बागलुङ, ५ असोज/जिल्लाको काँडेबासबाट बसाई सर्नेको संख्या बढेको छ । सुख सुविधाको लागि शहरबजारमा बसाई सर्न थालेपछि अहिले गाउँ नै शुन्य बनेको काँडेबास–५ ज्यामिरेका स्थानिय बताउँछन् । गाउँबाट बसाई सरेर शहर जान थालेपछि अहिले काँडेबासको वडा नम्बर ४ सिस्नेरी खाली भएको छ । त्यस्तै वडा नम्बर ५ र ६ मा २०७० सालसम्म १ सय ३० घरधुरी रहेकोमा अहिले ७० देखि ८० घरधुरी मात्र बस्ने गरेको स्थानिय जिवलाल गौतमले बताए । बार्षिक २० देखि २२ घरपरिवार बसाईसराई गरि जान थालेपछि पहिलेको तुलनामा खेतीयोग्य जमिन सबै बाँझो हुन थालेको गौतमको भनाई छ । विशेषगरि ब्राम्हण र दलित समुदायको बस्ती रहेको काँडेबास ४, ५ र ६ मा यतिबेला आर्थिक रुपमा सम्पन्न ब्राम्हण परिवार बसाईसराई गरि जान थालेपछि वडा नम्बर ४ मा दलित मात्र बाँकी रहेका छन् । युवाहरु बैदेशिक रोजगारीका लागी बिदेश जाने र केहि कमाएपछि गाउँघर भुल्ने परिपार्टीले सो गाउँका भने चिन्तित छन् । दिनानुदिन बसाईसराई गरि जान थालेपछि गाउँमा माहामारी वा विपदको अवस्था आएपनि समयमै खबर गर्ने मानिसको समेत अभाव देखिएको छ ।
Previous Articleविद्यालयमा विष्फोट गराउने यि हुन्
Next Article बेनीमा सहकारी बैंकको शाखा खुल्ने