Author: Amrit Baskune

ज्यो. सूर्य पौडेल २०७३ भाद्र २७ सोमबार, एकादशी १२ सेप्टेम्बर २०१६ तपाईको आज मेष– छोराछोरी वा नजिकैका आफन्तसँग मनमुटाव । वृष– प्रायः हर कार्यमा नोक्सानी सहनुपर्ने । मिथुन– पारिवारिक साथ र सहयोगले काम बन्ने । कर्कट– यत्रतत्र यश कीर्ति फैलने । सिंह– मनमा अशान्तिको कालो बादल मडारिने । कन्या– पेट वा कम्मार पीडा । तुला– अर्थलाभसँगै कार्यसिद्धिको योग । वृश्चिक– मानसिक असन्तोषले मन व्याकुल । धनु– आदर–सत्कार प्राप्त हुने । मकर– आफन्तबाटै घातप्रतिघात हुने । कुम्भ– शुभ समाचार सुन्न पाइने । मीन– स्वास्थ्यस्थिति प्रायः अनुकूल नै रहने ।

Read More

संयुक्त राष्ट्रसंघमा खटाइएका नेपाली सेनाका महासेनानी कुमार लामाले बेलायती अदालतबाट मानवअधिकार उल्लंघनका मामिलामा सफाइ पाएका छन् । उनको रिहाइ याचना र नेपालभित्र भएको भनिएको मानवअधिकार उल्लघंनका मामिलामा आफ्नै मुलुकमा मुद्दा चलाउने नेपाल सरकारको औपचारिक र अनौपचारिक अनुरोधलाई अस्वीकार गर्दै लामालाई बेलायत सरकारले चार बर्ष पहिला मुद्दा चलाएको थियो । उनको गिरफ्तारीपछि नेपाला ‘एक्टिभिस्ट’ का रूपमा सहकार्य गर्दै आएका राष्ट्रसंघीय कार्यालय र सम्बन्धित मानवअधिकारवादी संस्थाको दबाबलाई स्विकार्दै राष्ट्रसंघीय महासचिव बान कि मुन स्वयंले गिरफ्तारीपछि लामाको रिहाइ याचना रद्द गरेका थिए । उनलाई दुई वर्ष मुलुकबाहिर जान निषेध गरेर राखियो र अन्ततः प्रमाणको अभावमा मुद्दा चलाउन नमिल्ने भन्दै उनलाई बेलायती अदालत (क्राउन प्रोसिक्युसन सर्भिस) ले…

Read More

बागलुङ, २७ भदौ – स्थानीय निकाय पुनसंरचना प्राविधिक समितिले आयोगमा बुझाएको प्रतिवेदन प्रति असन्तुष्टी जनाउँदै यहाँका बासिन्दा आन्दोलित भएका छन् । पाण्डवखानी, रिघा, शिसाखानी र दगातुन्डाडा गाविस एउटै गाउँपालिकामा हुनु पर्ने भन्दै स्थानीयले चक्काजाम, विरोध प्रर्दशन लगायतको असन्तुष्टी प्रकट गर्न थालेका हुन् । चार गाविसको सर्वदलीय तथा सर्वपक्षिय वैठक गरि संघर्ष समिति समेत बनाएर विद्यालय, सरकारी कार्यालय, वजार, वन्द गर्ने चेतावनी समेत दिएका छन् । गत साउनमा यो क्षेत्रका आठ गाविसको भेलामा पाँच गाविसले खर्वाङ केन्द्र वनाउने, एक गाविसले जलजला वनाउने र दुई गाविस ले ग्वालीचौर केन्द्र वनाउनु पर्ने माग गरेका थिए । जिल्ला प्राविधिक समितिले भने बहुमतको कदर नगरी…

Read More

होम कार्की काठमाडौँ, २७ भदौ – मलेसियाले वैदेशिक रोजगारका लागि आफ्नो देशमा आउने कामदारलाई ‘वान स्टप सेन्टर’ मार्फत भिसा दिने निर्णय गरेको छ । यो निर्णयले मलेसिया जाने कामदारका लागि तीन हजार शुल्क तिर्नुपर्ने भएको छ । मलेसिया सरकारले आउँदो सेप्टेम्बर १५ देखि प्रतिराहदानी तीन हजार रुपैयाँ शुल्क लिने गरी वान स्टप सेन्टरको व्यवस्था लागू गर्न लागेको हो । त्यसपछि वैदेशिक रोजगार व्यवसायीहरूले मलेसिया जान छनोट भएका कामदारको भिसा लगाउन वान स्टप सेन्टरमा गएर राहदानी बुझाउनुपर्नेछ । सेन्टरले राहदानी भिसा लगाउन मलेसिया दूतावासमा लैजान्छ । यसअघि मलेसिया दूतावासले भिसा प्रोसेसिङ गर्न भन्दै दूतावासभित्रै निजी क्षेत्रबाट सञ्चालन हुने कम्पनी ‘भीएलएन, नेपाल’…

Read More

काठमाडौं, २६ भदौ-प्रमुख विपक्षी एमालेले भारत भ्रमणका क्रममा नेपालको हित, स्वाधीनता र स्वाभिमानमा आँच आउने कुनै पनि सहमति, सम्झौता र कुराकानी नगर्न प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ । अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपालसहितको एमाले उच्चस्तरीय टोलीले आइतबार बिहान प्रधानमन्त्री दाहाललाई भेटेर भारत भ्रमणका सम्बन्धमा ६ बुँदे ध्यानाकर्षण पत्र पेस गरेको हो । भ्रमणअघि राजनीतिक दलहरूसँग औपचारिक रूपमा विचारविमर्श गर्ने विगतको परम्परासमेत यसपालि अनुसरण नगरिएको टिप्पणी गर्दै एमालेले भ्रमणमा राख्नुपर्ने विषय र प्रस्तुतिबारे दाहाललाई बुँदागत सचेत गराएको छ । एमालेले काठमाडौं–तराई मधेस द्रुतमार्ग नेपाल सरकारले आफैं निर्माण गर्ने गरी स्रोत परिचालन गर्दै राष्ट्रिय हितका आधारमा अघि…

Read More

काठमाडौं, २६ भदौ- मन्त्रिपरिषद आइतबारको बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा तीन जनालाई नियुक्त गरेको छ। बैठकले डा.स्वर्णीम बाग्ले, प्रभु वुढाथोकी र प्रा.भिरेन्द्रमान प्रधानलाई नियुक्त गरेको हो। आइतबारको नियुक्तिसँगै आयोगले पूर्णता पाएको छ। सरकारले यसअघि डा.मीनबहादुर श्रेष्ठलाई आयोग उपाध्यक्षमा नियुक्त गरेको थियो। अाइतबार नियुक्त सदस्यमध्ये मध्ये डा.वाग्ले दोस्रो पटक आयोग सदस्यमा नियुक्त भएका हुन्। यसअघिको प्रा.डा.गोविन्द पोखरेल उपाध्यक्ष रहँदा उनले भूकम्पपछि ‘विपतपछिको आवश्यकता आँकलन (पिडिएनए)’ प्रतिवेदन तयार पार्ने कार्यको नेतृत्व गरेका थिए। त्यही प्रतिवेदनलाई आधार मानेर भूकम्पपछिको पुनःनिर्माणका लागि विदेशी दाताहरुले करिब ५ खर्ब रुपैयाँभन्दा बढीको सयहोगको प्रतिबद्धता जनाएका थिए। दोस्रो कार्यकालको आफ्नो योजनाबारे आइतबार साँझ डा.वाग्लेले भने, ‘आयोगमा दुई किसिमले…

Read More

काठमाडौं, २६ भदौ- सभामुख ओन्सरी घर्तीमगरले सांसदहरुलाई हाजिरी गरेर बाहिर बेपत्ता नहुने र बैठकमा सहभागी हुन रुलिङ गरेकी छिन् ।शुक्रबार कोरम नपुगेर स्थगित भएपछि आइतबार बसेको संसद्को बैठकको सुरुमै सभामुखले यस्तो रुलिङ गरेकी हुन् । संविधान कार्यान्वयनका लागि संसद्ले महत्वपूर्ण कामहरु गर्नुपर्ने अवस्थामा सांसदहरुको संसद्मा उपस्थिति अनिवार्य रहेको बताउँदै बाहिरी गतिविधिलाई संसद्को विजनेसलाई प्राथमिकता दिन पनि सभामुखले रुलिङ गरेकी छिन् । शुक्रबार संसद्मा हाजिरी गरेका २४० जना सांसदहरु एनजिओको गोष्ठीमा भाग लिन रिसोर्टमा गएपछि संसद्को बैठक स्थगित भएको थियो । यसबारेमा सबतिरबाट आलोचना र खबरदारी भएपछि आइतबार संसद्मा सांसदहरुको उपस्थिति केही बाक्लो देखिएको छ। शुक्रबारको बैठकमा उच्च अदालत गठनलगायतका विधेयकसहितको महत्वपूर्ण कार्यसूची…

Read More

बागलुङ, २६ भदौ – धौलागिरी अञ्चल अस्पतालको निर्माणाधिन भवन सम्पन्न नभएपछि विकास समितिले अगाडि सारेका योजना पुरा हुन सकेका छैनन् । त्यस्तै स्वास्थ्यकर्मीले काम गर्न नपाएपछि विरामीले उपचार नपाइ पोखरा लगायतका अन्य अस्पतालमा जान बाध्य भएका छन् । अस्पताल विकास समितिले शनिवार बिहान आयोजना गरेको पत्रकार सम्मेलन तथा सरोकारवालाको भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा अध्यक्ष टिकाराम सापकोटाले अस्पतालमा व्यवस्थापकीय सुधार गरेपनि गुणस्तरीय सुधार गर्न नसकेको बताए । उनले लथालिंग रुपमा रहेको अस्पताललाइ आफ्नो कार्यकालमा तंग्राउने प्रयास गरिरहेपनि चाहेजस्तो नभएको धारणा राखे । सापकोटा अध्यक्ष रहेको समितिको म्याद सकिनै लागेको छ । अञ्चल अस्पतल भएपनि विशेषज्ञ डाक्टर अझै ल्याउन नसकेको उनले गुनासो…

Read More

तीते करेली कृष्णराज शर्मा मलाई भारत भन्ने शब्द सुनेदेखि नै डरले बास गरेको छ मेरो मनमा । तर्सन्छु र खुट्टा काँप्छन् मेरा । यसो हुनुमा,मेरो दोष छैन । दोष छ त, भारत भोगेर आएका भुक्तभोगीहरूले अनुभव सुनाउनु दोष हो । भोगीहरूले बालापनमा सुनाईएका घटनाक्रमहरू सुनेर हो । भारतीय सेनामा काम गरेर फर्केका सैनिकहरूले सुनाएका तीता कथाहरूले हो । नेपालीहरू भारत छिर्दा देखिनै भोग्ने गरेका दर्दनाक घटनाहरूको नालीबेलि सुनेर हो । रेलमा होस् या बसमा अथवा बोर्डरमा होस्, संधै नेपालीहरूले भोगेका नमिठा कुरामात्रै मेरो दिमागमा जमेर बसेर हो । यिनै कुराहरूले गर्दा भारतप्रति नफरत र घृणा छ मेरो दिमागमा अहिलेसम्म । भारत पुगेर फर्केका कसैले पनि मलाई कुनै न कुनै…

Read More