अमृत बास्कुने म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा चार वटा विद्यार्थी संगठन निर्वाचन प्रकृयामा होमीएका छन् । मंगलबार क्याम्पसले सार्वजनिक गरेको उम्मेदवारीको सुचि अनुसार नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र अखिल नेपाल विद्यार्थी युनियन(समाजवादी)ले उम्मेदवारी दर्ता गरेका छन् । म्याग्दी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समिति संयोजक पशुपतिनाथ ढकालका अनुसार स्ववियु निर्वाचनको प्रत्यक्ष तर्फ नेपाल विद्यार्थी संघबाट सभापतिमा संगम चोखाल, सचिव प्रतिभा बानियाँ, कोषाध्यक्षमा यशु खत्री, तथा सदस्यहरुमा विशाल बिक, छिमा पुन, ढकबहादुर भण्डारी, सम्पूर्ण जिसी र अनुपम श्रेष्ठ रहेको टिमले उम्मेदवारी दर्ता गराएको छ…
Author: Amrit Baskune
पश्चिम म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो नबौँ स्थापना दिवस मनाएको छ । मंगलवार गाउँपालिकाले विविध कार्यक्रमका साथ विशेष समारोहको आयोजना गरेर गाउँपालिका रहेर विभिन्न क्षेत्रमा योगदान दिएका कयौं व्यक्तिहरुलाई सम्मान गरी मनाएको हो । गाउँपालिकाको स्थापना दिवसको अवसरमा स्थानीयले विविध साँस्कृतिक प्रस्तुती दिनुका साथै स्थानीय धर्मसंस्कृति तथा पुख्र्यौली संस्कारको समेत प्रदर्शनी गरिएको थियो । मालिका गाउँपालिकाको स्थापना दिवसको अवसरमा मंगलबार एक दिनका लागि गाउँपालिका क्षेत्र भित्र सार्वजनिक विदा समेत दिईएको थियो । गाउँपालिका क्षेत्रमा सार्वजनिक विदा दिएर गाउँपालिकाको केन्द्र दरबाङमा आयोजना गरिएको कार्यक्रमपूर्व बजारमा झाँकी सहितको प्रभातफेरी तथा ¥याली र मूल समारोह आयोजना गरिएको थियो । गाउँपालिकाले फरक प्रकारको कार्यक्रम आयोजना…
मुस्ताङको घाँसा देखि कागबेनी सम्मको क्षेत्र अर्थात् थाकखोला हुँदै नेपाल भर वसाइ सराइ गरेका थकालीहरुको मुख्य पर्व होली अर्थात् तोरन्ल बुधबार देखि बेनीमा शुरु भएको छ । थाकखोलाबाट बसाइ सराइ गर्दै देशका विभिन्न जिल्लामा पुगेका थकालीहरुले आजैका दिन देखि तीन दिन सम्म तोरन्ल मनाउने थकाली सेवा समाजका अध्यक्ष जगतनारायण गौचनले बताउनुभयो । म्याग्दी जिल्लालाई थकाली समुदायको बसोबासका आधारमा तीन क्षेत्रमा विभाजन गरीएको र आज बेनी क्षेत्रका थकालीहरुले बेनीमा पर्वको औपचारीक शुरुआत गरेका हुन् । म्याग्दीमा बसोबास गर्दै आइरहेका थकाली समुदायले पश्चिम म्याग्दीको क्षेत्रलाई दरवाङ क्षेत्र, सदरमुकाम बेनी र आसपासका क्षेत्रलाई बेनी क्षेत्र र उत्तरी म्याग्दीको दाना केन्द्र मानेर त्यसको आसपासको…
फागुन २७ गते । म्याग्दीको मंगला गाउँपालिका २ लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एमाले निकट विद्यार्थी अनेरास्ववियुको प्यानल निर्वाचित भएको छ । मंगलबार मनोनयन दर्ताको निर्धारीत समय सम्म अन्य कुनै संगठनबाट उम्मेदवारी नपरेपछि अनेरास्ववियुको प्यानल निर्वाचित भएको हो । स्ववियु निर्वाचनमा प्रत्यक्ष तर्फ सभापतिमा एल्डिस पुन, सचिव विन्दा रोका, कोषाध्यक्षमा मञ्जिना बुढाथोकी, सदस्यमा सजिना किसान, रामकुमारी थापा, सलोन पुन निर्वाचित भएका हुन । प्रत्यक्ष तर्फको निर्वाचितको नामावलि मंगला शिक्षा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिले सार्वजनिक गरेको छ । अन्तिम नामावलीमा छ सदस्यीय स्ववियु घोषणा गरको क्याम्पसले समानुपातिकबाट उपसभापति, उपसचिव र तीन जना सदस्यहरुको नाम भने…
आलुको पकेट क्षेत्र घोषणा गरिएको पात्लेखेतलाई कुनै पनि प्रकारको सेवा सुविधा नमिलेको स्थानीयले आरोप लगाएका छन् । बेनी नगरपालिकाले आयोजना वडा नम्वर १० पात्लेखेत वडा कार्यालयमा आयोजित आर्थिक वर्ष २०८१÷८२ को दोस्रो चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाईमा सहभागीले उक्त आरोप लगाएका हुन् । सार्वजनिक सुनुवाइमा आफ्नो बिचार राख्ने सर्वसाधारणले आलुको पकेटक्षेत्र घोषणा गरेको भए पनि पकेट क्षेत्रले पाउनु पर्ने सुविधाबाट आफूहरु बञ्चित रहेको बताइका थिए । सार्वजनिक सुनुवाइमा सडक लगायतका पूर्वाधार निर्माणमा गुणस्तर नभएको, निर्माणको चरणमा रहेको बेनी पात्लेखेत सडकमा निर्माण व्यवसायीले सजिलो ठाउँमा काम गरेको, वास्तविक किसानले अनुदान पाउन नसकेको लगायतका प्रश्न राखेका थिए । वडा कार्यालयमा वडा सचिव…
साहित्यिक पत्रकार संघले उपन्यासकार उषा केसीको ‘हिउँफूल’ उपन्यासको लोकार्पण डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा गरेको छ । लोकार्पण प्राडा दयाराम श्रेष्ठ सहित कवि कलाकार नरेन्द्रबहादुर श्रेष्ठ, उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती, शब्दपथका प्रधान सम्पादक किशोर पहाडी, समालोचक प्रमोद प्रधान, प्राडा गोविन्दमानसिंह कार्की, साझा प्रकाशनका अध्यक्ष शेखर गिरी लगायतले गरेका थिए । संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल साहित्यमा स्थापितदेखि नवोदित स्रष्टाको बाक्लो उपस्थिति रहेको थियो । लेकालीले उपन्यासकार केसी र संघको परिचय सहित स्वागत गरेका थिए । प्रमुख अतिथि साहित्यकार प्राडा दयाराम श्रेष्ठ रहनु भएको कार्यक्रममा प्रमुख वक्ता समालोचकद्वय प्रमोद प्रधान र गीता त्रिपाठीले समालोचनात्मक टिप्पणी राखेका…
सुनदेवी रसाइली त्रिभुवन विश्वविद्यालय अन्तरगतका क्याम्पसमा हुने निर्वाचनका लालि तातिएको विद्यार्थी संगठनहरु मध्ये नेकपा एमाले निकट विद्यार्थी संगडन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले मुस्ताङबाट खाता खोलेको छ । हिमालपारीको जिल्ला मुस्ताङकोे जोमसोममा रहेको तेज निरला जनहित बहुमुखी क्याम्पस निर्वाचन समितिले निर्विरोध निर्वाचित भएको सुचना प्रकाशन गरे सँगै अनेरास्ववियुको खाता खुल्दै निर्वाचन माहौल पनि अगाडी बढेको हो । तेज निरला जनहित बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को सभापतिमा अनेरास्ववियुका अञ्जु परियार निर्विरोध निर्वाचित हुनुभएको हो । क्याम्पसको स्ववियुको सहसचिवमा धिरज परियार, सदस्यमा अशोक भण्डारी र कमल गुरुङ अनेरास्ववियुबाटै निर्वाचित हुनुभएको छ । त्यस्तै नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघबाट…
म्याग्दी– मंगला गाउँपालिका म्याग्दीको आयोजनामा शनिवार बाबियाचौरमा महिलाहरुलाई लक्षित गरी उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ । ‘सबै महिला तथा बालबालिकाको लागि अधिकार, समानता तथा सशक्तिकरण’ भन्ने मूल नारासहित ११५औं अन्तर्राष्ट्रिय महिला दिवस–२०८१ को अवसरमा तालिम सञ्चालन गरिएको हो । ग्रामीण भेगका महिलाहरुलाई उद्घोषण तालिम सिकाएर बोल्ने कला र क्षमताको विकास गराउने उद्देश्यले एकदिने उद्घोषणकला तालिमको आयोजना गरिएको मंगला गाउँपालिकाले जनाएको छ । तालिममा उद्घोषण, उद्घोषण गर्ने कला, उद्घोषणको परिचय, उद्घोषकले ध्यान दिनुपर्ने विषयवस्तु, उद्घोषकले गर्न नहुने कुराहरु, भाषणकला, औपचारिक कार्यक्रम सञ्चालन गर्ने तरिका, सम्बोधनलगायत विषयहरुमा सहजीकरण गरिएको थियो । तालिमको प्रशिक्षक तथा पत्रकारद्वय कृष्णबहादुर जिसी र प्रताप बानियाँले उद्घोषण…
कार्यसम्पादन तथा मुल्याङ्कनको आधारमा म्याग्दीको बेनी नगरपालिका गण्डकी प्रदेशमै पहिलो स्थान हासिल गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले फागुन २५ गते आइतबार सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनको अन्तिम नतिजामा बेनी नगरपालिकाले गण्डकी प्रदेशमा पहिलो तथा देशैभरमा द्वितीय स्थान हासिल गरेको हो । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले दिनुभएको जानकारी अनुसार राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन अनुसार बेनी नगरपालिकाले ८१ दशमलव १७ अङ्क पाएको छ भने प्रथम हुने डडेलधुरा जिल्लाको अमरगढी नगरपालिकाले ८१ दशमलव ६६ अङ्क पाएको छ । हिमाली जिल्ला म्याग्दीमा पाँच वटा गाउँपालिका र एउटा नगरपालिका गरी छ वटा स्थानीयतह रहेका छन्…
हुन त पछिल्लो समय प्रविधिको उच्चतम प्रयोग संगै चिठीपत्र पठाउने प्रचलन धेरै धेरै कम भएको छ । तर पनि सरकारी कामकाज, अदालती प्रक्रिया लगायत बैक तथा वित्तीय संस्थाका गतिविधिमा हुलाकको प्रयोग अनिवार्य जस्तै छ । हुलाकको सेवा खुम्चिएर कम हुदै गए पनि आएका चिठी पत्र सम्बन्धित व्यक्तिको घरमा पु¥याउन कठिन हुने गरेको हुलाकमा काम गर्ने कर्मचारीहरुको गुनासो छ । साविकको गाविसमा ९ वडा वडा थिए, चिठी कसको हो छुट्ट्याउन सहिजो थियो, अहिले सिंगो गाविस एउटै वडा भएका कारण चिठी पु¥याउन गारो भएको छ, बेनी नगरपालिका–५ पुलाचौर अतिरिक्त हुलाकमा कार्यरत डाँक बाहक जुना बानियाँले भन्नुभयो, ठुलो वडा हुन्छ, एउटै नाम भएका…