फागुन २७ गते । म्याग्दीको मंगला गाउँपालिका २ लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एमाले निकट विद्यार्थी अनेरास्ववियुको प्यानल निर्वाचित भएको छ ।
मंगलबार मनोनयन दर्ताको निर्धारीत समय सम्म अन्य कुनै संगठनबाट उम्मेदवारी नपरेपछि अनेरास्ववियुको प्यानल निर्वाचित भएको हो । स्ववियु निर्वाचनमा प्रत्यक्ष तर्फ सभापतिमा एल्डिस पुन, सचिव विन्दा रोका, कोषाध्यक्षमा मञ्जिना बुढाथोकी, सदस्यमा सजिना किसान, रामकुमारी थापा, सलोन पुन निर्वाचित भएका हुन । प्रत्यक्ष तर्फको निर्वाचितको नामावलि मंगला शिक्षा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिले सार्वजनिक गरेको छ । अन्तिम नामावलीमा छ सदस्यीय स्ववियु घोषणा गरको क्याम्पसले समानुपातिकबाट उपसभापति, उपसचिव र तीन जना सदस्यहरुको नाम भने सार्वजनिक गरेको छैन । समानुपातिक तर्फ पनि अखिलकै प्यानल रहेको निर्वाचन समितिले जनाएको छ ।
शिक्षा क्याम्पसका प्रमुख पितमबहादुर खत्रीका अनुसार अन्तिम समय सम्म एउटा मात्रै संगठनको उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित गरिएको हो ।
मंगला शिक्षा क्याम्पस स्ववियुमा अखिल प्यानल निर्विरोध
Previous Article‘आलु पकेटक्षेत्र घोषणा गरे पनि सुविधा भएन’
Next Article थकाली समुदायले मनाउने होली अर्थात् तोरन्ल पर्व शुरु