवार, कार्तिक शुक्लपक्ष द्वितीया तिथि। विशाखा नक्षत्र। चन्द्रराशि तुला। मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई फाइदा हुनेछ। भौतिक साधन संग्रह हुनेछन्। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउन सकिनेछ। वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो मिहिनेतीहरूका लागि समय उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती…
यस वर्षको भाइटीकाको उत्तम साइत कार्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका अनुसार यस साइतमा धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्त जस्ता शुभ योग पर्ने भएकाले यो समय सबैभन्दा उपयुक्त मानिएको हो। समितिका अनुसार कार्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन कुनै बाधा नपरे पनि शुभ साइत खोज्नेका लागि उक्त समय उत्तम मानिनेछ। टीका लगाइने बेला भाइले पश्चिम फर्किनु र दिदीबहिनीले पूर्व फर्किएर टीका लगाइदिनु शुभ हुने समितिले बताएको छ। यस वर्षको यमपञ्चक कार्तिक १ गते शनिबारदेखि सुरु भएको थियो। त्यस दिनदेखि यमदीप दानको…
एक सातादेखि बेनी नगरपालिका–६, जामुनाखर्ककी ९५ वर्षिया सानिमाया खत्री मृत भेटिनुभएको छ । असोज २९ गते सम्पर्कविहीन हुनुभएकी खत्रीको शव मङ्गलबार बिहान सानीचौतारीको खोरियामा भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्यबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी तथा तालिमप्राप्त कुकुरको टोलीले मृत अवस्थामा खत्रीलाई फेला पारेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सरोज मजाकोटी र पोखराबाट तालिमप्राप्त कुकुरसहित आउनुभएका प्रहरी नायब निरीक्षक मिलन केसीको टोलीले वृद्धाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले बताउनुभयो । घटनास्थल मृतकको घरभन्दा धेरै टाढा नरहेको तथा वृद्धाले लगाएको पोसाक पनि दुरुस्त रहेकाले…
२०८२ कार्तिक ५ गते बुधवार, कार्तिक शुक्लपक्ष प्रतिपदा तिथि, १८ः२० बजेपछि द्वितीया। स्वाती नक्षत्र। चन्द्रराशि तुला। आजको दैनिक राशीफल मेष:- समय र भाग्यको खेलले गर्दा समय उत्तम रहेकोछ । आफ्नो व्यापार ब्यवसाय र कर्म क्षेत्रमा इमान्दारिताका कारण मनमा उमंग शान्ति हुनुका साथै मान सम्मान प्राप्ति हुने योग बनेको देखिन्छ । बृष:- समय आफ्नो अनुकुलमा चलेको छ । आफूले आटेतेका र सोचेका कामहरु पुरा हुने देखिन्छ । घरम लक्ष्मीजीको कृपाले धन सम्पत्ति प्राप्ती हुने योग बनेको छ । मिथुन:- मनमा सात्विक बिचारको उदयले आफू भन्दा जेष्ठ र श्रेषठ महापुरुषहरुको सत्संगत गर्ने अवसर मिल्ने छ । ज्ञान र बुद्धिको बिकास भइ आर्थिक…
चितवन राइनोजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि ३ विदेशी खेलाडी भित्राएको छ । राइनोजले इंग्ल्यान्डका डाविड मलानसहित रवि बोपारा र सोहेल तनभिरलाई भित्राएको हो । रवि र सोहेलले पहिलो संस्करणको एनपिएल खेलेका थिए । उनीहरुलाई चितवनले रिटेन गरेको हो । मलानलाई नयाँ खेलाडीको रुपमा भित्राएको हो । ३८ वर्षीय बाँयाहाते ब्याटर मलानले इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट ६२ टी(२०आई खेल खेलेका छन् । उक्त खेलमा उनले १८९२ रन बनाएका छन् ।
डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले मंगलबार बिहानदेखि शिवम सिमेन्ट र घोरोही सिमेन्टसहित ६ उद्योगको लाइन काटेको छ। प्राधिकरणले शिवम सिमेन्ट, घोराही सिमेन्ट, जगदम्बा स्टिल, रिलायन्स स्पेनिङ मिल्स, त्रिवेणी स्पेनिङ मिल्स र अर्घाखाची सिमेन्टको लाइन काटेको हो । यी उद्योगको विद्युत महसुल बक्यौता अत्याधिक रहेको बताइएको छ। प्राधिकरणले बक्यौता रकम तिर्न कात्तिक २ गतेसम्मको समय दिएको थियो । प्राधिकरणको ताकेतापछि १२ वटा उद्योगले बक्यौता रकम तिरेका छन्। बक्यौता रकम तिर्नेबित्तिकै लाइन जोडिने प्राधिकरणले जनाएको छ।
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ कार्तिक महिनाको ०४ गते मंगलबार तदनुसार इस्वी सम्बत २१ अक्टोबर २०२५ । दक्षिणायन शरद ऋतु कार्तीक कृष्णपक्ष औशी तिथि चित्रा नक्षत्र । वव करण ध्वाक्ष योग परेको छ । सूर्यनारायण दक्षिणायन हुँदै कन्या राशीमा हुनुहुन्छ । चन्द्रमा सिंह राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:०८ सूर्यस्त बेलुका १७:२७ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- समय र भाग्यको खेलले गर्दा समय उत्तम रहेकोछ । आफ्नो व्यापार ब्यवसाय र कर्म क्षेत्रमा…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ कार्तिक महिनाको ०३ गते सोमबार तदनुसार इस्वी सम्बत २० अक्टोबर २०२५ (कुकुर तिहार। नरक चतुर्दशी। बिहान झिसमिसेमा तेल लगाएर नुहाउने। लक्ष्मीपूजा। दीप मालिका।)। दक्षिणायन शरद ऋतु कार्तीक कृष्णपक्ष चतुर्दशी तिथि १४:५९ उप्रान्त औंशी हस्त नक्षत्र । शकुनि, १४:५९ बजेपछि चतुष्पद, ०३:४१ बजेउप्रान्त नाग करण बज्र योग परेको छ । सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा तुला राशीमा हुनुहुन्छ । देवगुरु राशीमा भ्रमण गरिरहनु भएको छ । सुर्योदय बिहान ६:०७ सूर्यस्त बेलुका १७:२८ बजे हुनेछन् ।…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ कार्तिक महिनाको ०२ गते आइतबार तदनुसार इस्वी सम्बत १९ अक्टोबर २०२५ । कार्तीक कृष्णपक्ष त्रयोदशी तिथि १३:५७ उप्रान्त चतुर्दशी तिथि उतरफाल्गुणी नक्षत्र । वव करण मित्र योग परेको छ । सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा तुला राशीमा हुनुहुन्छ । देवगुरु सिंह राशीमा भ्रमण गरिरहनु भएको छ । सुर्योदय बिहान ६:०७ सूर्यस्त बेलुका १७:२९ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार आजको दिन उत्तम रहेको…
काठमाडौँ ।आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनबाट सुरु हुने पाँच दिने तिहार पर्व आज काग तिहारसहित सुरु भएको हो। बिहान सूर्योदयको समयमा त्रयोदशी तिथि परेकोले आज आइतबार शास्त्रसम्मत रूपमा काग तिहार पर्व मनाइँदै छ। वैदिक सनातन हिन्दु धर्म अनुसार कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गरिन्छ। नेपाली समाजमा अझै पनि काग करायो भने पाहुना आउँछ भन्ने जनविश्वास रहेको छ। यस दिन बिहानै कागलाई आदरपूर्वक पूजा गरेर दही भात लगायतका मिठा परिकार अर्पण गर्ने चलन छ। ‘काकेन दधि भक्षितम्’ कागलाई दही भात खुवाएमा उसले यमराज समक्ष राम्रो सन्देश पुर्याउँछ भन्ने धार्मिक विश्वास…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका