Author: Amrit Baskune

ज्यो. सूर्य पौडेल २०७३ आश्विन ७ शुक्रबार, सप्तमी २३ सेप्टेम्बर २०१६ तपाईको आज मेष– आर्थिक लाभसँगै कार्यसिद्धिको योग । वृष– असन्तोषरुपी अनल ज्वालामा मन जल्ने । मिथुन– आदर सत्कार प्राप्त हुने । कर्कट– आफ्नै ठानिएकाद्धारा घात प्रतिघात । सिंह– अनायासै आर्थिक लाभको योग । कन्या– सोचेजतिका कार्यमा विघ्नबाधा खडा हुने । तुला– वयापार व्यवसायमा असन्तुलनता देखापर्ने । वृश्चिक– वादविवादबाट टाढै रहनु श्रेयस्कर । धनु– मानसिक शान्ति र आराम मिल्ने । मकर– शत्रुपक्ष परास्त हुने । कुम्भ– मनमा अशान्तिको कालो बादल मडारिने । मीन– स्वजनसँगै वैचारिक द्धन्द्ध पर्ने ।

Read More

बागलुङ, ७ असोज – नेपाल सरकार र नेपाल किड्नी फाउन्डेसन डाभिया भिलेज ट्रष्ट अमेरिकाको संयुक्त आयोजना र स्थानीय बागलुङ जेसीज र निलगिरी अस्पतालको संयोजनमा निशुल्क मृगौला शिविर सम्पन्न भएको छ । समस्या भएर पनि उपचार गर्न जान नसकेकाहरुलाइ जिल्ला तहमै सेवा उपलब्ध गराउने लक्षले शिविर संचालन गरिएको जेसीजका पूर्व अध्यक्ष सुदिप राजभण्डारीले बताए । विरामी भएका तथा शंका लागेकाहरुलाइ रगत र पिशाव निशुल्क परिक्षण गरिनुको साथै आवस्यक औषधि समेत शिविरमा वितरण गरिएको थियो । साथै अन्य विरामी पर्दा अनावस्यक तथा डाक्टरको सल्लाह विना औषधि सेवन नगर्न पनि सबैलाइ सुझाव दिइएको थियो । सल्लाह विना औषधि सेवन गर्दा सोझै मृगौला र कलेजोलाइ असर पर्ने समेत बुझाइएको…

Read More

बागलुङ, ७ असोज – नेकपा एमाले बैकल्पिक केन्द्रिय सदस्य मनकुमारी जिसी र जिल्ला सचिवालय सदस्य रामबहादुर जिसीका ज्येष्ठ सुपुत्र स्वर्गिय सुशिल जिसीको सम्झनामा ‘बाँकी छन् त केवल सम्झनाका घाउहरु’ पुस्तक विमोचन गरिएको छ । नेकपा एमाले जिल्ला कमिटि बागलुङले १३ औँ दिनको पुण्यतिथीका अवसरमा बिहिबार आयोजना गरेको श्रद्धाञ्जली सभाका अवसरमा परिवारका तर्फबाट प्रकाशन गरिएको पुस्तक विमोचन गरिएको हो । १९ बर्षको उमेरमा गुमाएका सन्तानका बारेमा आमा बुवा, परिवार र शिक्षकले सँगालेका अनुभुति उल्लेखित उक्त पुस्तकको जिसी दम्पतिले संयुक्त रुपमा विमोचन गर्नुभएको थियो । स्वर्गिय जिसीको गत भाद्र २५ गते १९ बर्षको उमेरमा काठमाण्डौमा उपचारका क्रममा निधन भएको थियो । निधनपछि सुशिलको आँखा दान गरिएको…

Read More

बागलुङ, ७ असोज – मापदण्ड विपरित पिउने पानी बिक्रि गरि उपभोक्तालाई ठगी गरेको उजुरीपछि जिल्ला प्रशासन कार्यालय बागलुङले अनुसन्धान प्रक्रिया अघि बढाएको छ । कर्माचार्य बोड्रस मिनिरल वाटर एन्ड ब्रेभरेज इन्ड्रटिज कुस्मा पर्वतले उत्पादन गरेको जारको पर्वत पानीमा हुनुपर्ने आवश्यक मापदण्ड फेला नपरेको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चं बागलुङले अनुसन्धान सहित कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङमा निवेदन दर्ता गराएको छ । अनुगमनको क्रममा पर्वत जिल्लाबाट उद्योग संचालन गरि बागलुङमा बिक्रि गर्दै आएको जारको पानीमा बढि मुल्य लिएको, व्याच, दर्ता नम्बर, तौल, परिणाम, उत्पादित मिति, उपभोग मिति, शुद्धता मुल्य तौल परिणाम कुनै पनि उल्लेख नभएको फेला परेपछि अनुसन्धान सहित कारबाहीको माग गर्दै…

Read More

नारायण गौतम बागलुङ, ७ असोज-अबिरल बर्षासंगै गएको पहिरोले बागलुङको एक विद्यालयमा क्षती पुगेको छ । पहिरोले बागलुङको पालाकोट ६ बाटुलेमा अवस्थित जनचेतना प्रा.वि.मा क्षती पुगेको हो । विद्यालय परिसर अगाडी रहेको खेलकुद मैदान भत्किएपछि अध्ययनरत बालबालिकाको संरक्षणमा समस्या भएको प्रअ गोविन्द प्रसाद उपाध्यायले बताए । तत्काल पुननिर्माण नगरे विद्यालय संगै विद्यालय नजिक रहेका चक्रपाणी आचार्य र शिव गौतमको घरमा समेत क्षति पुग्न सक्ने उनले जानकारी दिए । जिल्ला शिक्षा कार्यालय बागलुङको एक लाख रुपैयाँको लागतमा गत जेठमा निर्माण गरिएको तारबाँध करिब ७ मिटर भत्किएको र ५ मिटर चकेपछि बालबालिकाको सुरक्षामा कठिनाई भएको विद्यालयले जनाएको छ ।

Read More

काठमाडौं, ७ असोज- गरिबी निवारण गर्न सरकारी तथा गैरसरकारी तहबाट वर्षेनी अर्बौँ रुपैयाँ खर्च हुने गरेको छ । तर, कति गरिबको अवस्था सुधारियो भन्ने प्रगतिको तथ्यांक कतै छैन । गरिबी निवारणका लागि करिब ५१ अर्ब रुपैयाँ खर्च हुँदै छ । प्रत्यक्ष ३६ अर्ब र अप्रत्यक्ष १५ अर्ब रुपैयाँ खर्च हुँदै छ । अघिल्ला वर्षमा पनि सरकारी तथा दाता एवं अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थामार्फत अर्बौँ बजेट खर्च हुने गरेको थियो । तर, बजेट खर्च भएको क्षेत्रमा गरिबी निवारण हुन नसकेको विज्ञहरू बताउँछन् । गरिब घरपरिवार सहयोग समन्वय बोर्डका उपाध्यक्ष जनकलाल तिवारीले अहिलेसम्म वास्तविक गरिबको पहिचान नहुँदा खर्चिएको रकमको सही सदुपयोग नभएको बताए…

Read More

इलाम, ७ असोज – आमालाई भगवानको दोस्रो रुप मानिन्छ । संसार देखाउने आमा सबैका लागि पूजनीय हुन्छन् भने छोराछोरी आमाका लागि सबैभन्दा प्रिय ।अझ मृत्यु सँस्कारका लागि एउटा भए पनि छोरा चाहिन्छ भन्ने पूरानो नेपाली मान्यता छ । तर, सबै आमाहरुले सोचें जस्तै छोरा छोरा नहुन सक्छन् । यस्तै कुपुत्रको शिकार बन्नु भएको छ इलामकी एक वृद्ध आमा । इलामकी एक ६८ वर्षीया आमा मर्दाखेरी किरिया गर्ने आफ्नै छोराबाट बलात्कृत भएकी छन् । आफ्नै आमालाई बलात्कार गरेको आरोपमा इलाम प्रहरीले एक ४८ वर्षीय बादल (परिवर्तित नाम) भनिने व्यक्तिलाई पक्राउ गरेको  छ । मंगलबार ती आमाले प्रहरीमा दिएको उजुरीको आधारमा ४८…

Read More

संयुक्त राष्ट्रसंघ, ७ असोज – अमेरिकी राष्ट्रपति बाराक ओबामाले बुधबार अपत्यक्ष युद्धमा संलग्न राष्ट्रहरूलाई युद्ध बन्द गर्न आग्रह गरेका छन् । सहअस्तित्वको सिद्धान्त स्वीकार नगरेर कट्टरपन्थीलाई सहयोग जारी राखे असंख्य व्यक्ति पीडित हुने र आतंकवाद अरू मुलुकमा पनि फैलने उनले चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपतिका रूपमा संयुक्त राष्ट्रसंघकको महासभामा उनको यो अन्तिम सम्बोधन हो । उनले कट्टरपन्थी र साम्प्रदायिक हिंसाका कारण पश्चिम एसिया अशान्त भएको बताउँदै यसलाई रोक्न नसकिने धारण व्यक्त गरे । ओबामाले अप्रत्यक्ष रूपमा युद्धमा सहभागी राष्ट्रहरूलाई यस्तो काम बन्द गर्न आग्रह गरे । सहअस्तित्व स्विकार्न नसक्ने मुलुकहरू एक दिन आतंकवादीबाट ध्वस्त हुने उनको भनाइ थियो । त्यस…

Read More

काठमाण्डौ, ७ असोज-एमालेका केन्द्रीय नेताहरुले पार्टीभित्रको गुटबन्दी समाप्त पार्दै निर्वाचन केन्द्रीत अभियानमा लाग्न नेतृत्वलाई सुझाव दिएका छन् । पार्टीको जारी केन्द्रिय समिति बैठकमा नेताहरुले संविधान कार्यान्वयनको मुल बिषय निर्वाचनसँग जोडिएको भन्दै सम्पूर्ण अभियान त्यसमै केन्द्रित हुनुपर्नेमा जोड दिए । अध्यक्ष केपी ओलीले पेश गरेको ३२ पृष्ठ लामो प्रतिवेदनमाथि नौवटा समूह बनाएर बिहीबार छलफल भएको थियो । छलफलपछि प्रत्येक समूहले सुझाव बिहीबारको बैठकमा राखेका छन् । ‘गुटबन्दी भाइरस हो, त्यसैले सबैले मिलेर गुटबन्दी समाप्त गर्ने प्रतिबद्धता आउनुपर्छ भन्नेमा गम्भीर ध्यानाकर्षण भएको छ,’ बैठकमा आएको सुझाव उल्लेख गर्दै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘स्वाधीन र समृद्ध राष्ट्र निर्माण तथा तराई–मधेसको…

Read More

जति दिन्छौ देऊ आँशु सुकाउने छैन लाखौ चोट देऊ मन दुखाउने छैन। खेल्न सक्छौ जति खेल निर्दोष मनसँग समर्पण तिम्रो लागि लुकाउने छैन। धेरै माया गर्थ्यौ तिमी आज किन टाढा बदलामा पीडा मैले चुकाउने छैन। तोडी देऊ या त छोडी देऊ मेरो साथ जीवनभर प्रेमयात्रा रुकाउने छैन। सम्मान होस या अपमान जे नै दिन्छौ देऊ लज्जित भै शिर मैले झुमाउने छैन ।

Read More