अमृत बास्कुने
म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा चार वटा विद्यार्थी संगठन निर्वाचन प्रकृयामा होमीएका छन् । मंगलबार क्याम्पसले सार्वजनिक गरेको उम्मेदवारीको सुचि अनुसार नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र अखिल नेपाल विद्यार्थी युनियन(समाजवादी)ले उम्मेदवारी दर्ता गरेका छन् ।
म्याग्दी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समिति संयोजक पशुपतिनाथ ढकालका अनुसार स्ववियु निर्वाचनको प्रत्यक्ष तर्फ नेपाल विद्यार्थी संघबाट सभापतिमा संगम चोखाल, सचिव प्रतिभा बानियाँ, कोषाध्यक्षमा यशु खत्री, तथा सदस्यहरुमा विशाल बिक, छिमा पुन, ढकबहादुर भण्डारी, सम्पूर्ण जिसी र अनुपम श्रेष्ठ रहेको टिमले उम्मेदवारी दर्ता गराएको छ । त्यस्तै अखिल क्रान्तिकारीबाट सन्दीप खत्रीको नेतृत्वमा सचिव कृष्ण सापकोटा र कोषाध्यक्षमा सुप्रेना किसान तथा सदस्यहरुमा रेशम केसी, विनिता बुढा, सुवास कटुवाल, विलोम मल्ल र गणेश खड्का रहेको ८ सदस्यीय टिम रहेको छ । त्यस्तै अनेरास्ववियुका तर्फबाट सभापतिमा दिनेश खत्री, सविच मन्जुर कटुवाल क्षेत्री, कोषाध्यक्षमा अस्मिता भण्डारी र सदस्यहरुमा किशोर खड्का, अविजित शाही, संगम तिलिजा पुन, अस्मी परियार, एलिसा गर्बुजा उम्मेदवार रहनुभएको छ । त्यसैगरी अखिल नेपाल विद्यार्थी युनियन समाजवादीबाट सभापतिमा मनिषा दर्जी मात्रै उम्मेदवार रहनुभएको छ । तीन वटा संगठनले आठ जनाका दरले उम्मेदवारी दर्ता गराएको भए पनि समाजवादीले भने एक जना मात्रै उम्मेदवारको दर्ता गरेको निर्वाचन समिति संयोजक ढकालले जानकारी दिनुभयो ।
त्यस्तै समानुपातिक तर्फ नेबिसंघका तर्फबाट रेजिता भण्डारी, अजय मल्ल, रुपा सापकोटा, पूर्णिमा कार्की, लिलाबहादुर खत्री, कुशल बानियाँ, सुमना बि.क रहनुभएको छ । अखिल क्रान्तिकारीबाट शिवराम गौतम, सृष्टि खत्री, आज्ञा पौडेल, अनिता बर्देवा, सुविना कार्की, सृष्टि खत्री र सिम्रन पौडेल रहनुभएको छ । अनेरास्ववियुबाट सफल खत्री, एलिसा बरुवाल, सफल खत्री, विजन खत्री, सिुस्मिता शर्मा, मनिषा हमाल र स्नेहा रामदाम रहनुभएको छ । अखिल नेपाल विद्यार्थी युनियन समाजबादीबाट झर्ना परियारले समानुपातिकमा उम्मेदवारी दर्ता गराउनु भएको छ । म्याग्दी क्याम्पसको निर्वाचन कार्यक्रम अनुसार आगामी चैत ५ गते स्ववियु निर्वाचनका लागि मतदान हुनेछ ।
स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन–२०८१ को पूर्व प्रकाशित निर्वाचन तालिका बमोजिम प्रत्यक्ष र समानुपातिकमाा मनोनयन दर्ता भएकोमा निर्वाचन प्रयोजनका लागि उम्मेदवारको नमावली प्रकाशन गरिएको निर्वाचन समिति संयोजक ढकालले जानकारी दिनुभयो ।