बागलुङ, ३ असोज/नेपाली कांग्रेस निकट नेपाल महिला संघको तेस्रो महाधिवेशनमा प्रदेश नम्बर ४ बाट बागलुङकी महिला नेतृ पार्वति आचार्य केन्द्रिय सदस्यमा बिजयी भएकी छिन् । प्रदेशको तीन सदस्यका लागि ७ जना चुनावी मैदानमा उत्रिएकी आचार्यले ७ सय ५७ मत प्राप्त गरी बिजयी प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । सदस्यमै उम्मेदवार बनेका बागलुङका मञ्जु शर्मा चालिसे र ज्ञानु शर्मा भने पराजित भएका छन् । अर्का दुई सदस्यमा बिनु पोखरेल ८ सय ६८ र सरस्वति अर्याल तिवारी ७ सय ८१ मत प्राप्त गरी बिजयी भए । प्रादेशिक सदस्यका प्रत्यासी जनककुमारी कोइरालाले ५ सय ८३, लक्ष्मी पाण्डेले ५ सय ८०, मञ्जु शर्मा चालिसेले ४ सय ६१ र ज्ञानु शर्माले ३ सय ७६ मत प्राप्त गरे । जनजाति तर्फबाट बागलुङकी रेणुका काउचाले बिजयी हासिल गरिन् । महिला सघंको महाधिवेशनबाट संस्थापन पक्षका उमा रेग्मी अध्यक्ष निर्वाचित भइन् । पार्टी सभापति शेरबहादुर देउवा र कृष्ण सिटौला पक्षधरको संयुक्त प्यानलकी उम्मेदवार रेग्मीले ९ सय ९८ मत प्राप्त गरिनभने प्रत्यासी नेता रामचन्द्र पौडेल पक्षधर उमेदवार मिना पाण्डेलले ७ सय ९७ मत प्राप्त गरिन । यस्तै महासचिवमा पनि संस्थापन प्यानलकी धना खतिवडा विजयी भइन् ।
Previous Articleपीडितलाई सुरक्षित स्थानमा सारियो
Next Article नेपालको संवैधानिक इतिहास र नेपालको संविधान २०७२