बागलुङ, ३ असोज/जिल्लाको पश्चिम बोहोरागाउँ गाविस–७ थापागाउँमा रहेको ज्योति आधारभुत बिद्यालयमा अबिरल बर्षाका कारण पहिरोले क्षति पु¥याएको छ । पहिरोले विद्यालयको प्रशासन र कम्प्युटर कक्षा पनि जोखिममा परेको बिद्यालयका प्रधानाध्यापक उमानन्द रेग्मीले बताए । सोमबार बिहान गएको पहिरोले नेपाल स्बास्थ्यका लागी खानेपानी नेबाको सहयोगमा निर्माण भएको बिद्यालयको २ वटा खानेपानीको धारो समेत पुरेको छभने सांसद बिकास कोषबाट निर्माण गरिएको विद्यालयको पर्खाल समेत पुरिएको छ । पहिरोले क्षति पु¥याएपछि विद्यालय सञ्चालजनमा आउन सकेको छैन । मंगलबारबाट स्थानियहरुको सहयोगमा पहिरो हटाउने र विदालय सञ्चालनमा ल्याईने प्रअ रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार, पहिरोले विद्यालयमा १२ लाख बराबर क्षति भएको छ ।
Author: Amrit Baskune
३ असोज २०७३, ढोरपाटन दैनिक, 3-ashoj-2073-dhorpatan-national-daily
ज्यो. सूर्य पौडेल २०७३ असोज ३, तृतीया १९ सेप्टेम्बर २०१६ तपाईको आज मेष– मान सम्मानमा वृद्धि हुने । वृष– खर्चका बाटाहरु लम्बिएर जाने । मिथुन– आफन्तजनसँग रमाइलो भेटघाट हुने । कर्कट– आँटेका कार्य अधुरै रहने । सिंह– आशा गरेको ठाउँबाट काम नबन्ने । कन्या– अनायासै स्वास्थ्यमा प्रतिकुलता देखापर्ने । तुला– थालेका कार्यले सफलताको मार्ग पक्रिने । वृश्चिक– यत्रतत्र यश कीर्ति फैलने । धनु– मनमा अशान्तिले आफ्नो डेरा जमाउने । मकर– कुनै अशुभ समाचार सुन्नुपर्ने । कुम्भ– अर्थलाभसँगै कार्यसिद्धिको योग । मीन– मानसिक असन्तोषले चित्त व्याकुल हुने ।
आज असोज ३ गते । जुन ऐतिहासिक दिन देशले नयाँ संविधान पाएको थियो । जननिर्वाचित संविधानसभाले लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाएको वर्षदिन पुगेको छ । संविधान दिवसको दिन आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदै छ । संविधान नै नबन्ला कि भन्ने चिन्ताका बीच ठूला दलहरुको साहसका कारण देशले संविधान पाएको थियो । यो सम्पूर्ण नेपाली जनताको ठूलो उपलब्धी हो । संविधान जारी भएपछि मधेसले सबैभन्दा बढी असन्तुष्टि जनायो भने छिमेकी भारतले अहिलेसम्म पनि नेपालको संविधानलाई स्वागत गर्न हिचकिचाईरहेको छ । यद्यपी वर्तमान सरकार मधेसकेन्द्रित दलकै सहमतिमा बनेकाले संविधान कार्यान्वयनमा जाने आशाका किरणहरु पनि देखिएका छन् । संविधान जारी भएपछि देश र जनता समृद्धिको बाटोमा अग्रसर हुने अपेक्षा थियो…
प्रकाश थापा/आज असोज ३ अर्थात् ‘संविधान दिवस’ देशले संविधान पाएको दिन हो । लामो बलिदानी, त्याग, तपस्या र मिहिनेत पछि देशले आज कै मितिमा एक वर्ष पहिले ‘नेपालको संविधान २०७२’ पाएको थियो । तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान सभा भवनमा भव्य समारोहका बीच उक्त संविधान जारी गरेका थिए । वि.सं. २०७२ भदौ ३० मा संविधान सभाको बैठकमा दुई तिहाइ बहुमतले उक्त संविधानको विधेयक पारित ग¥यो । मत विभाजनका प्रक्रियामा संविधानको विधेयक पारित गर्ने पक्षमा ५०७ र विपक्षमा २५ मत परेको थियो भने ५७ सभासद्ले प्रक्रिया नै बहिस्कार गरेका थिए । करिव आठ वर्षको अनवरत प्रयासमा संविधानसभाले संविधान बनाएसँगै देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था…
बागलुङ, ३ असोज/नेपाली कांग्रेस निकट नेपाल महिला संघको तेस्रो महाधिवेशनमा प्रदेश नम्बर ४ बाट बागलुङकी महिला नेतृ पार्वति आचार्य केन्द्रिय सदस्यमा बिजयी भएकी छिन् । प्रदेशको तीन सदस्यका लागि ७ जना चुनावी मैदानमा उत्रिएकी आचार्यले ७ सय ५७ मत प्राप्त गरी बिजयी प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । सदस्यमै उम्मेदवार बनेका बागलुङका मञ्जु शर्मा चालिसे र ज्ञानु शर्मा भने पराजित भएका छन् । अर्का दुई सदस्यमा बिनु पोखरेल ८ सय ६८ र सरस्वति अर्याल तिवारी ७ सय ८१ मत प्राप्त गरी बिजयी भए । प्रादेशिक सदस्यका प्रत्यासी जनककुमारी कोइरालाले ५ सय ८३, लक्ष्मी पाण्डेले ५ सय ८०, मञ्जु शर्मा चालिसेले ४ सय ६१…
म्याग्दी, ३ असोज/चारैतिर पहिरोले घेरिएको म्याग्दीको बेग गाविस–१ बाँसबोट र २ लिस्ने गाउँका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पहिरोको उच्च जोखिममा रहेका ३० घरपरिवारलाई बेगस्थित आफन्तको घर, सामुदायिक भवन र महादेव माविमा सारिएको हो । करिब १५ दिनदेखिको निरन्तरको पहिरोका कारण जोखिममा परेको दुईवटा बस्तीका बासिन्दालाई शनिबार सुरक्षित स्थानमा सारिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति लेखबहादुर हमालले जानकारी दिए । रेडक्रसकर्मी, युवा विद्यार्थीको स्वयम्सेवकसँगै प्रहरी टोलीले जोखिममा रहेका घरका सामान निकालेर सुरक्षित ठाउँमा ओसार्न सहयोग गरेका थिए । पहिरोले स्थानीय ३७ घरधुरी जोखिममा रहेका छन् । प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बेगखोलाको ठाडोखोलामा बाढी आउनुका साथै बास्बोट र लिस्ने जोड्ने लिस्नेखोला झोलुङ्गे…
काठमाडौँ, ३ असोज/सरकारले ‘नेपालको पानी जनताको लगानी’ नाराका साथ मुलुकभित्रकै वित्तीय स्रोत परिचालन गरेर विभिन्न जलविद्युत् आयोजना अगाडि बढाउने भएको छ । माथिल्लो अरुण, दूधकोसी, तमोर, सुनकोसी तेस्रो र लाङटाङ नलसिंहगाड, उत्तरगङ्गा, नौमुरे र तिला एक जस्ता आयोजना जनताको लगानीमा अगाडि बढाउने सरकारको योजना रहेको छ । नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, बिमा संस्थान, नेपाली सेनाको सैनिक कल्याणकारी कोष जस्ता संस्थामा रहेको रकम लगानीका लागि छुट्टै कम्पनी खडा गरिने र त्यसमा नागरिकले पनि सहज रुपमा लगानी गर्नसक्ने वातावरण बनाइने योजना अगाडि सारिएको छ । नीतिगत रुपमा तय गरिएको योजनालाई मूर्तता दिन तयारी गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ । मुलुकभित्रै ठूलो मात्रामा आर्थिक स्रोत…
म्याग्दी, ३ असोज/मृगौला रोगबाट ग्रसित म्याग्दीको दग्नाम–३ माझिगाउँका अमृत पुनलाई इराकको कुर्दिस्ता बाट आर्थिक सहयोग भएको छ । रोजगारको सिलसिलामा इराक पुगेका दग्नामका शिव तिलिजाले संकलन गरेको २८ हजार ४१७ रुपैयाँ आइतबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ । मृगौला पिडित आफन्त लोकमायाँ थजालीलाई ओमकुमारी शान्ती कोषका सल्लाहकार मनप्रसाद थजाली र आजिवन सदस्य रुद्ध गुरुङले हस्तान्तरण गरेका थिए । २६ बर्षिय पुनको दुवै मृगौलामा खरावी देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएपनि आर्थिक अभावले उपचारमा समस्या भएपछि आफन्तले सहयोगको याचना गरेको समाचार प्रकाशित भएपछि स्वदेश तथा विदेशमा रहेका म्याग्देलीहरूले आर्थिक संकलन अभियान सञ्चालन गरेका छन् । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गराइरहेका पुनको पारिवारिक…
२ असोज २०७३, ढोरपाटन दैनिक 2-ashoj-2073-dhorpatan-daily