बागलुङ, ७ असोज – मापदण्ड विपरित पिउने पानी बिक्रि गरि उपभोक्तालाई ठगी गरेको उजुरीपछि जिल्ला प्रशासन कार्यालय बागलुङले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
कर्माचार्य बोड्रस मिनिरल वाटर एन्ड ब्रेभरेज इन्ड्रटिज कुस्मा पर्वतले उत्पादन गरेको जारको पर्वत पानीमा हुनुपर्ने आवश्यक मापदण्ड फेला नपरेको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चं बागलुङले अनुसन्धान सहित कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङमा निवेदन दर्ता गराएको छ ।
अनुगमनको क्रममा पर्वत जिल्लाबाट उद्योग संचालन गरि बागलुङमा बिक्रि गर्दै आएको जारको पानीमा बढि मुल्य लिएको, व्याच, दर्ता नम्बर, तौल, परिणाम, उत्पादित मिति, उपभोग मिति, शुद्धता मुल्य तौल परिणाम कुनै पनि उल्लेख नभएको फेला परेपछि अनुसन्धान सहित कारबाहीको माग गर्दै प्रशानमा मुद्धा दर्ता गराएको उपभोक्त मंञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए ।