बागलुङ, ३ असोज/जिल्लाको पश्चिम बोहोरागाउँ गाविस–७ थापागाउँमा रहेको ज्योति आधारभुत बिद्यालयमा अबिरल बर्षाका कारण पहिरोले क्षति पु¥याएको छ । पहिरोले विद्यालयको प्रशासन र कम्प्युटर कक्षा पनि जोखिममा परेको बिद्यालयका प्रधानाध्यापक उमानन्द रेग्मीले बताए । सोमबार बिहान गएको पहिरोले नेपाल स्बास्थ्यका लागी खानेपानी नेबाको सहयोगमा निर्माण भएको बिद्यालयको २ वटा खानेपानीको धारो समेत पुरेको छभने सांसद बिकास कोषबाट निर्माण गरिएको विद्यालयको पर्खाल समेत पुरिएको छ । पहिरोले क्षति पु¥याएपछि विद्यालय सञ्चालजनमा आउन सकेको छैन । मंगलबारबाट स्थानियहरुको सहयोगमा पहिरो हटाउने र विदालय सञ्चालनमा ल्याईने प्रअ रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार, पहिरोले विद्यालयमा १२ लाख बराबर क्षति भएको छ ।