काठमाडौँ, २५ भदौ- नयाँ संविधान कार्यान्वयन गर्न महत्त्वपूर्ण कानुन निर्माणमा जुट्नुपर्ने सांसदहरू पार्टी ह्विपसमेत उल्लंघन गर्दै संसद् बैठक छाडेर हिाड्ने गरेका छन् । दर्जनौं सांसद गैरसरकारी संस्थाको कार्यक्रममा व्यस्त हुँदा शुक्रबारको संसद् बैठक नै स्थगित भएको छ ।
शुक्रबारको बैठकमा उच्च अदालत गठनसम्बन्धी विधेयक पारित गर्ने तयारी थियो । तर, सांसदहरू बिहीबारदेखि पार्क भिलेज रिसोर्टमा आयोजित आइएनजिओको आवासीय कार्यक्रममा व्यस्त भए ।
संसद् सचिवालयका अनुसार शुक्रबार ३६६ सांसदले उपस्थितिपुस्तिकामा हाजिर गरेका छन् । तर, उनीहरू संसद्को कार्यसूचीमा रहेको उच्च अदालत गठनसम्बन्धी तीन विधेयक पारित गर्ने वेला थिएनन् ।
३० सांसद आवासीय कार्यक्रममा आइएनजिओ नेसनल डेमोक्रेटिक इन्स्टिच्युट (एनडिआई)ले बिहीबारदेखि काठमाडौंको बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा ‘द्वन्द्व व्यवस्थापन, वार्ता र मध्यस्थकर्ता’ विषयक तीनदिने आवासीय सेमिनार गरेको छ ।
शनिबार सकिने त्यो कार्यक्रममा विभिन्न दलका ३० महिला सांसद सहभागी छन् । उनीहरू संसद्मा हाजिर गरेर त्यता लाग्छन् । आयोजक एनडिआईका नेपाल प्रतिनिधि अनामिका राईले एक महिनाअघि नै कार्यक्रम तय भएको र दलका प्रमुख सचेतकमार्फत सांसदलाई सेमिनारमा सहभागी गराएको बताइन् ।
तर, चार घन्टा कार्यक्रम स्थगित गरेर सांसदहरूलाई बैठकमा जान समय दिइएको उनले बताइन् । आइएनजिओको गाडीमै आए, गए एनडिआईको सेमिनारमा सहभागी महिला सांसदहरू शुक्रबार सोही संस्थाको गाडीमा संसद्् भवन नयाँ बानेश्वर पुगेका थिए । हाजिर गरेर केही समय बसेपछि उनीहरू एनडिआईले उपलब्ध गराएको दुईवटा नीलो नम्बर प्लेटको माइक्रोमा चढेर बाहिरिएका थिए ।
सेमिनारका केही प्रशिक्षकलाई पनि उनीहरूले सागै लगेर संसद् भवन र बैठक कक्षको अवलोकन गराएका थिए ।
को–को हुन् ती सांसद ?
कांग्रेसका सांसदहरू उषा गुरुङ, मीनाक्षी झा, अम्बिका बस्नेत, माओवादी केन्द्रका सांसदहरू ललिताकुमारी रेग्मी, गोमा कुावर, राममाया बोगटी, धना पहारी, फुलझरी देवी, सिर्जना तरामू खत्री, एमालेका सांसदहरू गरिमा साह, पेम्बा लामा, रत्न गुरुङ, लीला मगर, दिलशोभा पुनलगायत एनडिआईको कार्यक्रममा सहभागी छन् ।
संसद् रित्तो पारेर आइएनजिओको कार्यक्रममा जाने सांसदहरु
Previous Articleयस्तो छ गौरिकाको रियोदेखि काठमाडौंसम्मको अनुभव
Next Article मुस्ताङमा भेटिएको मानव कंकाल १२ सय वर्ष पुरानो