मंगलबार एकाबिहानै काठमाडौंका निजी विद्यालय बमले आतंकित बने । राजधानीका निजी विद्यालयमा बम राखेको घटना सामाजिक सञ्जालमा आएपछि एकाएक देशभरको जनजीवन आतंकित बन्न पुग्यो । देशमा १२ वर्षे सशस्त्र युद्व समाप्त भएपनि विभिन्न पार्टी र मोर्चा संगठनको नाममा जनजीवन आतंकित बनाउने काम भने रोकिएको छैन । पार्टीको आवरणमा अहिले पनि केही आपराधिक समूहले बम आतंक मच्चाउने काम भएको छ । राजधानीमा भएको मंगलबारको बम आतंकको घटना पनि एक उदाहरण हो । पाटीको नाम बेचेर केही आपराधिक समूहले चन्दा आतंक मच्चाईरहेका छन् । पाटीको नाम बेचेर चन्दा आतंक मच्चाउने कार्य आपराधिक गिरोहको व्यवसाय जस्तै बनेको छ । पार्टीका नाममा हुने यस्ता घटनाहरु समयमै रोक्न सकिएन भने यसले भविष्यमा…
Author: Amrit Baskune
५ असोज २०७३, ढोरपाटन दैनिक, 5-ashoj-2073-dhorpatan-daily
पर्वत, ५ असोज/सदरमुकाम कुश्माबजारमा क्रियाशिल एक युवा क्लवले पहिलो संविधान दिवसको अवसर पारेर गरिव परिवारका बालबालिकालाई संविधान वितरण गरेको छ । एकता युवा क्लव पर्वतले एक कार्यक्रमको आयोजना गरी ९० जना बालबालिकालाई संविधान वितरण गरेको हो । मुल समारोह समितिको कार्यक्रम अन्तर्गत नै क्लवले गरिव तथा जेहन्दार विद्यार्थीहरुलाई ९० थान नेपालको नयाँ संविधान सहित शैक्षिक सामग्री वितरण गरिएको हो । संविधानका बारेमा गरिव समुदायमा समेत चेतना पुगोस् भन्ने उद्देश्यले संविधानको पुस्तक वितरण गरिएको क्लवका अध्यक्ष अच्युत तिवारीले जानकारी दिए । बालबालिकालाई संविधान प्रदान गरेपछि बालबालिकाले नै घर परिवारमा संविधान सम्बन्धी जानकारी दिन सकुन् र संविधानका बारेमा सवै सचेत बनुन् भन्ने मुख्य ध्येयले संविधान प्रदान…
म्याग्दी, ५ असोज/जिल्लाको बेनीमा राष्ट्रिय सहकारी बैङ्कको शाखा स्थापना गर्ने विषयमा मंगलबार अन्तरक्रिया गरिएको छ । बैङ्कको बागलुङ शाखाको आयोजनामा म्याग्दी र उत्तरी पर्वतमा रहेका सहकारी संस्थाका प्रतिनिधिहरुसंग अन्तरक्रिया गरिएको हो । सो कार्यक्रममा सहभागिहरुले बेनीमा सहकारी बैङ्कको शाखा स्थापना गर्ने निर्णय गरेका छन् । कार्यक्रममा राष्ट्रिय सहकारी बैङ्कका प्रबन्ध सञ्चालक केवी उप्रेतीले सहकारीको विकास र प्रर्वद्धनका लागि शाखा खोल्न आवश्यक रहेको बताए । बैङ्कका सञ्चालक रामबहादुर जिसीले कार्यक्रमको उद्देश्य र धौलागिरीमा सहकारीको अवस्थाका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका अध्यक्ष बिष्णुहरि ढकाल, बहुउद्देश्यीय सहकारी संघ बागलुङका अध्यक्ष अञ्जु जिसी, बचत तथा ऋण सहकारी संघ म्याग्दीका अध्यक्ष अमृता…
बागलुङ, ५ असोज/जिल्लाको काँडेबासबाट बसाई सर्नेको संख्या बढेको छ । सुख सुविधाको लागि शहरबजारमा बसाई सर्न थालेपछि अहिले गाउँ नै शुन्य बनेको काँडेबास–५ ज्यामिरेका स्थानिय बताउँछन् । गाउँबाट बसाई सरेर शहर जान थालेपछि अहिले काँडेबासको वडा नम्बर ४ सिस्नेरी खाली भएको छ । त्यस्तै वडा नम्बर ५ र ६ मा २०७० सालसम्म १ सय ३० घरधुरी रहेकोमा अहिले ७० देखि ८० घरधुरी मात्र बस्ने गरेको स्थानिय जिवलाल गौतमले बताए । बार्षिक २० देखि २२ घरपरिवार बसाईसराई गरि जान थालेपछि पहिलेको तुलनामा खेतीयोग्य जमिन सबै बाँझो हुन थालेको गौतमको भनाई छ । विशेषगरि ब्राम्हण र दलित समुदायको बस्ती रहेको काँडेबास ४, ५ र ६ मा यतिबेला…
काठमाडौं, ५ असोज/राजधानीका विभिन्न स्कुलमा बम राख्ने २ जनालाई पक्राउ गरी प्रहरीले मंगलबार साँझ सार्वजनिक गरेको छ । महानगरीय प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रहरीले माओवादी कम्युनिष्ट केन्द्र नेपालको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी केन्द्र र योङग कम्युनिष्ट फोर्सका कार्यकर्ता रामेछाप दिमिपोखरी–६ का ३१ वर्षीय शंकर लाखे र सिन्धुली लाम्पाङटार–६ का २४ वर्षीय चन्द्रबहादुर तामाङलाई सार्वजनिक गरेको हो । दुबै जनाले चन्दा माग्दै सोमबार राति राजधानीका केही निजी विद्यालयहरुमा सिलिण्डर बम तथा प्रेसर कुकर बम राखेका थिएभने केहीमा विस्फोट समेत गरेका थिए । कार्यालयका एआइजी प्रतापसिंह थापाले उनीहरुलाई बौद्धस्थित डेराबाट नियन्त्रणमा लिएको बताए । उनीहरु संलग्न दल माओवादी कम्युनिष्ट केन्द्र शान्ति प्रक्रिया पूर्व…
पर्वत, ५ असोज – ठेकेदारको लापरबाही र सडक विभागको बेवास्ताका कारण पर्वतको सदरमुकामसँग ग्रामीण क्षेत्रलाई जोड्ने दोविल्ला–फलेवास सडकको कालोपत्र उप्किएको छ । बर्खायाममा कालोपत्र गरिएको र गुणस्तरहीन काम भएकाले एक महिनामै कालोपत्रको बिजोग भएको हो । एक महिना नपुग्दै सडकको कालोपत्र उप्किएको भन्दै स्थानीयवासीले त्यसप्रति विरोध दर्शाएका छन् । जिल्लामै पहिलोपटक ग्रामीण सडकमा गरिएको कालोपत्र उप्किएपछि स्थानीयवासी आक्रोशित बनेका छन् । उक्त सडकखण्डअन्तर्गत सिल्मीको फाँटमा कालोपत्र गरिएको सडकमा बाढीपछि पूरै खोल्सा परेका छन् । न्यूनतम तीन इन्चसम्म बाक्लो कालोपत्र गर्नुपर्ने भएपनि एक इन्च मात्र गरिएकाले सामान्य वर्षाले पनि असर गरेको हो । पछिल्लो साता कालोपत्र गरिएको करिब एक सय मिटर सडक…
चीनको प्रभावशाली दैनिक ‘पिपुल्स डेली’ अखबार मातहतको अंग्रेजी छापा ‘ग्लोबल टाइम्स’ ले सोमवार (३ असोज) दुइटा त्यस्ता समाचार-टिप्पणी प्रकाशित ग-यो जसमा प्रचण्डको भारत-भ्रमणको पृष्ठभूमिमा चीन-नेपाल सम्बन्धको चर्चा गरिएको छ। दुइमध्ये एक टिप्पणी सु लिआङ्गको नामबाट छापिएको छ भने अर्को लेखका लेखक आइ जुन छन्। सु लिआङ्गको समीक्षाका मुख्य बुँदा यी हुन् : मानिसले प्रश्न गर्दछन् : प्रचण्डले नयाँ दिल्लीसित मेलमिलाप गर्न खोजेको कि नेपाललाई भारतको नियन्त्रण रहेको हैसियतमा राख्न चाहेको ? नेपाल-चीन सम्बन्ध एकाएक गतिहीन भएको देखिँदै छ; र चीनका नेताहरूको प्रस्तावित नेपाल-भ्रमण स्थगित हुने भनिदैछ। नजीर नभएको परिस्थिति सिर्जना हुँदैछ। चीन-नेपाल सम्बन्ध अकस्मात नाजुक र संवेदनशील भएको छ।चीन झुक्यानमा परेको देखिंदैछ।…
काठमाडौं ४ असोज- राष्ट्रिय फुटबल टोलीका गोलकिपिङ प्रशिक्षक तथा पूर्व कप्तान उपेन्द्रमान सिंहले सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)को उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। एन्फामा रिक्त अध्यक्ष र एक उपाध्यक्ष पदमा बाँकी कार्यकालका लागि कात्तिक ८ मा चुनाव हुँदैछ। तत्कालीन अध्यक्ष गणेश थापालाई आर्थिक अनियमितता गरेको भन्दै एएफसीले प्रतिबन्ध लगाएपछि तथा उपाध्यक्ष ललितकृष्ण श्रेष्ठ (तत्कालीन कार्यवाहक अध्यक्ष) को निधन भएपछि उक्त दुई पद रिक्त भएको थियो। अखिल नेपालफुटबल खेलाडी संघका अध्यक्ष समेत रहेका सिंहले फुटबलको दीगो विकासका लागि आफूलेे उम्मेदवारी घोषणा गरेको सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बताए। मैदानबाट नेपाली फुटबलका लागि धेरै योगदान गरिसकेको र अब निर्णायक…
नविन अर्याल काठमाडौं, ४ असोज – आम्दानीमा भएको वृद्धिसँगै निजी सवारीसाधन चढ्ने ह्वात्तै बढेका छन् । यातायात व्यवस्था विभागको पछिल्लो तथ्यांकमा यस्तो देखिएको हो । गत आर्थिक वर्ष नेपालमा तीन लाख ४४ हजार सवारीसाधन थपिए । यो संख्या अघिल्लो वर्षको तुलनामा एक लाख चार हजार बढी हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार गएको वर्ष ६६ अर्ब ६३ करोड रुपैयाँबराबरको सवारीसाधन तथा पार्टपुर्जा भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा यो रकम सबा १७ अर्बले बढी हो । अघिल्लो वर्ष २०७१/७२ मा ४९ अर्ब ३८ करोड रुपैयाँबराबरको सवारीसाधन तथा पार्टपुर्जा भित्रिएको थियो । माथिको तथ्यांकले सवारीसाधन आयात उच्च गतिले बढिरहेको देखाउँछ…