बागलुङ, २२ भदौ – स्थानीय निकाय पुनसंरचना समितिको निर्णयमा असहमति जनाउँदै बागलुङका केही गाउँवासीले जिविसमा ज्ञापनपत्र बुझाएका छन् । सरकारले स्थानीय विकास अधिकारीलाइ समितिको अध्यक्ष तोकेको छ ।
पुर्नसंरचनाको प्रारम्भिक खाकामा असहमत जनाउदै जिल्लाका, रायडाँडा, पैयुथन्थाप,राङखानी, र सुखौराका स्थानीयले जिविस बागलुङमा ज्ञापन पत्र बुझाएका हुन् । पैयुथन्थाप र राङखानी गाविसलाई कुस्मिसेराको जैमिनीघाट गाउँपालिकामा राख्न माग गर्दा पनि नसुनेपछि ज्ञापन लिएइर आएको टोलीका सदस्यले बताए ।
प्राविधिक टोलिले स्थानीयको मागलाई सम्बोधन गर्न नसकेको उनीहरुले आरोप लगाए । मंगलवार उनीहरुले निमित्त स्थानीय विकास अधिकारी ईश्वरलाल शाक्यलाई ज्ञापन बुझाएका हु । माग पुरा नभए आन्दोलनमा उत्रने उनीहरुले चेतावनीदिएका छन् । नेविसंघका सह महामन्त्री हरिहर शर्माको नेतृत्वमा उनीहरु गएका थिए ।
Previous Articleसहमति भित्रकोः पीडितको व्यथा
Next Article युवाको सक्रियतामा अवरुद्व विद्युत सूचारु