बागलुङ, २४ भदौ – जिल्लाको पश्चिम क्षेत्रका वाढी पिडित डेढ महिना सम्म पनि पुर्नस्थापित हुन सकेका छैनन् ।राज्यले उचित व्यवस्था गर्न नसक्दा डेढ महिनासम्म पनि विभिन्न संघ सस्थाले उपलव्ध गराएको राहतमा आफनो दैनिकि गुजार्न वाध्य भएका हुन् । साउन १० गते राती आएको वढीले पश्चिममा १ सय २५ भन्दा वढी परिवार विस्तापित भएका छन् ।
विस्तापितहरु अहिले सम्म दर्जन वढी संघ सस्थाले सहयोग गरेका छन् । विहिवार जय नेपाल फाउण्डेशन अष्टे«लिया र गलकोट सोसाईटी अष्टे«लियाले दर्लिङ र अधिकारीचौरका पुर्ण क्षती भएका ८९ जनालाई राहत हस्तान्त्रण गरेको छ । सो अवसरमा अधिकारीचौर वडा नम्वर ३,४,५,६,७,८ र ९ नम्वर वडाका ८६ जना लाई जनहि २ हजारका दरले १ लाख ७२ हजार र दलिङका ३ जनालाई गरी १ लाख ७८ हजार नगद सहयोग गरिएको हो ।
जय नेपाल फाउण्डेशन अष्टे«लियाका संयोजक विष्णु सापकोेटाको पहलमा पठाईएको राहत संरक्षक फुलप्रसाद सापकोटा, जगदिशचन्द्र उपाध्याय, राजेश बास्कोटा, सिता सापकोटा लगाएतको टोलीले पहिरो प्रभावित क्षेत्रमा पुगेर हस्तान्तरण गरेको हो । जय नेपाल फाउण्डेशन अष्टे«लियाका संरक्षक फुलप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न सहयोग हस्तान्त्रण कार्यक्रममा फाउण्डेशनका संरक्षक तथा नेपाली काग्रेसका महासमिति सदस्य जगदिशचन्द्र उपाध्याय, संरक्षक राजेश वास्कोटा, सिता सापकोटा, धौलागिरी टेलिभिजनका सम्पादक सुवास आचार्य, स्थानिय खड्ग वहादुर पुन लगाएतले बोलेका थिए ।
फाउण्डेशनले नेपालमा दैविप्रकोप पिडित, अर्धिक अवस्था कमजोर भएका रोगी तथा विद्यालयमा सहयोग गर्दै आएको छ । अध्यन तथा रोजगारीको शिलशिलामा अष्टे«लियामा पुगेपनि जन्मभुमि प्रतिको माया र जिम्मेवारीको लागी सहयोग गरिरहेको र आगामी दिनमा निरन्तरा दिने फाउडेशनका संयोजक विष्णु सापकोटाले बताए ।