काठमाडौं, ८ असोज – सरकारले गत वर्ष कैलालीको टीकापुरमा भएको घटनाका दोषीलाई उन्मुक्ति दिन मुद्दा फिर्ता लिन लागेको भन्दै आपत्ति प्रकट गरेको छ । जारी केन्द्रीय समिति बैठकमा शुक्रबार विशेष प्रस्ताव पारित गर्दै एमालेले यस्तो आपत्ति प्रकट गरेको हो । थरुहट आन्दोलनका क्रममा आन्दोलनकारीले गत वर्ष टीकापुरमा एक बालक, नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित नौजनाको नृशंसपूर्वक हत्या गरेका थिए । ‘गत वर्ष टीकापुरलगायतका विभिन्न स्थानमा भएका आपराधिक घटना र ती घटनाबाट भएको जनधनको क्षतिबाट नेपाली समाज आहत भएको घटना ताजै छ । लोकतान्त्रिक परिपाटी र कानुनी शासनमा आघात पुग्ने गरी भएका ती घटनापछि भएको छानबिन प्रतिवेदनमा प्रवेश नै नगरी वर्तमान सरकारले…
Author: Amrit Baskune
बस सेवा आइतबार, बुधबार र शुक्रबार सञ्चालन हुने बागलुङ, ७ असोज – बागलुङबाट भारतको नयाँ दिल्ली सम्म सिधा बस सेवा आजदेखि सुरु भएको छ । ना ५ ख ४२४९ नम्बरको ‘डिलक्स’ बस पहिलो पटक यात्रु लिएर बागलुङबाट नयाँ दिल्लीका लागि प्रस्थान गरेको छ । धवलागिरि अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिले पोखरामा रहेको ‘मोर्डन ईरा टुर्स एण्ड ट्राभल्स’ प्रा.लि.सँगको सहकार्यमा सञ्चालन गरेको बस ३० घण्टामा दिल्ली पुग्नेछ । सो यातायात सेवाको धौलागिरी अञ्चल यातायात बस व्यवसायी समितिको १८ औ बार्षिक साधारणसभाका अवसरमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष डोलनाथ खनालले आज उद्घाटन गरे । उद्घाटन पछि बोल्दै खनालले बागलुङ–नयाँ दिल्ली…
टंक पन्थ प्राणीका जगमा छ प्रेम गहिरो संसार नै डुब्दछ सारा श्रृष्टि रमेर बाँच्छ सुखमा प्रेमै छ यो खुल्दछ। आमा प्रेम बगाउँछिन् रगतमा सन्तानका खातिर स्रष्टाका अनुरागका पलहरु हुन् प्रेमकै तस्बिर।। आस्थाका नमुना मुना प्रणय संसारमा व्याप्त छन् गाढा प्रेम सजाउने अमर ती लैला–मजनुँ साथ छन्। निष्ठा यो गहिरो भए सकलले पुज्छन् महल ताजको रानीघाट सदैव खुल्छ उपमा नेपालको ताज यो।। यो एकान्त घना छ सुन्दर कला आलोक हो यारको रानी तेज उदाउँछिन ह्रदयमा सम्मान हो प्यारको। रानीघाट अपूर्व सुन्दर छटा उद्यान हो प्रेमको सांचो प्रेम सदैव बाँच्छ युगमा मुस्कान हो प्रेमको।। श्रद्धा जाग्दछ भित्र–भित्र मनमा स्वर्गीय उत्सर्ग त्यो चोखो…
काठमाडौँ, ७ असोज – सर्वोच्च अदालतले माग गर्दा सरकारले भूकम्पका बेला हराएको भनेको अख्तियार प्रमुख आयुक्त लोकमान सिंह कार्की नियुक्तिको फाइल भेटिएको छ। फाइल भेटिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले सर्वोच्चमा शुक्रबार फाइल पठाएको छ। सर्वोच्चका प्रवक्ता नहकुल सुवेदीले भने, ‘ अख्तियार प्रमुख आयुक्तको नियुक्ति फाइल सर्वोच्चमा आजै आइपुगेको छ। अदालतले मागे बमोजिमको कागज आइपुगेको छ।’ नियुक्ति प्रक्रियामा प्रश्न उठाउँदै परेको रिटमा सर्वोच्चले कार्कीलाई नियुक्त गर्दाको सक्कली फाइल मगाएको थियो। सुरुमा फाइल माग्दा सरकारले भूकम्पका बेला हराएको भन्ने जवाफ दिएको थियो। त्यसपछि सर्वोच्चले सक्कली फाइल नदिए कारबाही गर्ने चेतावनीयुक्त आदेश दिएको थियो। नियुक्तिको फाइल आएपछि अब यसमा सर्वोच्चमा सुनुवाइ हुने भएको छ।…
चर्चित इमेल सेवा प्रदायक याहुले आफ्ना ५० करोड भन्दा बढि प्रयोगकर्ताका अकाउन्टहरू ह्याक भएको सार्वजनिक गरेको छ । ह्याकरले प्रयोगकर्ताका इमेल ठेगाना, पासवर्ड, सेकुरिटी प्रश्न उत्तर लगायतका संवेदनशिल सूचना चोरी गरेको जनाइएको छ । झन्डै मासिक २५ करोड सक्रिय इमेल प्रयोगकर्ता भएको याहु कम्पनीका लागि मात्र नभएर यति ठुलो डेटा चोरी इन्टरनेट दुनियाँकै लागि एउटा ‘ऐतिहासिक झड्का’ हो । अमेरिकी इन्टरनेट जाइन्ट याहुले प्रेस विज्ञप्ती मार्फत यो आक्रमणलाई ‘देशको प्रायोजनमा भएको आक्रमण’ भनेको छ । तर कुन देशले यस्तो आक्रमण गर्यो भन्ने चाँही खुलाएको छैन् । ह्याकरले याहुमा सन २०१४ मा आक्रमण गरेको रहस्य याहुले विहिबार मात्रै सार्वजनिक गरेको हो…
काठमाडौं, ७ असोज-सरकारले आन्दोलनरत मधेसी मोर्चालाई सम्बोधन गर्ने प्रयासमा अर्को साता संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता गर्ने तयारी गरेको छ । संशोधन प्रस्तावको मस्यौदा तयार भइसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र मधेसी मोर्चाका प्रमुख नेताहरुसँगको परामर्शपछि तयार पारिएको मस्यौदा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिसमक्ष पुगेको छ । सरकार छिट्टै संविधान संशोधन प्रस्ताव दर्ताको तयारीमा छ, एक मन्त्रीले भने । तर, संशोधन प्रस्तावबारे सरकारले अहिलेसम्म विपक्षी दलहरुसँग सम्वाद गरेको देखिँदैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेेले संविधान संशोधनको औचित्य पुष्टि गर्न माग गर्दै आएको छ । जारी केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष…
बागलुङ, ७ असोज – जिल्लाको राङ्खानीमा पहिरोका कारण एक परिवार बिस्थापित भएका छन्भने चार घर जोखिममा परेका छन् । लगातारको बर्षाका कारण घर तलबाट पहिरो गएपछि राङ्खानी गाविसको वडा नम्वर १ दोवानाका कृष्ण आचार्यको परिवार बिस्थापित भएको स्थानीयले बताएका छन् । पहिरोले डिलबहादुर क्षत्री, प्रतिभा शर्मा, उमादेवि पाध्या र मनिकर्ना खत्रीको घर जोखिममा परेको स्थानिय जयराम आचार्यले जानकारी दिए । अहिलेसम्म नफुटेको मुल बर्षाका कारण खेतमा फुट्न थालेपछि कृष्ण आचार्यको एक हल, कुमार श्रीसको ३ हल, उमादेवि शर्माको १ हल, हरिकला पाध्याको १ हल र भागिरथी खत्रीको २ हल बरावरको खेत बगाएको छ । पहिरोले चौतारो, गोरेटो वाटो, मोटरवाटो समेत बगाएको आचार्यले बताए । विद्यालयमा…
बागलुङ, ७ असोज – माछापुच्छ्रे बैंक लिमिटेड बागलुङ शाखाले सामािजक उत्तरदायित्व कार्यक्रम मार्फत खाद्यान्न र शैक्षिक सामाग्री सहयोग गरेको छ । बागलुङ नगरपालिका १० कुँडुलेमा रहेको मुक्तिनाथ बेद विद्याश्रम संस्कृत पाठशालामा अध्ययन गर्ने बटुक तथा शिक्षकलाइ खानका लागि खाद्य सामाग्री प्रदान गरेको हो । जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्रले बिहिवार आयोजित एक कार्यक्रमका विच सामाग्री विद्यालयका संरक्षक ऋषि प्रपन्नाचार्यलाइ हस्तान्तरण गरेका थिए । साथै बटुकहरुका लागि कापी र कलम पनि सहयोग गरेको बैंकका मेनेजर राजेश देवकोटाले बताए । संस्कृत, व्याकरण, बेद र कर्मकाण्ड सहित नियमित शिक्षा समेत दिइने पाठशालामा अहिले ५० जना बटुक अध्ययनरत छन् । उनीहरुलाइ विभिन्न क्षेत्रबाट आएको दानबाटै लालनपालन भैरहेको छ । उक्त…
प्रकाश थापा ‘भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो, इन्द्रै बिन्ति गरुन झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो ।’ …………………………………………………………… ‘राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो, आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर टर्दैन त्यो ।’ कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित कालमहिमा कविताबाट साभार प्रस्तुत कवितांश संरक्षणकर्मीको असामयिक निधनको सान्दर्भिकतालाई मनन् गरी लिइएको हो । साँच्चिकै भन्नुपर्दा कालले कोही कसैको दया, माया, ममता, सन्तोष, योग्यता, योगदान र क्षमा मान्दो रहेनछ । भावीले लेखेको मितिमा संसारबाट जो कोही पनि चाहँदा वा नचाहँदा बिदा लिनु नै पर्दो रहेछ । संरक्षणको कार्यमा अहोरात्र खटिने संरक्षणकर्मीहरुको जीवनलाई पनि कालले टेरेन । उनीहरुको प्रकृति संरक्षणप्रतिको योगदानलाई पनि पापी…
७ असोज २०७३, ढोरपाटन दैनिक 7-ashoj-2073-dhorpatan-daily