काठमाडौँ, २५ भदौ- नयाँ संविधान कार्यान्वयन गर्न महत्त्वपूर्ण कानुन निर्माणमा जुट्नुपर्ने सांसदहरू पार्टी ह्विपसमेत उल्लंघन गर्दै संसद् बैठक छाडेर हिाड्ने गरेका छन् । दर्जनौं सांसद गैरसरकारी संस्थाको कार्यक्रममा व्यस्त हुँदा शुक्रबारको संसद् बैठक नै स्थगित भएको छ । शुक्रबारको बैठकमा उच्च अदालत गठनसम्बन्धी विधेयक पारित गर्ने तयारी थियो । तर, सांसदहरू बिहीबारदेखि पार्क भिलेज रिसोर्टमा आयोजित आइएनजिओको आवासीय कार्यक्रममा व्यस्त भए । संसद् सचिवालयका अनुसार शुक्रबार ३६६ सांसदले उपस्थितिपुस्तिकामा हाजिर गरेका छन् । तर, उनीहरू संसद्को कार्यसूचीमा रहेको उच्च अदालत गठनसम्बन्धी तीन विधेयक पारित गर्ने वेला थिएनन् । ३० सांसद आवासीय कार्यक्रममा आइएनजिओ नेसनल डेमोक्रेटिक इन्स्टिच्युट (एनडिआई)ले बिहीबारदेखि काठमाडौंको बूढानीलकण्ठस्थित…
Author: Amrit Baskune
राजु घिसिङ काठमाडौँ, २४ भदौ–अघिल्लो महिना ब्राजिलमा भएको रियो ओलम्पिकमा सबभन्दा कान्छी खेलाडी भएकी नेपाली स्विमर गौरिका सिंह लन्डनमा अभिभावकसँगै बस्छिन् । त्यहीँ पढ्छिन। प्रशिक्षण गर्छिन् । दक्षिण एसियाली खेलकुद (साग) मा एक रजत र तीन कांस्य पदक जित्दा पनि उनी लन्डनबाटै गुवाहटी गएकी थिइन् । उतैबाट फर्किइन् पनि । स्कुल बिदाको अवसर पारेर उनी रियोबाट फर्केलगत्तै भने नेपाल आइन् । प्रत्येक वर्ष स्कुल बिदामा स्वदेश आउने गरेकी १३ वर्षीया गौरिका शान्ति फाउन्डेसनको सद्भावना दूत पनि हुन् । यसैमार्फत उनी भूकम्पपछि पुनर्निर्माण गरिएको कालीदेवी माध्यमिक विद्यालय, ललितपुर पुगेर आफूजस्तै विद्यार्थीसँग केही घण्टा बिताइन् । तीन वर्षे स्विमिङ करिअरमा ३० राष्ट्रिय…
दुर्गा खनाल काठमाडौँ, २४ भदौ–पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले भारत र चीनसँग एमाले नेतृत्वको सकरारले गरे भन्दा भन्दा राम्रो कुनै सम्झौता गरेर देखाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई चुनौति दिएका छन् । भारत भ्रमणको तयारीमा रहेको दाहाललाई ओलीले आफ्नो सरकारले गरेका दुई देशसँगको सम्झौताको फहेरिस्त बताउँदै त्यो भन्दा उच्चस्तरको कुनै सम्झौता हुन्छ कि हुँदैन हेर्न चाहेको उल्लेख गरे । ‘म भन्दा अघिको सककारले भारतसँग सम्बन्ध विगारेको थियो, नाकाबन्दी भएको थिए तराईमा आगो बलेको थियो, मैल आएपछि सबै हट्यो भारतको राजकीय भ्रमण भयो, विसाखापट्नम बन्दरगाह सञ्चालन लगायतका सम्झौता भए, चीनसँग पनि सम्झौता भए अनि मैले नै सम्बन्ध बिगारेँ ?’ एमाले युवा तथा…
काठमाडौँ, २४ भदौ – तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको घरमा चोरीको प्रयास भएको छ । सानोठिमीस्थित ठाकुरको घरमा शुक्रबार साँझ चोरीको प्रयास भएको हो । त्यसबेला ठाकुर भने प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसहितका नेताहरुसँग बैठकमा थिए । पारिवारिक श्रोतका अनुसार साँझपख तीन जनाको समूह ठाकुरलाई भेट्नु भन्दै घरमा प्रवेश गरेका थिए । जतिबेला घरमा छोरी डा. मिनाक्षी ठाकुर मात्र थिइन् । चोरहरुको समूहले ठाकुर आँखामा खोर्सनीको धुलो छरेका छन् । त्यसक्रममा उनी लडेर घाइते भएकी छन् र टाउकोमा चोट लागेको छ । चोरहरुको समूहले बि्रफसेस चोरी गर्ने क्रममा केहीबेर खोसाखोस भएको थियो । र, मिनाक्षीको हातमा चोट लागेको बताइएको छ । यो…
काठमाडौँ, २४ भदौ – ऋणीले ऋण नतिरे वा दुरूपयाेग गरे ऋण दिने बैंक तथा वित्तीय संस्थाका कर्मचारी पनि सजायकाे भागिदार हुने गरी बैंकिङ कसुर तथा सजाय ऐन–२०६४ लाई संशोधन गर्न बनेकाे बिधेयक–२०७३ व्यवस्थापिका संसदबाट शुक्रबार पारित भएकाे छ। अर्थ मन्त्रालयका तर्फबाट अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा पेश गरेकाे उक्त विधेयक पारित भएकाे हाे। राष्ट्रपतिले प्रमाणिकरण गरेपछि मात्र उक्त विधेयक ऐनकाे रूपमा लागू हुने छ। संशाेधित एेनकाे विधेयकले सहकारी क्षेत्रमा हुने कसुरलार्इ पनि बैंकिङ कसुरका रूपमा परिभाषित गरेकाे छ। त्यस्तै ढुकुटी खेलाउने कार्यलार्इ पनि बैकिङ कसुरू मानेकाे छ। बैंकिङ कसुरमा संलग्न व्यक्ति वा संस्था वा त्यस्तो कसुर गर्न अप्रत्यक्ष रुपमा संलग्न व्यक्ति…
राम थापा ‘अविरल’, बागलुङ, २४ भदौ – ‘क पनि लेख्न जान्ने थिएनौँ, अहिले त आफ्नो, श्रीमान्को नाम लेख्ने भयौँ’ वर्ष ५५ कि शान्ति श्रेष्ठले भनिन्– ‘यसरी लेख्न जानिएला भन्ने थिएन, नसोचेको भयो ।’ घरधन्दामा सीमित बागलुङ हटिया–३ कि श्रेष्ठलाई अक्षर चिन्न पाँच दशक बढी लाग्यो । बढ्दो उमेरमा सामान्य लेखपढ गर्न सिक्ने उनको धोको आज आएर पूरा भएको छ । सरकारले चलाएको साक्षरता अभियानले श्रेष्ठजस्तै कैयन महिलाको जीवनमा नसोचेको परिवर्तन आएको छ । बल्ल २४ वर्ष उमेर पुगेकी हरिचौर–८ की जगतकुमारी नेपाली पनि पढ्ने अवसरबाट बञ्चित थिईन् । गाउँमा चलेको साक्षरता कक्षामा भाग लिएपछि उनी लेखपढ गर्न सक्ने भएकी हुन् । ‘घरमा पढाउनुभएन, अहिलेसम्म पढ्ने–लेख्ने भन्ने…
बागलुङ, २४ भदौ – जिल्लाको वलेवामा पहिलो पटक नारायणस्थान सहलगानी लिफ्ट खानेपानी तथा सरसफाई आयोजना सुरु भएको छ । सो आयोजनाको शिलान्यास ब्यवस्थापिका संसदका सदस्य प्रकाश पौडेलले विहिवार एक कार्यक्रमका विच गरे । शिलान्यास गर्दै सांसद पौडेलले जिल्लामा नै पहिलोपटक लिफ्ट सिस्टमबाट निर्माण हुन लागेको खानेपानी योजनालाई सफल पार्नका लागि स्थानियको निकै महत्वपूर्ण दायित्व हुने र हरेक बिकास निर्माणका कार्यलाई सफल बनाउन समाज र समुदायको उत्तिकै भुमिका हुने बताए । शिलान्यास कार्यक्रममा बोल्दै सांसद पौडेलले राज्यको पुर्नसंरचना गर्दा जनताको चाहना अनुसार जानुपर्ने बताए । अहिले जिल्लामा पुर्नसंरचनाको खाका पठाउँदा मनपरी तरिकाले निर्णय गरेर जनताको चाहना विपरितको काम भएको बताए । जिल्लाको विषयमा छलफल गर्दा जिल्लाका…
शिवशरण ज्ञवाली स्थानीय स्तरमा सूचनाको भोक मेट्ने स्थानीय सञ्चार माध्यमले ‘राष्ट्रिय समाचार’को रिले प्रकाशन प्रसारणबाट विश्वास आर्जन गर्छन् । स्थानीय समाचारलाई रोचक, आकर्षक, पठनीय, दर्शनीय र श्रवणीय रुपमा सम्प्रेषण गर्ने सफलता मोफसलमा प्राप्त छैन । सञ्चार माध्यमहरु बल्ग्रेती नै छ, थपिदै पनि छन् तर तिनको हिडाईमा गति छैन, नवीनताको आवरण छैन, परिवर्तनको मुहार छैन, प्रतिष्पर्धाको दौड छैन बरु सबैमा एकै खालका सामग्रीहरुको वर्चस्व छ । ‘जियैछी न मरैछी हुकर हुकर करैछी’ जस्तो चल्नकै लागि चलिरहेको छ, मोफसल पत्रकारिता ! पहिलो चुनौती अर्थकै छ । कङ्गाल भएपछि चन्डाल हुन बाध्य छ, पत्रकारिता । त्यसकारण आवाज हुनेहरुकै दबदबा छ, आवाजविहीनहरु कता छन् कता । यो पेशा व्यतिगत कमाई…
बागलुङ, २४ भदौ – जिल्लाको पश्चिम क्षेत्रका वाढी पिडित डेढ महिना सम्म पनि पुर्नस्थापित हुन सकेका छैनन् ।राज्यले उचित व्यवस्था गर्न नसक्दा डेढ महिनासम्म पनि विभिन्न संघ सस्थाले उपलव्ध गराएको राहतमा आफनो दैनिकि गुजार्न वाध्य भएका हुन् । साउन १० गते राती आएको वढीले पश्चिममा १ सय २५ भन्दा वढी परिवार विस्तापित भएका छन् । विस्तापितहरु अहिले सम्म दर्जन वढी संघ सस्थाले सहयोग गरेका छन् । विहिवार जय नेपाल फाउण्डेशन अष्टे«लिया र गलकोट सोसाईटी अष्टे«लियाले दर्लिङ र अधिकारीचौरका पुर्ण क्षती भएका ८९ जनालाई राहत हस्तान्त्रण गरेको छ । सो अवसरमा अधिकारीचौर वडा नम्वर ३,४,५,६,७,८ र ९ नम्वर वडाका ८६ जना लाई जनहि २ हजारका दरले…
चेतना भया भरत बागलुङे दुई दशकभन्दा बढी नेपाली राजनीतिको सबैभन्दा धेरै चर्चित र बलशाली व्यक्ति हुन प्रधानमन्त्री प्रचण्ड । चाहेर नचाहेर पनि प्रचण्डलाई नेपाली राजनीतिको केन्द्रमा सबै भन्दा शीर्षस्थानमा राख्नुपर्ने बाध्यतामा राजा, राजनैतिक दल, विदेशी शक्तिहरु र देशिय दलाल पूँजीवादीहरु र सामन्तवादका खेती गरी फसल मार्नेहरु यी दुई दशकसम्म विवश थिए । पटक पटकका परिवर्तनबाट ठगिएका र हेपिएकाहरुलाई राजनीतिको मुलधारमा ल्याउने काम यिनै सुरबीर प्रचण्डले नेतृत्व गरेको दशवर्षे जनयुद्धले गरेको थियो । भलै नेपाली राजनीतिमा ती सबै भन्दा आचोलित, विरोध गरिएका र खिस्सि ट्युरी गरिएका पात्र हुन् । परम्परागत राजतन्त्र र त्यसको वरीपरी फेरी मारिरहेका शक्तिहरुको चैनलाई युद्धद्वारा ध्वस्त तुल्याउने सार्मथ्य राख्ने उनी फेरी…