बागलुङ, २२ भदौ – जिल्लाको पश्चिमी गाबिस ग्वालीचौर वडा नम्बर ८ मा बिगत ५ महिनादेखी अबरुद्ध बिद्युत युवाहरुले संचालनमा ल्याएका छन् । थानापति समाज कल्याण संस्थामा आबद्ध युवाहरुको सक्रियतामा गाँउमा विद्युत सुचारु भएको हो ।
पाँच महिनाअघि चट्याङले बिद्युतको ट्रान्सफर्मरमा क्षति पु¥याएपछि बिद्युत लामो समय अबरुद्ध भएको थियो । गाँउका बुद्धिजिवी तथा समाजसेवीले बिद्युत सञ्चालन गर्न कुनै चासो नदेखाएपछि युवाहरु जुटेका हुन् ।
संस्थाका सचिब चिरञ्जिवी घिमिरेका अनुसार, बिद्युत अबरुद्ध भएको पाँच महिनासम्म जतिसुकै दबाव दिँदापनि बिद्युत सञ्चालन समितिले कुनै चासो नदिएपछि युवाहरु जुटेका हुन् । युवाहरुले बिद्युत सञ्चालन गर्नको लागि करिब ३ घण्टाको उकालो बाटोमा बिद्युतका समाग्रीहरु आफैले बोकेर पु¥याएका थिए ।
गाँउमा सञ्चालित मोटरबाटो पनि पहिरोले अबरुद्ध बनाएपछि युवाहरुले आफ्नो ढाड नै खियाएर विद्युतका समानहरु बोकेको संस्थाका अध्यक्ष चक्र बुढाले बताए । लब्धीखोला दोस्रो जलबिद्युत परियोजनाद्धारा सञ्चालित सो बिद्युतको प्रसारणमा समस्या आएमा बिद्युत सञ्चालन गर्न समितिले कुनै चासो नलिने अध्यक्ष बुढाले बताए ।
गाँउका युवाहरुले करिब २ लाखको लागतमा अवरुद्व विद्युत संचालनमा ल्याएका हुन् । स्थानीयको जनश्रमदान तथा आर्थिक सहयोग संकलन गरि हेटौडाबाट सामाग्रीहरु तथा जडान गर्ने प्राबिधिक बुटवलबाट बोलाई बिद्युत मर्मत गरिएको अध्यक्ष बुढाले जानकारी दिए । वडाका करिब १ सय ८० घरधुरी बिद्युत अवरुद्व हुँदा समस्यामा परेका थिए ।
सामान्य कुटानी पिसानी, मोबाइल चार्ज गर्न पनि उनीहरुलाई निकै समस्या परेको स्थानीय युवा रामु जिसीले बताए । गाँउमा करिब ५ महिनापछि बिद्युत सञ्चालनमा आउँदा स्थानीयहरु पहिलोपटक बिद्युत सञ्चालन हुँदाको जस्तै खुशी भएका छन् ।