चेतना भया
भरत बागलुङे
दुई दशकभन्दा बढी नेपाली राजनीतिको सबैभन्दा धेरै चर्चित र बलशाली व्यक्ति हुन प्रधानमन्त्री प्रचण्ड । चाहेर नचाहेर पनि प्रचण्डलाई नेपाली राजनीतिको केन्द्रमा सबै भन्दा शीर्षस्थानमा राख्नुपर्ने बाध्यतामा राजा, राजनैतिक दल, विदेशी शक्तिहरु र देशिय दलाल पूँजीवादीहरु र सामन्तवादका खेती गरी फसल मार्नेहरु यी दुई दशकसम्म विवश थिए । पटक पटकका परिवर्तनबाट ठगिएका र हेपिएकाहरुलाई राजनीतिको मुलधारमा ल्याउने काम यिनै सुरबीर प्रचण्डले नेतृत्व गरेको दशवर्षे जनयुद्धले गरेको थियो । भलै नेपाली राजनीतिमा ती सबै भन्दा आचोलित, विरोध गरिएका र खिस्सि ट्युरी गरिएका पात्र हुन् । परम्परागत राजतन्त्र र त्यसको वरीपरी फेरी मारिरहेका शक्तिहरुको चैनलाई युद्धद्वारा ध्वस्त तुल्याउने सार्मथ्य राख्ने उनी फेरी एकपटक चर्चाको शिखरमा छन् । हुनत बाउन्न सालदेखि त्रिहत्तर सालसम्म एकनास चर्चा र सर्वाधिक शक्तिशाली व्यक्तिको रुपमा दर्ज भएका प्रचण्ड विरोधीहरुले जति नै आलोचना गरेपनि नेपाली राजनीतिका अहिलेपनि निर्णायक र सर्वशक्तिशाली व्यक्ति हुन् यो सत्यलाई उनले संविधान सभामा प्राप्त गरेको हारले नामेट गर्न सक्दैन । चुनाव बिलकुलै प्राविधिक विषय हो यो सत्यलाई प्रचण्डका विरोधीहरुले जति नै प्रचण्ड पतनको आत्मारतिको रुपमा व्याख्या अपव्याख्या गरे पनि तिनले घुमारो शैलीमा त्यसलाई आत्मासाथ गरेका छन् । परिणाम ती प्रचण्डको वरीपरी फेरीमारेर सत्ताको चास्नीमा डुबेर एकबारको चोलामा तृप्त हुन चाहन्छन् । प्रचण्ड नाउँको मिथक केवल एउटा व्यक्ति हैन त्यो सिङ्गो माओवादी आन्दोलन हो । त्यसले बोकेका एजेण्डा ती नेपाली समाजले युगयुगदेखि भोग्दै र देख्दै, सहँदै र पिल्सदै आएका सत्यहरुको चाङ हो । जसलाई काँधमा बोकेर प्रचण्डले ती अपराध र शोषणका कारखानाहरु माथी बमवार्ड गर्ने शाहस ग¥यो जो शताब्दिको इतिहास बनाएर नेपाली समाजमा जरा गाडेर बसेको थियो ।
जत्तिनै विरोध र आलोचना गरेपनि मुलधार भनिएको वर्तमान नेपालको राजनीतिको मियो र त्यसको शौन्दर्यता या फिलोसफी त्यो प्रचण्डले निर्माण गरेको विरासत नै हो । जसलाई उनले जायज नाजायज, वैध अवैध जुनसुकै कर्मले निर्माण गरेका हुन् । विडम्बना धर्म निरपेक्षता, संघीयता, गणतन्त्र जस्ता माओवादीका एजेण्डाका घोडा चढेर सत्ताको निमित्त अतृप्त चाहना पालेर पलपल तड्पिरहेकाहरु ती सबै भन्दा धेरै प्रचण्डलाई अपराधी, राष्ट्रघाती, बेइमान, बिचलित, अस्थिर चरित्र भएका धुर्त नेताको रुपमा चित्रण गर्न आप्mनो महत्वपूर्ण समय खर्चिरहेका छन् । ती महामहिमलाई हेक्का छ की छैन ती चढिरहेको घोडा कसले जन्माएको थियो ? नेपाली समाज कृतघ्नताको पराकाष्टामा दिनचर्याहरु व्यतित गरिरहेको छ । अलिकति इतिहासको लागि पनि यो अपराधबाट हामी मुक्त हुनुजरुरी छ । बाउन्नदेखि नै सङ्कट, भय, त्रास, पीडा, आलोचना, समर्थन, मूर्दावाद र जिन्दावादसँग खेल्दै आइरहेका प्रचण्डको सबै भन्दा शालिन र राम्रो बानी ती प्रतिशोधको राजनीति र दन्तबजनको राजनीतिबाट मुक्त देखिन्छन् जो नेपाली राजनीतिमा अभावको रुपमा रहेको छ् । यतिबेला फेरी हतार हतारमा खड्ग प्रसाद ओलीको नेतृत्वलाई पल्टाएर रहस्यमय रुपमा मुलुकको बागडोर समाल्न पुगेका प्रचण्डका अगाडि शेष रहेका दिनहरु ती सङ्कट बोकेर उभिईरहेका छन् । मधेशमा अनावश्यक माग राखेर मुलुकको अखण्डता र सार्वभौमिकता माथी खेलवाड गर्नेहरुका माग पुरा गर्ने नाममा होस् या दक्षिणी मिचाहा र हेपाहा छिमेकीसँगको बिग्रेको सम्वन्धलाई सुधार गर्ने तिनको बकितम घोषणा ती दुवै तिनको पतनको कारक बन्न अब समयको आयातनको फराकिलो घुमाई घुम्नुपर्दैन । प्रचण्डको शाहस, तिनको सपना, तिनको इरादासँग त्रस्तहरुको एउटा समूह तिनलाई सम्पूर्ण रुपमा धुलिसात बनाउन चाहन्छ जसको लागि ती घुमाईफिराई तिनलाई मुलुकको बागडोर समाल्ने अन्तिम मौका दिईरहेका छन् । चलाख र चतुर प्रचण्ड ती सत्ताको अगाडि केराको रङमा लठ्ठिएको लाटो जस्ता किन बने ? त्याग र बलिदानीको उच्चतम इतिहास बनाएका यी मनुवाका वरीपरी सङ्कटको कालो बादल त्यसदिनबाट नै घुमिरहेको छ जतिखेर ती पुनः मुलुकको बागडोरका अधिपति बन्न पुगे । सामाजिक सञ्जालहरुमा होस या अन्य मिडियामा नियत र धृष्टतासाथ विरोधीहरु तिनको अपमानजनक आलोचना गर्नमा व्यस्त देखिन्छन् भने उनका आप्mनाहरु ती पद, प्रतिष्ठा र पैसाको मामिलामा प्रचण्डसँग नाखुस छन् । त्याग र बलिदानीपूर्ण इतिहास बनाएकाहरु तिनले सिकेको सर्वहारावादी दृष्टिकोणमा धमिरा लागिरहेको छ र ती अबसरवादीहरुका रिसले प्रचण्डको काखमा सुगर्ने इरादा पालेर मौकाको पर्खाईमा कोठे बैठक गरिरहेका छन् । यसले प्रचण्डका विरोधीहरु या सिंगो माओवादी आन्दोलनको विरोधीहरुलाई थप बल पुग्नेछ ।
इतिहासको सामुन्ने उभिएर हेर्दा प्रचण्ड ती चुके परम्पराको फेर समातेर शासकलाई बदनाम गर्ने तिनको सफा इरादामाथी कालो धब्बा पोत्ने कारिगडीहरुको चङ्गुलमा परेर । सबै भन्दा पहिले काँग्रेस, एमालेको जस्तै नियति तिनका परिवार, इष्टमित्र, नातागोता र सबै भन्दा धेर विश्वासिला नजिकका भनिएका नेता कार्यकर्ता अनि अवसरवादीहरुको कारण तिनले आफुलाई आप्mनो सपनाको मलामी जानुपर्ने अवस्थामा पुगे । जनयुद्धको मर्म, लक्ष्य, भाषा, उद्देश्य, इरादा ती सबै तिनले पहिलोपटक प्रधानमन्त्री हुँदा नै बलिबेदीमा चढाईसकेका थिए यो तिनले चाहेर या नचाहेर सत्ताको लागि गर्नुपर्ने त्याग या बलिदानी थियो तिनले पूरा गरे । कम्युनिष्ट धर्म र त्यसको मर्म अनि पवित्रतालाई तिनले उतिबेलै नष्ट गरिसकेका थिए जतिखेर उनलाई बजारतन्त्रको कुरुप जामा पहिरिएको रंगीला सत्ताले मोहनी लगाएर सिंहदरवारको यात्रामा निस्कन उत्प्रेरणा दिएको थियो । हान्स एण्डर्सनको बादशाहको नयाँ लुगा कथाको बादशाहको नियतीमा पुगेका प्रचण्डलाई यो स्थितिमा कसले पु¥यायो ? सबै भन्दा पहिलो खोजीको विषय यही हुनुपर्छ । के प्रचण्ड आपैm अवसरवाद या पतनको यात्रामा निस्कन इच्छुक थिए ? या तिनलाई यसो गर्न बाध्य बनाईयो । इतिहासको एउटा ज्यूँदो मान्छेलाई किन यसरी मृत्युवरण गर्न विवश तुल्याईयो ? के सच्चा माओवादी नेता कार्यकर्ताहरु या समर्थकहरुले यसलाई खोज्नु पर्दैन । अँहँ माओवादी आन्दोलनमा लागेका मनुवाहरु ती क्षणिक भावावेग, तृष्णा, लोभ, मोहमा ती लठ्ठ छन् । तिनको लागि माओवाद या यो आन्दोलन बाँचे मेरो पोई मरे बुढीको छोरो भन्ने उखान जस्तै भएको छ । परिणाम सङ्गठन, माओवादी आन्दोलन, स्वयम् प्रचण्डको उचाई ती सबैमा क्रमशः ओरालोमा छन् ।
लठ्ठुहरुले बुभ्mनु जरुरी छ । सत्ता जीवनको अन्तिम सत्य त हो तर सच्चा कम्युनिष्टहरुको लागि जनताको मुक्ति नै प्रधान कुरो हो । यतिबेला प्रचण्ड सङ्कटको प्रचण्ड भूमरीमा छन् । अघिल्लो सरकारको पालामा चीनसँग भएका सम्झौताको कार्यान्वयन, संघीयताको कार्यान्वयन, संविधानमा संशोधन गरी मधेशीको माग पूरा गर्ने विषय र भूकम्पपीडितको मुद्दा तथा फाष्ट ट्रयाक र उपल्लो कर्णाली जस्ता विषय बलियो प्रतिपक्ष र प्रचण्डलाई विश्वास गर्न हिचकिचाई रहेका केही साना बामपन्थी तथा राप्रपा नेपाल जस्ता शक्तिहरुसँग मिलेर तिनलाई विश्वासमा लिएर यी मुद्दाहरुमा विजय पाउन तिनलाई फलामको च्यूरा चपाउनु जस्तै हुनेछ । अर्कोतिर चिनिया राष्ट्रपतिको आगामी असोजमा हुने भनिएको नेपाल भ्रमण रद्द भएको खवर साँचो हो भने प्रचण्डको लागि यो सबै भन्दा ठूलो असफलता हो । भदौ अन्तिमसाता हुने उनको भारत भ्रमण तिनको लागि अर्को पतनको कारक पक्कै बन्नेछ । तिनका सामु भारतसँग सम्झौता गर्नुपर्ने र गर्नै नहुने दोहोरो सङ्कट यथावत छ । निधिमार्पmत मोदीलाई गोप्य पत्र पठाएको बातबाट नैतिक सङ्कटमा फसिरहेका प्रचण्ड इमान्दार राजनीतिज्ञ हुन जसले एकमोडमा एकसाँझ नढाँटी भन्ने छन् मलाई फसाइयो र पतन बनाउन ओलीको सरकार ढाल्न लगाइयो । यस्तो विषम अवस्थामा केही माओवादीका मठाधिसहरु विधि, विधान, नीति र थिति विपरित कोठे बैठक बस्ने, कोही अवसरवादीसँग मितेरी गाँसेर जीवनमा यस्तो सुवर्ण अवसर कहिल्यै आउन्न भनेर बजारतन्त्रको पछि दगुर्ने गरिरहेको देखिन्छ । यो सर्वथा गलत छ । नागरिकका दैनिक समस्याहरु, बेरोजगारीका समस्या, महङ्गीका समस्या, शोषण र विभेदका समस्या, विकास निर्माणका समस्या, उपचारका समस्या, स्वतन्त्र आवत जावतका समस्या आदि इत्यादिसँग लड्न जुध्न र ओली सरकार ढालेको पापबाट मुक्त हुने अवस्थाको सिर्जना गर्न यतिबेला माओवादीका नेता, कार्यकर्ता र समर्थकहरु निश्वार्थभावले लाग्नुपर्ने बेला हो । तर ती प्रचण्डपतनका अन्तिम पलहरुको व्यग्रप्रतिक्षामा बसिरहेका देखिन्छन् । ओली युगको ह्याङ्ओभरबाट नागरिकलाई मुक्त गर्न प्रचण्ड स्वयमले दुई काम गर्नु जरुरी छ एक पपुलिष्ट कर्म अर्को मिडियामा गोयबल्सकरण । अन्यथा ती पतनको डिलमा पुग्न छ औँल बाँकी छ जसलाई एकपटक पनि मुलुकको नीति कार्यक्रम बनाउन नदिई आप्mनै बन्धुहरुले चौराहामा पछार्ने निश्चित छ । चेतना भया !
दजदबनगिलनभ२नmबष्।िअयm