जति दिन्छौ देऊ आँशु सुकाउने छैन
लाखौ चोट देऊ मन दुखाउने छैन।
खेल्न सक्छौ जति खेल निर्दोष मनसँग
समर्पण तिम्रो लागि लुकाउने छैन।
धेरै माया गर्थ्यौ तिमी आज किन टाढा
बदलामा पीडा मैले चुकाउने छैन।
तोडी देऊ या त छोडी देऊ मेरो साथ
जीवनभर प्रेमयात्रा रुकाउने छैन।
सम्मान होस या अपमान जे नै दिन्छौ देऊ
लज्जित भै शिर मैले झुमाउने छैन ।