म्याग्दी, ३ असोज/मृगौला रोगबाट ग्रसित म्याग्दीको दग्नाम–३ माझिगाउँका अमृत पुनलाई इराकको कुर्दिस्ता बाट आर्थिक सहयोग भएको छ । रोजगारको सिलसिलामा इराक पुगेका दग्नामका शिव तिलिजाले संकलन गरेको २८ हजार ४१७ रुपैयाँ आइतबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ । मृगौला पिडित आफन्त लोकमायाँ थजालीलाई ओमकुमारी शान्ती कोषका सल्लाहकार मनप्रसाद थजाली र आजिवन सदस्य रुद्ध गुरुङले हस्तान्तरण गरेका थिए । २६ बर्षिय पुनको दुवै मृगौलामा खरावी देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएपनि आर्थिक अभावले उपचारमा समस्या भएपछि आफन्तले सहयोगको याचना गरेको समाचार प्रकाशित भएपछि स्वदेश तथा विदेशमा रहेका म्याग्देलीहरूले आर्थिक संकलन अभियान सञ्चालन गरेका छन् । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गराइरहेका पुनको पारिवारिक अवस्था समेत कमजोर भएकाले नियमित औषधी, चेकजाँच सहितका मृगौला प्रत्यारोपणमा अझै आर्थिक सहयोगको आवश्यकता रहेको पिडित पुनले बताए । ‘मेरो घरको आर्थिकले उपचार सम्भव छैन । सहयोगी हातहरुको सहयोगबाट नयाँ जिवनको प्रतिक्षामा छु’ पुनले भने । मृगौला पिडित पुनको सहयोगका लागि दग्नाम अभियान चलाईएको छ ।