काठमाडौं, २२ भदौ – सीमा निर्धारण आयोगले गरिरहेको स्थानीय निकाय पुनःसंरचनाको कामलाई निरन्तरता दिन प्रमुख तीन दल सहमत भएका छन्। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संसोधन नभएसम्म स्थानीय निकाय पुनःसंरचनाको काम रोक्न माग गरिरहेको बेला बुधबार साँझ बसेको सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्ष नेकपा एमालेका शीर्ष नेता आयोगको कामलाई निरन्तरता दिन सहमत भएका हुन्। प्रधानमन्त्री दाहालले बोलाएको तीन दलको बैठकमा सहभागी नेताहरूका अनुसार आउँदो चैतसम्म स्थानीय निकायको जरुरी रहेकाले आयोगको कामलाई रोक्नु हुँदैन भन्नेमा सबै सहमत भएका छन्। बैठकमा सहभागी कांग्रेस नेता पूर्णबहादुर खड्काका अनुसार हरेक जिल्लाका स्थानीय विकास अधिकारीको नेतृत्वमा रहेको प्राविधिक समितिको…
Author: Amrit Baskune
बागलुङ भने खाद्य सुरक्षित जिल्ला बागलुङ, २२ भदौ – गत आर्थिक बर्ष नेपालले २५ अर्व रुपैयाँको चामल भारत बाट आयात गरेको छ । बीरगञ्ज र भैरहवा भन्सारबाट दैनिक आउने ट्रकमा चामल, दाल, गेडागुडी, आलु प्याज, तोरी, खुर्सानी, कागतीजस्ता दैनिक उपभोग्य सामाग्री आउने गरेको हो । दैनिक नेपालले अर्वौ रुपैयाँको खाद्यपदार्थ आयात गर्छ जुन नेपालीले आफ्नै बारीमा फलाएर खान पु¥याउन सक्नुपथ्र्यो । फलस्वरुप नेपालको व्यपार घाटा ७ खर्ब रुपैयाँ पुगेको नेपाल राष्ट्रबैकले सार्वजनिक गरेको छ । केही बर्ष अघि सम्म नाफामा रहेको मुलुक सँग पनि नेपालले व्यपार घाटा व्यहोर्न थालेको राष्ट्रबैंकको तथ्यांकले देखाउँछ । नेपालमै उत्पादन हुन सक्ने आलुको आयात समेत…
बागलुङ, २२ भदौ – जिल्लाको पश्चिमी गाबिस ग्वालीचौर वडा नम्बर ८ मा बिगत ५ महिनादेखी अबरुद्ध बिद्युत युवाहरुले संचालनमा ल्याएका छन् । थानापति समाज कल्याण संस्थामा आबद्ध युवाहरुको सक्रियतामा गाँउमा विद्युत सुचारु भएको हो । पाँच महिनाअघि चट्याङले बिद्युतको ट्रान्सफर्मरमा क्षति पु¥याएपछि बिद्युत लामो समय अबरुद्ध भएको थियो । गाँउका बुद्धिजिवी तथा समाजसेवीले बिद्युत सञ्चालन गर्न कुनै चासो नदेखाएपछि युवाहरु जुटेका हुन् । संस्थाका सचिब चिरञ्जिवी घिमिरेका अनुसार, बिद्युत अबरुद्ध भएको पाँच महिनासम्म जतिसुकै दबाव दिँदापनि बिद्युत सञ्चालन समितिले कुनै चासो नदिएपछि युवाहरु जुटेका हुन् । युवाहरुले बिद्युत सञ्चालन गर्नको लागि करिब ३ घण्टाको उकालो बाटोमा बिद्युतका समाग्रीहरु आफैले बोकेर पु¥याएका थिए । गाँउमा सञ्चालित मोटरबाटो…
बागलुङ, २२ भदौ – स्थानीय निकाय पुनसंरचना समितिको निर्णयमा असहमति जनाउँदै बागलुङका केही गाउँवासीले जिविसमा ज्ञापनपत्र बुझाएका छन् । सरकारले स्थानीय विकास अधिकारीलाइ समितिको अध्यक्ष तोकेको छ । पुर्नसंरचनाको प्रारम्भिक खाकामा असहमत जनाउदै जिल्लाका, रायडाँडा, पैयुथन्थाप,राङखानी, र सुखौराका स्थानीयले जिविस बागलुङमा ज्ञापन पत्र बुझाएका हुन् । पैयुथन्थाप र राङखानी गाविसलाई कुस्मिसेराको जैमिनीघाट गाउँपालिकामा राख्न माग गर्दा पनि नसुनेपछि ज्ञापन लिएइर आएको टोलीका सदस्यले बताए । प्राविधिक टोलिले स्थानीयको मागलाई सम्बोधन गर्न नसकेको उनीहरुले आरोप लगाए । मंगलवार उनीहरुले निमित्त स्थानीय विकास अधिकारी ईश्वरलाल शाक्यलाई ज्ञापन बुझाएका हु । माग पुरा नभए आन्दोलनमा उत्रने उनीहरुले चेतावनीदिएका छन् । नेविसंघका सह महामन्त्री हरिहर शर्माको नेतृत्वमा उनीहरु गएका थिए ।
राम शर्मा तत्कालिन प्रधानमन्त्रि केपी ओली र अहिलेका प्रधानमन्त्री प्रचण्ड, बर्तमान प्रधानमन्त्री प्रचण्ड र काँग्रेसका सभापति शेरबहादुर देउवा बीच माओवादीलाई सरकारमा ल्याउन र सरकार प्रमुख बनाउन दुईवटा समहती भए । ति दुवै सहमती विगतको द्वन्द्वका आरोपीलाई उन्मुक्ति दिने गरी आयोगलाई कमजोर बनाउने विषयमा नै थिए । माओवादी केन्द्रले विगत द्वन्द्वको विरासतबाट उन्मुक्ति पाउनको लागी ब्यवस्थापिका संसदको अवधी रहेसम्म आफुलाई त्रुपमा उभ्भाउने विषयमा सन्देह रहेन । लोकतान्त्रिक शक्ति काँग्रेस र एमालेको कहलले प्रजातान्त्रिक मुल्य, मान्यता र पद्वतीको कसी मापन माओवादी केन्द्रको चाहना बमोजिम हुनु भनेको शुभ संकेत होईन । हामी संघीय गणतान्त्रीक मुलुकका नागरिक हौं । लोकतन्त्र, विधिको शासन, मानवअधिकार, जबाफदेहीताप्रति सरकार र दलहरुको पुर्वाग्राहीबाट हामी…
तिज पर्वसंगै नेपालमा ठूला चार्डपर्वको रौनक शुरु हुन थालिसको छ । नेपालीका ठूला चाडपर्व वडा दर्श र शुभ दिपावली दैलोमा आई पुगीसकेका छन् । चार्डपर्वमा मिठो–मिठो खाने र राम्रा राम्रा लुगा लगाउने गरिन्छ । पाहुनाहरुलाई बोलाएर खुवाउने प्रचलन नेपाली चार्डपर्वका विशेषता नै हुन् । त्यसैले बजारमा खाद्यन्न पसल र फेन्सी पसलहरुमा अहिलेदेखि नै ग्राहकको भीड लाग्न थालेको छ । सबैभन्दा बढी किनबेच ठूला चार्डपर्वमा हुने हुँदा उपभोक्ताहरु ठगिन पनि सक्छन् । खाद्यन्नको बजार मुल्य र लत्ताकपडाको चलनचल्तीको मूल्यबारे उपभोक्ताले खासै चासो राख्दैनन । त्यसैले व्यापारीहरुले भनेकै मूल्यमा उपभोक्ताहरुले खरिद गरिरहेका हुन्छन् । खाद्यन्न मूल्यको बजार भाउ कायम गरिएको हुन्छ । तर, तिनै खाद्यन्नहरुको पसलैपिच्छे फरक हुने गर्दछ । खाद्यन्न मुल्य…
विश्वमा बुढापाकाहरुको जनसंख्यामा बढोत्तरी भैरहेको चिन्ताका बीच एक अध्ययनले यस्तो तथ्य पत्ता लगाएको छ जस अनुसार, मानिसहरुमा हार्टफेल अर्थात् मुटुको गति बन्द हुने रोग तिव्र गतिमा बढ्दैछ । जसअनुसार, सन् २०६० सम्ममा ६० वर्षभन्दा माथिका वृद्धहरुमा हार्टफेलको घटना तिन गुणाले बढ्ने अध्ययनले देखाएको छ । आइसल्याण्डको ल्याण्डपिताली विश्वविद्यालयका मुटु रोग विशेषज्ञ रगनर डेनिल्सनका अनुसार विश्वमा मानिसहरुको उमेर बढेसँगै मुटु सम्बन्धी रोगका घटना बढ्नु सामान्य कुरा हो । उच्च रक्तचाप, रक्तधमनीमा संकुचन, मोटोपना तथा मधुमेह जस्ता कारणले विभिन्न खाले मुटुरोग तथा हार्टफेलको घटनामा बढोत्तरी गराउँदछ । युरोपियन सोसाइटी अफ कार्डियोलोजी जर्नलमा प्रकाशित अध्ययन रिपोर्ट अनुसार, शोधकर्ताहरुले ५ हजार ७०६ जना ६६ देखि ९८ वर्षसम्मका वृद्धवृद्धाहरुमा…
बागलुङ, २२ भदौ – नेपाल निजामती कर्मचारी दिवशको अवसरमा बागलुङमा भएको मैत्रीपूर्ण फूटवल खेलमा सिडिओ ११ लाई कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन ११ले जीत हात पारेको छ । मंगलवार भएको खेलमा युनियनले २ का विरुद्ध ३ गोलले सिडिओ ११ लाइ पराजित गरेको हो । बाङेचौर स्थित मैदानमा भएको खेलको शुरुमै युनियनका तर्फबाट काशीराम शर्माले गोल गरेका थिए । पहिलो हापको अन्तिम चरणमा इन्जिनियर शंकर बुढाथोकीले गोल गरेपछि युनियनको अग्रता दोब्बर पारेका थिए । दोश्रो हाफको शुरुमै युनियनकै गोल किपर नविन चौलागाइले आत्मघाती गोल गरेपछि सिडिओ ११ लाइ हौसला थपेको थियो । उक्त गोलको सहायताले खेललाइ बराबरी बनाउने कसरतमा लागेको सिडिओ ११ लाइ युनियनले जितेरै छाड्यो । खेलको…
बागलुङ, २२ भदौ – जिल्लाको रिघा गाविसका टेकबहादुर पुन ब्यवसायिक मौरीपालनतर्फ लागेका छन् । १७ बर्ष साउदी अरबमा दुःख भोगेका पुनले गाउँमै केही गनुपर्छ भन्ने उदेश्यले मौरीपालनतर्फ लागेको बताए । थोरै मौरी पाल्र्दै आएका पुनले २०६९ सालदेखि भने ब्यवसायिक रुपमा अगाडि बढाएका हुन् । गत बर्षको चैत र अहिलेको बैशाखमा मौरीमा रोग देखिएपछि ७ घारका मौरी मरेको पुनको भनाई छ । २०७२ सालमा २६ घार मौरी भएकोमा अहिले मरेपछि २० घार मौरी रहेका छन् । रिघामा मौरीपालनको राम्रो सम्भावना भएको भन्दै जिल्ला कृषि विकास कार्यालय युवा लक्षित कार्यक्रमबाट २० ओटा मौरी सहितका घार दिएपछि आफुहरु ब्यवसायीक मौरीपालनतर्फ लागेको अर्का मौरीपालक ब्यवसायी साबित्रा थापाले बताइन् । सुरुका…
काठमाडौं,२२ भदौ – विश्वकप छनौट फुटबलमा लिओनल मेस्सी विनाको अर्जेन्टिनाले भेनेजुएलासँग बराबरी खेलेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिना र भेनेजुएलाले २-२ गोलको बराबरी खेलेको हो । मेरिडामा भएको खेलमा अर्जेन्टिनी कप्तान मेस्सी चोटका कारण टोलीमा अनुपस्थित थिए । खेलमा भेनेजुएलाले दुई गोलको अग्रता लिएर पनि जोगाउन सकेन । ३५ औं मिनेटमा गोल गरेको उसले ५३ औं मिनेटमा दोस्रो गोल गरेको थियो । तर, ५८ औं मिनेटमा पार्टोले अर्जेन्टिनाका लागि गोल गरे । ८३ औं मिनेटमा आटामेन्डीले बराबरी गोल गर्दै अर्जेन्टिनालाई हारबाट जोगाए । नेयमारले ब्राजिललाई जिताए अर्को खेलमा ब्राजिलले कोलम्बियालाई हराएको छ । नेयमारको गोलको मदतमा ब्राजिलले कोलम्बियालाई २-१ ले…